- Loading...
माघे संक्रान्ती मगर समुदायको नयाँ वर्ष ‘मिनाम ल्हेस २०८२’ म्याग्दीमा विविध कार्यक्रमगरी मनाइदै

- घनश्याम खड्का
- २ महिना अघि
- १०४ पटक पढिएको
प्रकृति र पितृका पूजक म्याग्दीका मगर समुदायले आफ्नो प्रमुख चाड माघे संक्रान्ति (माघी) लाई नयाँ वर्ष ‘मिनाम ल्हेस २०८२’ विविध कार्यक्रमगरी मनाइरहेका छन । उनीहरूले पुर्ख्यौली संस्कार, वन तरुलको स्वाद र जातीय पहिचान झल्किने पोसाकसहित र्यालीसहित जिल्ला समन्वय समितिकाे सभाहल्मा जम्मा भै उल्लासमय बनाइरहेका छन।
मगर समुदायमा माघे संक्रान्तिको बिहान नुहाई–धुवाई गरी कुलकुलायन (पितृ) को पूजा गर्ने परम्परा छ। पुस मसान्तमा जंगलबाट खनेर ल्याइएको वन तरुललाई राति पकाउने र माघ १ गते बिहान ‘निस्रो’ (तरुलको विशेष परिकार) बनाएर पितृ र दिदीबहिनीलाई पूजा गर्ने चलन यहाँको मुख्य आकर्षण हो।
नेपाल मगर संघ म्याग्दीका अध्यक्ष खमबहादुर थापा मगरका अनुसार, यो पर्व चेलीबेटी पुज्ने र कन्दमुल खुवाई उनीहरूलाई बिदाइ गर्ने पर्व पनि हो। महिलाहरू वनमा गएर निस्रो खाँदै रमाइलो गर्ने र पुरुषहरू दिनभर धनुष–काँढा (तारो हान्ने) खेलमा व्यस्त हुने परम्पराले अझै पनि मौलिकता जीवितै राखेको छ।
भौगोलिक रूपमा लेक र बेँसी गर्ने म्याग्दीका मगरहरूको जीवनशैली प्रकृतिसँग जोडिएको छ। हिउँदमा जाडो छल्न बेँसी झरेका गोठहरू माघ लागेसँगै विस्तारै माथिल्लो क्षेत्र (लेक) तर्फ लाग्ने तयारी गर्छन्, जसलाई ‘उभौली’ को सुरुवात मानिन्छ। पशुचौपाया र बालीनाली अनुसार खर्क सर्ने यो ‘उधौली-उभौली’ परम्पराले मगर समुदायको सरल र मिजासिलो फिरन्ते जीवनशैलीलाई झल्काउँछ।
म्याग्दी मगर बाहुल्य जिल्ला हो। यहाँको सांस्कृतिक विविधताभित्र पुन समुदायको आफ्नै विशिष्ट स्थान छ। पछिल्लो समय पुनहरूले आफूलाई मगर जातिबाट अलग र नेपालको ‘कान्छो जाति’ का रूपमा चिनाउन खोज्दा कतिपय ठाउँमा मगर र पुनबीच जातीय पहिचानलाई लिएर विवाद र बहस पनि देखिने गरेको छ। यद्यपि, सांस्कृतिक रूपमा दुवै समुदायका संस्कारहरू एकअर्कासँग निकट छन्।
यस वर्ष म्याग्दीका मगरहरूले नेपाल मगर संघको ब्यानरमा आफ्नै जातीय पोसाक र झाँकीसहित बेनी बजारमा र्याली निकालेका छन्। नेपाल मगर संघ म्याग्दीका अध्यक्ष खमबहादुर थापा मगरले घर-घरमा सांस्कृतिक विधिअनुसार पूजाआजा गरिनुका साथै जिल्ला समन्वय समितिको सभाहलमा विविध कार्यक्रमको आयोजना गरिएको जानकारी दिए।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरेको अवसरमा स्नान गर्ने र कन्दमुल खाने परम्परा भने कायमै छ। परिवर्तित समयसँगै पुर्खाले गरेका सबै कुरा दुरुस्तै उतार्न कठिन भए पनि आफ्नो संस्कार जोगाउन म्याग्दीका मगरहरूले देखाएको यो सक्रियताले नयाँ पुस्तालाई आफ्नो जरासँग जोड्ने काम गरेको छ।
मगरजातिले मात्र हैन, म्याग्दीमा बसोबास गर्ने अल्पसंख्यक छन्त्याल जातिले पनि माघे संक्रान्तिलाई आफ्नो मुख्य चाडका रूपमा मनाएका छन्। छन्त्याल समुदायमा पनि वन तरुल, कन्दमुल र पितृ पूजाको ठूलो महत्त्व छ। आफ्नै मौलिक भाषा र संस्कृति भएका छन्त्यालहरूले यस दिनलाई पुर्खाको सम्झना र पारिवारिक पुनर्मिलनको अवसरका रूपमा लिएका छन्।
मगर र छन्त्याल मात्र होइन, म्याग्दीका क्षेत्री, बाहुन र खस समुदायले पनि माघे संक्रान्तिलाई विशेष पर्वका रूपमा मनाएका छन्। यस दिन बिहानै कालीगण्डकी र म्याग्दी नदीको दोभानमा स्नान गरी घिउ, चाकु, तरुल र तिलको लड्डु खाने प्रचलन छ। विशेषगरी यस समुदायमा मासको दाल र चामल मिसाएर बनाइएको ‘खिचडी’ खाने परम्परा छ, जसलाई स्वास्थ्य र धार्मिक दृष्टिकोणले शुभ मानिन्छ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























