- Loading...
म्याग्दीका उम्मेदवारहरूको घरदैलो तीव्र, को कहाँ पुगे?

- पुनहिल डट कम
- १ महिना अघि
- १३३ पटक पढिएको
आगामी निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दी जिल्लाका प्रमुख उम्मेदवारहरू यतिबेला मतदाताको घरदैलोमा व्यस्त छन्।
भौगोलिक रूपमा विकट र चुनौतीपूर्ण मानिने यस जिल्लामा उम्मेदवारहरूले आफ्नो पहुँचलाई गाउँ-गाउँसम्म विस्तार गरिरहेका छन्।
प्राप्त जानकारी अनुसार नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ यतिबेला रघुगंगा गाउँपालिकाको माथिल्लो भेगमा केन्द्रित छन । पिप्लेबाट घरदैलेमा निक्लेका श्रेष्ठ भगवतीबाट बेगहुँदै तिप्ल्याङ झरेर अाज चिमखाेला उक्लेका छन । श्रेष्ठले त्यहाँको प्रसिद्ध धार्मिक स्थल चिमखोला भूमेमण्डलीको दर्शन गरी स्थानीय संस्कृति र धर्मप्रति आस्था राख्दै उहाँले रघुगंगाको विकास र जलविद्युतका मुद्दाहरूलाई प्राथमिकतामा राखेर घरदैलो गरिरहेका छन ।
त्यसैविच, आफ्नो मौलिक शैलीको चुनावी अभियानमा रहेका स्वतन्त्र उम्मेदवार डा. महावीर पुन धवलागिरी गाउँपालिकाका गाउँबस्तीहरूको भ्रमण सकेर अहिले मालिका गाउँपालिकाका गाउँहरू देविस्थान, निस्काेटबाट विम पुगेका छन । निस्काेटमा पुनले वायरलेस इन्टरनेटले कसरी अाफुलाइ अाथिर्क रूपमा डुवायाे भन्ने स्थानीयकाे अनुभव सुन्दै मतदाताका गुनासा सुन्दै अाफ्ना विकास एजेण्डा सुनाएका थिए । महाविर यतिवेला फेसवुक, युट्रयुवबाट पैसा कमाउनेकालागी गतिलाे माध्यम मात्र हैन, स्थानीयकालागी काैतुहल समेत बनेका छन ।
नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी (केबी) मालिका र मंगला गाउँपालिकाको चुनावी दौडाहा सकाएर सदरमुकाम बेनी फर्केर बेनीमा पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो चुनावी अनुभव र जनताको अपेक्षाबारे जानकारी गराएका छन । भण्डारीले जिल्लाको सडक पूर्वाधार र संगठनको सुदृढीकरण नै आफ्नो जितको मुख्य आधार भएको दाबी गर्दैछन ।
त्यस्तै, नेकपाका उम्मेदवार अर्जुन थापा यतिबेला अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडाहरूमा मतदाता भेट्दै अन्नपूर्ण पदमार्ग र पर्यटनको सम्भावना बोकेको यस क्षेत्रमा उहाँले पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरणका एजेन्डा अगाडी सारेका छन ।
समग्रमा, म्याग्दीका सबै पालिका र वडाहरूमा यतिबेला राजनीतिक दलका झण्डा र चुनावी नाराहरू गुन्जिरहेका छन्। सामाजिक सञ्जालमा प्रत्येक उम्मेदवारका गतिविधिहरू लाइभ र अपडेट भइरहेका छन्, जसले प्रवासमा रहेका म्याग्देलीहरूलाई पनि चुनावी माहौलमा जोडेको छ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य






























