- Loading...
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा चयन, म्याग्दीका रेशम बानियाँ केन्द्रीय सदस्य निर्वाचित

- पुनहिल डट कम
- ३ हप्ता अघि
- ५६ पटक पढिएको
बुधबार साँझ सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगनकुमार थापालाई पार्टी सभापतिमा निर्वाचित गरेको छ।
पार्टी विधानको व्यवस्थाअनुसार कुल ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित आह्वान गरिएको विशेष महाधिवेशनले थापालाई सभापतिमा चयन गरेको हो।
नयाँ कार्यसमितिको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् भने महामन्त्रीको जिम्मेवारी प्रदीप पौडेल र गुरुराज घिमिरेले पाएका छन्।
त्यसैगरी, पार्टीको समावेशी संरचनाअनुसार विभिन्न क्लस्टरबाट सहमहामन्त्रीहरू पनि चयन गरिएका छन्। जसमा खस–आर्यतर्फ उदयशमशेर राणा, दलिततर्फ प्रकाश रसाइली, मधेशीतर्फ मुक्ताकुमारी यादव र महिलातर्फ डिला सङ्ग्रौला रहेका छन्।
मुस्लिम कोटाबाट फरमुल्ला मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा र आदिवासी जनजातितर्फ बहादुरसिंह लामा सहमहामन्त्रीका रूपमा चुनिएका छन्।
विशेर महाधिवेशनले १२१ सदस्यीय केन्द्रीय समिति पनि चयन गरेकेको छ । म्याग्दीका रेशम बानियाँ गण्डकी प्रदेश खुल्लाबाट र बाग्लुङकी चम्पादेवी खड्का महिलाबाट केन्द्रीय सदस्य चयन भएका छन ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

































