- Loading...
वर्षकाे पहिलाे हिउँदे वर्षा सुरू, अर्काे वर्षा र हिमपात साेमबार हुने अाँकलन

- पुनहिल डट कम
- १ महिना अघि
- १३२ पटक पढिएको
यस वर्षकाे हिउँदे वर्षा पश्चिम नेपालबाट शुक्रबार अपराह्नदेखि सुरू भै अहिले गण्डकी प्रदेश क्षेत्रमा अाइ पुगेकाे छ।
म्याग्दीकाे पश्चिम भेगका गुर्जा, लुलाङ, उत्तरी भेगकाे घाेरेपानी समेत उच्च पहाडी क्षेत्रका वस्तीसम्मै हल्का वर्षा अनि हिमपात सुरू भएकाे छ । अन्य क्षेत्रमा हल्का वर्षा भएकाे छ । माैषमविद्हरूले साँझसम्म मध्यम स्तरकाे वर्षाकाे संभावना अाँकलन गरेका छन ।
मैषमविद्हरूले अर्काे मैषमी प्रणाली सेमबारदेखी नेपाल प्रवेस गर्ने र त्यसले भारी हिमपात र राम्राे बर्षा ल्याउने पूर्वानुमान गरेका छन । विभागका सूचना अधिकारी दिनकर कायस्थले अहिले सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा कतै साधारण वदलि त कतै हल्का वर्षा र हिमपात भैरहेकाे छ। हिमालपारीकाे मुस्ताङमा पनि हिमपात सुरू भएकाे जिल्ला प्रहरी कार्यालय मुस्ताङले सुचना प्रकाशित गरी सचेत रहन जानकारी दिएकाे छ ।
शनिवार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा मध्यम हिमपातको सम्भावना छ। यस्तै कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्ने जनाइएको छ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य






























