FLASH NEWS
  • Loading...

दरवाङका सुजन गाैतम बने अन्तरिक्ष विज्ञानमा विद्यावारिधी गर्ने पहिलाे म्याग्देली

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • १२४ पटक पढिएको
दरवाङका सुजन गाैतम बने अन्तरिक्ष विज्ञानमा विद्यावारिधी गर्ने पहिलाे म्याग्देली

म्याग्दी दरवाङका सुजन गौतमले अमेरिकाको प्रतिष्ठित ‘युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिल’ (युएएच) बाट अन्तरिक्ष विज्ञान (स्पेश साइन्स) मा विद्यावारिधि (पिएचडी) उपाधि हासिल गरेका छन।
म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका गौतमले सौर्य वायु र अन्तरिक्ष मौसमको जटिल विषयमा गरेको अनुसन्धानका लागि यो सफलता पाएका हुन । गौतमले “पृथ्वीनजिक हुने सौर्य वायुको चक्र र अन्तरग्रहीय झट्काको प्रभाव” विषयमा शेधपत्र तयार पारेका हुन । सूर्यबाट निस्कने आवेशित कणहरूको प्रवाह (साेलार वन्ड) र त्यसले उत्पन्न गर्ने झट्काले पृथ्वीको सञ्चार प्रणाली, स्याटेलाइट प्रविधि र मौसममा कसरी असर पार्छ भन्नेबारे उहाँले गहिरो वैज्ञानिक विश्लेषण गरेका छन।
उनले अन्तरिक्ष वैज्ञानिक प्रा.डा. ग्यारी जाँकको निर्देशनमा विश्वविद्यालयको ‘सेन्टर फर स्पेस प्लाज्मा एन्ड एरोनोमिक रिसर्च’मा रिसर्च असिस्टेन्टका रूपमा रहेर यो उपलब्धि प्राप्त गरेका हुन ।

त्रिभुवन विश्वविद्यालयबाट भौतिकशास्त्रमा स्नातक र स्नातकोत्तर तहमा स्वर्ण पदक विजेता गौतम सन् २०२२ मा पूर्ण छात्रवृत्तिमा अध्ययनका लागि अमेरिका गएका थिए । ग्रामिण क्षेत्रको सामान्य परिवारमा हुर्केका गौतमले आफ्नो सफलतालाई परिवार र शिक्षकहरूको साझा उपलब्धी भएके बताए ।
गैतम भन्छन, “सौर्य आँधी र अन्तरिक्ष मौसमलाई अझ राम्रोसँग बुझ्न मेरो अनुसन्धानले मद्दत गर्नेछ। सूर्यसँग जोडिएका कैयौँ अनुत्तरित प्रश्नहरूको खोजी गर्ने मेरो सानैदेखिको रुचि थियो।”
अध्ययनका क्रममा उहाँका कैयौँ अनुसन्धान पत्रहरू ‘द एस्ट्रोफिजिकल जर्नल’ जस्ता विश्वका प्रतिष्ठित वैज्ञानिक जर्नलहरूमा प्रकाशित भइसकेका छन्। साथै, उहाँले नेपालको पोखरा र काठमाडौँको वर्षाको तथ्याङ्कलाई सौर्य गतिविधिसँग जोडेर गरिएको अनुसन्धानमा पनि नेतृत्वदायी भूमिका थियो।
अन्तरिक्ष विज्ञानमा गौतमले पाएको यो उच्च सफलताले म्याग्दी जिल्ला मात्र नभई समग्र नेपालको नाम अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायमा उच्च बनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र