FLASH NEWS
  • Loading...

बेनी सामुदायिक माविले जित्याे बेनी बोर्डिङ कपको उपाधि

  • पुनहिल डट कम
  • २ महिना अघि
  • ९२ पटक पढिएको
बेनी सामुदायिक माविले जित्याे बेनी बोर्डिङ कपको उपाधि

म्याग्दीको बेनी स्थित बेनी बोर्डिङ सेकेण्डरी स्कुलले आयोजना गरेकाे १४औँ अन्तर–आधारभूत तह बेनी बोर्डिङ कप फुटबल प्रतियोगिताको उपाधि बेनी सामुदायिक माध्यमिक विद्यालयले जितेको छ ।
शनिबार बेनी खुल्लामञ्चमा सम्पन्न फाइनल खेलमा बेनी सामुदायिक माविले न्यु वेष्टपइन्ट आवासीय माविलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो ।

प्रतियोगिताका विजेता बेनी सामुदायिक माविले नगद ३५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र, उपविजेता न्यु वेष्टपइन्ट आवासीय माविले नगद २० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्रमा हात पारे ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै बेनी सामुदायिक माविका बाबिन शाही सर्वोत्कृष्ट खेलाडी घोषित भए भने गगन किशन उत्कृष्ट गोलरक्षक बने । त्यस्तै, बिजय भण्डारी उत्कृष्ट स्ट्राइकर र प्रबिन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए। वेस्ट प्वाइन्टका आयुष मगर ७ गोलसहित प्रतियोगिताका सर्वाधिक गोलकर्ता बनेका थिए।
प्रतियोगितामा अन्तर–आधारभूत तह अन्तर्गत कक्षा १ देखि ८ सम्मका म्याग्दी जिल्लाका १७ वटा विद्यालयको सहभागिता रहेको खेल संयोजक विशाल खत्रीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र