- Loading...
हर्षोल्लासका साथ मनाइँदै माघे संक्रान्ति : सवैमा शुभकामना

- घनश्याम खड्का
- ६ महिना अघि
- १६४ पटक पढिएको
समस्त नेपालीहरूको साझा सांस्कृतिक पर्व माघे संक्रान्ति (मकर संक्रान्ति) आज देशभर विभिन्न परम्परागत विधिअनुसार हर्षोल्लासका साथ मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनलाई ‘मकर संक्रान्ति’ भनिन्छ भने माघ महिनाको पहिलो दिन भएकाले यसलाई ‘माघे संक्रान्ति’ पनि भनिएको हो।
आजको दिन पवित्र नदी, ताल तथा त्रिवेणीमा स्नान गरी दान–धर्म गर्ने परम्परा छ। ज्योतिषशास्त्र अनुसार आजैदेखि सूर्य उत्तरायण हुने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ।
माघे संक्रान्ति पुन समुदाय समेत मगर जाति र थारू जातिकाे प्रमुख चाड भएपनि सवै जाती, जनजातिले पनि उत्सासपुर्वक माघे संक्रान्ति मनाउने गर्छन । यस पर्वले नेपालको जातीय र सांस्कृतिक विविधतालाई एउटै सूत्रमा गाँस्ने काम गरेको छ।
माघे संक्रान्तिको मुख्य आकर्षण भनेको ‘तरुल, तिलको लड्डु, चाकु र घिउ’ हो। शरीरलाई न्यानो राख्ने र स्वस्थ रहने आयुर्वेदको मर्म अनुसार यस दिन यस्ता पौष्टिक खाद्यपदार्थ खाने चलन रहेको छ। नेवार समुदायमा आजको दिनलाई ‘घ्यःचाकु संल्हु’ भनिन्छ, जहाँ परिवारका सदस्यहरू एकै ठाउँमा बसेर पकवानहरूको स्वाद लिने गर्छन्।
यस शुभ उपलक्ष्यमा पुनहिल डट कम परिवार सम्पूर्ण पाठक, शुभेच्छुक तथा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यो पर्वले आपसी सद्भाव, भाइचारा र सहिष्णुतालाई अझ प्रगाढ बनाओस्। सबैको घरआँगनमा खुसियाली छाओस्।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य


























