FLASH NEWS
  • Loading...

म्याग्दीका ९२३ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप लगाइदै

  • पुनहिल डट कम
  • ५ महिना अघि
  • २२९ पटक पढिएको
म्याग्दीका ९२३ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप लगाइदै

पाठेघरको मुखको क्यान्सरबाट आफ्ना नागरिकलाई जोगाउन म्याग्दीमा पनि आगामी माघ २७ गतेदेखि फागुन ४ गतेसम्म ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप अभियान सञ्चालन हुने भएको छ ।
जनस्वास्थ्य कार्यालय म्याग्दीका अनुसार यसपटक जिल्लाभरका ९२३ जना किशोरीलाई यो विशेष खोप लगाइने लक्ष्य राखिएको छ। जिल्लाका कक्षा ६ मा अध्ययनरत सवै छात्राहरू र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीह तथा अघिल्लो वर्ष खोप लगाउन छुटेका ११ देखि १४ वर्षका किशोरीहरूलाई पनि ये खेप लगाइदै छ ।

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले यो खोप पूर्ण रूपमा सुरक्षित र प्रमाणित रहेको बताउँदै अभिभावकहरूलाई निर्धक्क भएर आफ्ना छोरीहरूलाई खोप लगाउन आग्रह गरे। अभियानलाई सफल बनाउन जिल्लाभर १०७ जना स्वास्थ्यकर्मी र १०७ जना स्वयंसेवक परिचालन गरिएको सूचना अधिकारी गणेश सुवेदीले जानकारी बताए । विश्व स्वास्थ्य संगठनका अनुसार, यौन सम्पर्क सुरु हुनुअघि नै यो खोप लगाउँदा पाठेघरको मुखको क्यान्सर गराउने मुख्य भाइरसहरूबाट ९० प्रतिशतभन्दा बढी सुरक्षा मिल्छ। स्विडेन र बेलायत जस्ता देशहरूमा गरिएको अध्ययनले देखाएको छ कि १२–१३ वर्षको उमेरमा खोप लगाएका महिलाहरूमा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना ८७ देखि ९० प्रतिशतसम्मले कमी आएको छ।
नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा पर्छ। हरेक दिन औसतमा ४ जना महिलाको यसैका कारण मृत्यु हुने गरेको तथ्याङ्क छ। विज्ञहरूका अनुसार, यदि ९०% किशोरीलाई यो खोप लगाउन सकिएमा सन् २०७० सम्ममा नेपालमा झन्डै ३९ हजार महिलाको ज्यान जोगाउन सकिन्छ। सन् २०३० सम्ममा ९०% किशोरीलाई खोप लगाउने, ७०% महिलाको जाँच गर्ने र ९०% बिरामीको उपचार गर्ने डब्लुएचअ को विश्वव्यापी रणनीतिमा नेपालले पनि हस्ताक्षर गरेको छ।
चिकित्सकहरूका अनुसार यो खोप केवल औषधी मात्र नभई ‘जीवनको बिमा’ जस्तै हो।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र