FLASH NEWS
  • Loading...

म्याग्दीमा चुनावी सरगर्मी : एमालेबाट “क्लिन इमेज” भएका हरिकृष्ण श्रेष्ठको इन्ट्री

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १५११ पटक पढिएको
म्याग्दीमा चुनावी सरगर्मी : एमालेबाट “क्लिन इमेज” भएका हरिकृष्ण श्रेष्ठको इन्ट्री

|SONY DSC

आगामी ०८२ फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) म्याग्दीले हरिकृष्ण श्रेष्ठलाई उम्मेदवार घोषणा गरेसँगै जिल्लाको राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ।
२०७९ सालको निर्वाचनमा तत्कालिन शत्तारूढ काँग्रेस-माअवादीके गठवन्धन, राज्यशक्ति, स्राेतसाधन सहितका उम्मेदवार खमबहादुर गर्वुजासँग झिनो मतान्तरले पराजित बनेका श्रेष्ठलाई “क्लिन इमेज” सहित एमालेले अगाडी सारेकाे छ । २०४८ सालपछिका हरेक निर्वाचनमा पहिलाे स्थान नहुँदा निकटतम प्रतिस्पधी बनेकाे एमालेकालागी म्याग्दीमा यसपटकको परिस्थिति भने विगतको भन्दा निकै भिन्न र रोचक बन्ने ठानिएकाे छ ।
राजनैतिक विश्लेषण अनुसार हाल कांग्रेसभित्र केन्द्रदेखि जिल्ला तहसम्म आन्तरिक द्वन्द्व र विभाजनको मनस्थिति रहेकाेले परम्परागत मत सुरक्षित राख्न ठूलो चुनौती देखिएको छ । त्यस्तै, पछिल्ला ०६४ सालमा शसस्त्रद्वन्द्वकाे रापतापमा संविधान सभा निर्वाचन जितेकाे माओवादी (हाल नेकपा)को प्रभाव घट्दो क्रममा छ। नयाँ शक्तिका रूपमा चर्चा भए पनि म्याग्दीमा भरपर्दो र स्थापित नेतृत्वको अभावमा रास्वपाले अझै गति लिन सकेको छैन।
अहिलेको निर्वाचनमा सबैभन्दा ठूलो प्रभाव ‘जेनजी’ अर्थात् नयाँ पुस्ताको मतदाताको हुने देखिन्छ। यो पुस्ताले पुराना दलका नेताहरूमाथि भ्रष्टाचार, अकुत सम्पत्ति आर्जन र नैतिकताको प्रश्न उठाउँदै आएको छ। यस्तो अवस्थामा एमालेले अघि सारेका हरिकृष्ण श्रेष्ठलाइ भ्रष्टाचारमा नमुछिएका सदाचारी, पदका लागि मरिहत्ते नगर्ने, इमानदार र ‘लो-प्रोफाइल’ तर निष्कलंक नेताका रूपमा हेरिएको छ।
नेपाली समाजमा अझ अासन्न निर्वाचनमा गतल खालका सूचना प्रविधिको ठूलो प्रभाव पर्ने निश्चित प्रायः छ । विशेषगरी सामाजिक सञ्जालको अल्गोरिदमले एअाइबाट निर्माण गरेका अनेकन खालका भ्रामक सूचनाहरूकाे मतदाताको मनोविज्ञानलाई कसरी प्रभावित पार्छ भन्ने कुरा यसपटकको चुनावमा निर्णायक हुन सक्छ। आर्टिफिसियल इन्टेलिजेन्सले सिर्जना गर्न सक्ने ‘भ्रम’ र ‘फ्याक्ट’ बीचको लडाइँले मतदातामा एक प्रकारको त्रास पनि सिर्जना गरेको छ।
अन्तर्राष्ट्रिय स्तरमा चर्चा हुने ‘डिपस्टेट’ को प्रभाव र अदृश्य शक्तिहरूको खेलले स्थानीय स्तरमा ‘जेनजी’ आन्दोलनलाई कसरी उकास्छ भन्ने कुराले पनि महत्व राख्दछ। नयाँ पुस्ताका युवाहरू परम्परागत चुनावी नाराभन्दा पनि सामाजिक सञ्जालमा देखिने मुद्दाहरूबाट छिटो प्रभावित हुने भएकाले यसपटकको चुनावी प्रचार शैली डिजिटल र डेटामा आधारित हुने निश्चित छ।
२०४८ सालको पहिलो आम निर्वाचनमा म्याग्दीका दुवै क्षेत्र र २०५१ सालका मध्यावधि निर्वाचनमा एमाले वियजीहुँदा २०५६ को निर्वाचनमा भने काँग्रेसले विजय हात पारेकाे थियाे। भर्खर युद्धबाट बाहिर अाएकाे माअवादी केन्द्रले २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भारी मतले विजयीहुँदा एमाले केही रक्षात्मक देखिए पनि २०७० र २०७४ को निर्वाचनमा पुन: शक्तिशाली भई उभियो। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका तर्फबाट एमालेले भारी मतले विजयीहुँदा २०७९ को निर्वाचनमा काँग्रेस-माअवादी गठवन्धनका उम्मेदवारबाट झिनेमतान्तरले एमाले पराजित बनेके देखिन्छ । यसरी हेर्दा एमाले अझै पनि जिल्लाको पहिलो मुख्य शक्तिका रूपमा कायमै छ।
अहिलेको बदलिँदो परिस्थितिमा एमालेले हरिकृष्ण श्रेष्ठलाई उम्मेदवार घोषणा गरेर “शुद्धीकरण र इमानदारी” को कार्ड खेलेको देखिन्छ। एकातिर कांग्रेसभित्रको बढ्दो अन्तरद्वन्द्व र माओवादी केन्द्रको सांगठनिक संकुचन एमालेका लागि अनुकूल अवसर हुन् भने, अर्कोतिर जेनजी पुस्ताको वितृष्णा र स्वतन्त्र शक्तिहरूको प्रभाव एमालेका लागि मुख्य चुनौती बन्न सक्छ। अबको निर्वाचनमा जित हासिल गर्न एमालेले केवल “क्लिन इमेज” मा मात्र भर परेर पुग्दैन; उसले सामाजिक सञ्जालको अल्गोरिदम बुझ्ने नयाँ पुस्तालाई भ्रष्टाचारमुक्त र आधुनिक विकासको ठोस खाका देखाउँदै ‘स्वच्छ छवि’ को मुद्दालाई गाउँ-गाउँसम्म स्थापित गर्नुपर्ने देखिन्छ।
प्रविधिको बढ्दो प्रयोग र बदलिँदो सामाजिक चेतनाका कारण मतदातालाई रिझाउन कुनै पनि दललाई सहज भने छैन। फागुन २१ को नतिजाले म्याग्दीको राजनीतिमा कुन विचार र प्रविधिको जित हुन्छ, त्यो हेर्न बाँकी नै छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र