- Loading...
जन-जी विद्रोहपछि फेरी जुर्रमुराउँदै चुनावी तयारीमा जुट्याे म्याग्दी एमाले

- पुनहिल डट कम
- ३ हप्ता अघि
- ८० पटक पढिएको
गत भदौ २३ र २४ गते भएको ‘जेन-जी’ विद्राेहपछिको बदलिँदो राजनीतिक परिस्थितिका बीच नेकपा एमाले म्याग्दीले धुलाे टकटक्याउँदै विस्तारित बैठकहरू मार्फत आफ्नो चुनावी अभियानलाई आक्रामक रूपमा अघि बढाएको छ।
आगामी २०८२ फागुन २१ गते हुने आम निर्वाचनको मिति नजिकिँदै गर्दा एमालेले जिल्लाका सबै ६ वटा स्थानीय तह र वडा तहसम्मै आफ्नो संगठनलाई चुनावी ‘कमाण्ड’ मा रूपान्तरण गरेको हो। विस्तारै एमालेजनकाे अात्मबल उठाउँदै स्वर चर्काे हुन थालेकाे छ ।
भदौको विद्रोहले पुराना राजनीतिक दलहरूको कार्यशैलीमाथि युवा पुस्ताको चरम असन्तुष्टि सडकमा पोखिएपसँगै नयाँ मतदातालाई अकर्षित गनर् चुनौतीपूर्ण देखिएको बेला एमाले म्याग्दीले भने ‘संगठन सुदृढीकरण’ मार्फत त्यसको सामना गर्ने रणनीति लिएको छ।
शनिवार बेनीमा आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठले भने, “भदौको विद्रोहले दिएको सन्देशलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ। देशलाई निकास दिने र समृद्धिको खाका कोर्ने शक्ति एमाले मात्रै हो। लाेकप्रीयतावाद, अस्थिर र चन्चल अदृश्य अाचरणा मतदाताले बुझ्नेछन र फागुन २१ ले यसलाई थप प्रमाणित गर्नेछ।”
विगतको विद्रोह र त्यसपछिको प्रशासनिक शिथिलताका कारण आसन्न निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउनु ठूलो चुनौती रहेको एमाले नेतृत्वले स्वीकार गरेको छ। यद्यपि, एमालेले जिल्लाभर ‘निर्वाचन परिचालन कमिटी’ हरू गठन गरेर आफ्नो शक्ति एकगठ गर्न र विगतका त्रुटीमा अत्मसमिक्षा गर्न तम्सेकाे छ ।
चुनावी तयारीकाे सुरूअात बेनी नगरपालिकामा बेलबहादुर कटुवालको संयोजकत्वमा २५१ सदस्यीय कमिटी, धवलागिरी गाउँपालिकामा प्रगति कार्कीको नेतृत्वमा १५१ सदस्यीय र रघुगंगा गाउँपालिकामा झलक शर्मा आचार्यको संयोजकत्वमा १२१ सदस्यीय चुनाव परिचालन समिति गठन भएका छन ।
एमाले म्याग्दीले माघ ६ गतेभित्र जिल्लाका सबै १०६ वटै वडामा विस्तारित बैठक सम्पन्न गरी टोल-टोलमा पुग्ने लक्ष्य राखेको छ। यसपटकको निर्वाचनमा एमालेका लागि मुख्य चुनौती भनेकै युवाहरूको आक्रोश र नयाँ शक्तिको उदय हो। २०७९ को निर्वाचनमा एक्लै लड्दा पनि २०,१८९ मत ल्याएको एमालेले यसपटक ‘जेन-जी’ विद्रोहबाट प्रभावित युवाहरूलाई कसरी विश्वासमा लिन्छ भन्ने कुराले हारजितको फैसला गर्ने देखिन्छ । एमाले म्याग्दीले अगाडी सारेका प्रस्तावित उम्मेदवारहरू हरीकृष्ण श्रेष्ठ, बालकृष्ण सुवेदी र प्रकाश पैडेल तिनै जना जेन्जी विद्रेहकाे भावना र खाेजे जस्तै निश्कलङ्क, कुनै राजनितिक लाभ नलिएका, युवा वर्गका लाेकप्रीय रहेकाेले एमालेले जेनजी समुहसमेत अाम जनमतमा भरेसा राखेकाे उल्लेख गरेकाे छ ।
म्याग्दी एमालेका अध्यक्ष बालकृष्ण सुवेदी भन्छन, “हामीले युवा परिचालन कमिटी र सचिवालयलाई चुस्त बनाएका छौँ। सरकारमा हुँदा एमालेले गरेका विकासका कामहरू र भावी योजना नै हाम्रो जितको आधार हो।”
भदौको विद्रोहले फागुन २१ को निर्वाचनलाई पुराना दलहरूलाई सच्चिने मौकाकाे रूपमा ‘अग्निपरीक्षा’ का रूपमा हेरिएको छ। म्याग्दीमा एमालेले आफ्नो संगठनात्मक सञ्जाललाई वडा तहसम्म विस्तार गरेर आफूलाई सबैभन्दा तयारी अवस्थामा रहेको शक्तिका रूपमा प्रस्तुत गरेको छ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

































