- Loading...
बेनीमा ११ औँ माघे संक्रान्ति मेला तथा खाना महोत्सव सुरु

- पुनहिल डट कम
- ३ हप्ता अघि
- ७३ पटक पढिएको
सदरमुकाम बेनीमा परम्परादेखि लाग्दै आएको ऐतिहासिक माघे संक्रान्ति मेलाले यस वर्ष पनि निरन्तरता पाएको छ।
म्याग्दी उद्योग वाणिज्य संघको भगिनी संस्था महिला उद्यम विकास समितिको आयोजनामा आजदेखि बेनीको खुल्ला मञ्चमा ‘११ औँ माघे संक्रान्ति मेला, खाना महोत्सव एवं कृषि प्रदर्शनी’ को खुल्ला मञ्चमा आयोजना गरिएको यस महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहका बीच उद्घाटन गर्दैछन ।
झाँकीसहित बजार परिक्रमा महोत्सवको औपचारिक उद्घाटन हुनुअघि बेनी बजारमा विभिन्न जातजाति, भाषाभाषी र समुदायको कला-संस्कृति झल्कने मौलिक झाँकीहरू प्रदर्शन जारी छ। बाजागाजा र सांस्कृतिक र्यालीसहित निकालिएको झाँकीले बेनी बजारको परिक्रमा गरी महोत्सव स्थल खुल्ला मञ्चमा पुगेर उद्घाटन सत्रमा परिणत हुने कार्यक्रम छ। महोत्सव आगामी माघ ३ गतेसम्म चल्नेछ।
म्याग्दी उद्योग वाणिज्य संघका अनुसार यो मेलाले महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउने मात्र नभई उनीहरूको नेतृत्व क्षमता र व्यवस्थापकीय कौशललाई समेत निखार्दै लगेको छ। चुल्होचौकोमा सीमित महिलाहरूलाई व्यावसायिक मञ्च प्रदान गर्नु यो महोत्सवको सबैभन्दा ठूलो उपलब्धि मानिएको छ।
महोत्सवमा महिलाहरूले परम्परागत रूपमा प्रयोग गर्दै आएका सीपहरू जस्तै दुना-टपरी बनाउने, धुप बाट्ने र बच्चाका टोपी बुन्ने प्रतियोगिता गरिने भएको छ । त्यस्तै विभिन्न जातजाति र समुदायका मौलिक खानाका परिकार बनाउने र खाने प्रतियोगिता महोत्सवको मुख्य आकर्षण रहेका छन । खुल्ला लोकनृत्यका साथै म्याग्दीका पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने उद्देश्यले विद्यालय स्तरीय खुल्ला पेन्टिङ प्रतियोगिता समेत आयोजना गरिएको छ।

स्थानीय उत्पादनको प्रवर्द्धन महोत्सवमा कृषि प्रदर्शनीलाई विशेष जोड दिइएको छ। जिल्लाका ग्रामीण भेगमा उत्पादित कृषिजन्य सामग्री र महिला उद्यमीहरूले तयार पारेका लघु उद्यमीका उत्पादनहरूलाई स्टलमा राखिएको छ।









हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

































