- Loading...
बेनीका मेयरले गरे बेनी-नयाँ दिल्ली सिधा बस सेवा उद्घाटन

- पुनहिल डट कम
- ४ हप्ता अघि
- १०७ पटक पढिएको
म्याग्दीको सदरमुकाम बेनीबाट अब सिधै भारतको दिल्लीसम्म सिधा बस सेवा सुरू भएकाे छ ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले अाज एक समाराेहवीच बेनीकाे कालीपुल बसपार्क स्थित टर्मिनलबाट भारतकाे राजधानी दिल्लीकालागी बस सेवा शुभारम्भ गराएका छन । मेयर केसीले जी एए ०१३६ नम्बरकाे भिअाइपी एसीवसमा यात्रु चढाएर सेवा शुभारम्भ गराएका थिए ।
पेखराकाे मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले विहान ६ः४५ बजेदेखि बेनी कालिपुलबाट स्याङ्जा, वालिङ, भैरहवा, अयोध्या, आग्रा हुदै नयाँ दिल्लीसम्मको बस छुटाउने सुरू गरेकाे हाे ।
बस सेवाले म्याग्दी, मुस्ताङको धार्मिकस्थललाई भारतसँग जोड्न बेनीबाट सेझै दिल्लीसम्म बस सेवा सुरू गर्न लागेके भारतीय पर्यटकलाई समेत भित्राउन यो सेवाले महत्वपूर्ण भूमिका खेल्ने मोडर्न इरा टुर्स एन्ड ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए ।
अध्यक्ष अधिकारीका अनुसार अब भारत जाने यात्रुलाई बेनीबाटै बस सेवा सञ्चालन हुन्छ, बस सेवा सुरू भएपछी भारतिय पर्यटक सेझै यहाँ अउने मात्र हैन, यस क्षेत्रबाट भारत जाने कामदार, स्वास्थ्य उपचारमा जाने विरामी, भारत अध्ययनमा जाने विद्धार्थी, युरेपसमेत धेरै देशमा जान दिल्ली पुगेर भिसा लगाउनु पर्ने ब्यक्तिलाइ सहज हुने छ । बसले उपचारका लागि जाने विपन्न यात्रुलाई निशुल्क सेवा दिने पनि बताएकाे छ ।
म्याग्दीको गलेश्वरधाम, पुलहआश्रमका साथै मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने भारतीय हिन्दु पर्यटकलाई यस सेवाबाट सहज हुने अध्यक्ष अधिकारीको भनाई छ ।
बेनीबाट नयाँ दिल्लीसम्मको प्रतियात्रु शुल्क ५४ सय नेपाली रुपैयाँ र नयाँ दिल्लीबाट बेनी अउन ३२ सय सय भारु भाडादर निर्धारण गरिएको छ । समितिले उपलब्ध गराएके भाडादेर अनुसार बेनीबाट लखनैसम्म ४ हजार ५ सय र अयेध्यासम्म पुग्न ४ हजार भाडादर तेकिएकाे छ ।
म्याग्दीबाट २७ घन्टामा दिल्ली पुग्न सकिन्छ । बेनी–दिल्लीको दुरी १४ सय किलोमिटर छ । यसैबीच यात्रुले यात्रा गर्दा आफ्नो परिचय खुल्ने कागजात अनिवार्य प्रयोग गर्नुपर्छ ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य






























