FLASH NEWS
  • Loading...

म्याग्दीमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

  • पुनहिल डट कम
  • ३ हप्ता अघि
  • ५१ पटक पढिएको
म्याग्दीमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी २०८२ फागुन २१ गते घाेषित अाम निवार्चन हुन्छ/हुँदैन अन्याैलताका विच शुक्रवार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि म्याग्दीमा पनि औपचारिक तयारी सुरु भएको छ।
शुक्रवार जिल्ला सदरमुकाम बेनीमा प्रतिनिधि सभा सदस्य म्याग्दी निर्वाचन क्षेत्र नं. १ को मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ। मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश सूर्यबहादुर थापाले कार्यालयको जिल्ला समस्वय समितिके माथिल्ले सभाहलमा एक समारेहविच उद्घाटन गरे । कार्यालय स्थापनासँगै जिल्लामा निर्वाचन कार्यतालिका अनुसारका गतिविधिहरू अगाडि बढाउने बाटो खुलेको छ।
जिल्ला निर्वाचन अधिकारी विमल गौतमका अनुसार यस पटकको निर्वाचनमा म्याग्दीबाट कुल ८६ हजार ३ सय ९७ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्। तथ्याङ्क अनुसार जिल्लामा पुरुषको तुलनामा महिला मतदाताको संख्या बढी देखिएको छ। कुल मतदातामध्ये ४४ हजार ४६ जना महिला रहेका छन्, जसले आसन्न निर्वाचनमा महिलाको निर्णायक भूमिका रहने संकेत गर्दछ।

निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायले आफ्नो रणनीति तयार पारेको छ। प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले सुरक्षा विश्लेषणका आधारमा जिल्लाभरको सुरक्षा व्यवस्था चुस्त पारिएको बताए । प्रजिअ आचार्यका अनुसार जिल्लाका मतदान स्थलहरूलाई सुरक्षा संवेदनशीलताका आधारमा अति संवेदनशील १५ मतदान स्थल, संवेदनशील ५९ मतदान स्थल र सामान्य ८ मतदान स्थल भनी ताेकेकाे छ ।

“विगतका निर्वाचनका अनुभव र वर्तमान भौगोलिक तथा राजनीतिक अवस्थालाई मध्यनजर गर्दै सुरक्षा योजना बनाइएको छ,” प्रजिअ आचार्यले बताए ।
म्याग्दीमा विगतमा भएका निर्वाचनहरूलाई फर्केर हेर्दा भौगोलिक विकटता र मौसमी प्रतिकूलता मुख्य चुनौतीका रूपमा रहने गरेका छन्। २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा म्याग्दीमा ८६,१२० मतदाता रहेकोमा यसपटक संख्या केही बढेर ८६,३९७ पुगेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र