FLASH NEWS
  • Loading...

म्याग्दीकाे बसाई राेकिएन, कृषी र शिक्षा प्रभावित

म्याग्दीकाे बसाई राेकिएन, कृषी र शिक्षा प्रभावित

संघियताले ‘सिंहदरवार’ गाउँमै पुर्‍याएको भएपनि म्याग्दीका गाउँबाट मात्र होईन सदरमुकाम क्षेत्रबाटै ठूला सहर तर्फ वसाइँ सर्ने र घरका दैलोमामा सँधैकालागी ताल्चा लगाउने प्रतिस्पर्धा नै चलेको छ ।
गाउँका सिंहदरवारमा बस्ने पात्र फेरिएपनि नेता र कर्मचारीतन्त्रको संस्कार र प्रवृति नफेरिएपछि आस गुमाएका स्थानीयले धमाधम गाउँ छोड्न थालेका हुन । बसाई सराई नरोकिएपछि ग्रामीण वस्तीका खेतीप्रणाली (कृषी)मात्र होईन विद्यालय र श्वास्थ्य संस्थाहरु समेत समस्यामा पर्न थालेका छन ।


एअाइकाे गुगलनाेटकेएलएमले तयार पारेकाे सामाग्री ।
पूर्व वेलायती लाहुरे चामबहादुर पुन भन्छन, ‘मेरो परिवारले ३५ बर्षअघि पुख्यौली थलो काफलडााडा छोड्दा अहिले जस्तो सडक, विद्यालय, विजुली, संञ्चार सुविधा थिएन । म बेलायती लाहुरे भएकोले देशविदेश देखेको र साथमा केही पैसा पनि भएकोले सन्तानको राम्रो शिक्षा तथा सुविस्ताको जीवन खोज्दै सुरुमा पोखरा पछि काठमाण्डौ र अहिले सवै परिवार युकेमा बसाई सरें । अहिले परिवार युकेमा बस्छन, म आधा वर्ष जन्मथालोमै विताउाछु ।’’‘मेरो पुख्यौली थलो अन्नपूर्ण गाउापालिका, ८ काफलडााडा हो । वडामा नागी, राम्चे र काफलडााडा मुख्य तीन वस्ती मध्य सानो हो, काफलडााडा । काफलडााडा गाउाबाट मात्र पछिल्लो ३५ बर्षमा १ सय ८५ परिवारले बसाई सरेछन । ति मध्य युकेमा मात्र ५५ परिवार, पोखरामा ८०, नवरपुर, नवलपरासी, रुपन्देहीमा २८, काठमाण्डौ, वुटवल समेत अन्य सहरमा २२ परिवारले बसाई सरहेका रहेछन । गाउामा अहिले मुस्किलले ४७ परिवार मात्र बचेको रहेछ ।’
गाउामै सवारी साधनको पहुाच, स्वास्थ्य, खानेपानी, विजुली जस्ता आधारभूत सुविधादेखी घर–घरमा केवुल टेलिभिजन, कम्प्युटर शिक्षा सहित अंग्रेजी माध्यमबाट पढाई हुने विद्यालय, इन्टरनेटसहित संञ्चार जस्ता आधुनिक प्रविधीयुक्त सुखसुविधा उपलब्ध भएपनि गाउाका प्रायःघरमा ताल्चा झुन्डीएका छन् ।
जन्मस्थलमा पुन साास्कृतिक साग्राहलय, सााास्कृतिक पदमार्ग र पुन देवता करवाकेलीको संरक्षण, प्रर्वद्धनमा जुटेका अभियन्ता पुन भन्छन, ‘पहिला पशुपालन र खेतीपातीबाट जीवन गुजारा चल्थ्यो । अहिले अवस्था फेरिएको छ । पशुपालन र खेतीपाती अहिले पनि हुन्छ तर ज्यादै थोरै । गाउा झट्ट हेर्दा झुरुप्प देखिएपनि धेरै घर खाली छन’ प्रायःखेतीयोग्य जमिन बााझा । सहज जीवन सवैको अधिकार भएकोले रोक्न पनि नमिल्ने, झल्को भने पुरानै लाग्ने रहेछ ।’

बसाई सराईले गाउा रिक्तो बन्न लागेको काफलडााडामा मात्र हैन, देशै भरी हो । स्थानीय सरकारहरु गाउँ विकासमा जुटेका छन । स्थानीय सरकार मार्फत गाउँ–गाउँमा सडक, पदमार्ग, सिंचाई, खानेपानी, कृषी, पशुपालन, विद्यालय, स्वास्थ्य चौकी/ग्रामिण अस्प्ताल निर्माण समेतका पूर्वाधार विकासमा बर्षेनी करोडौं लगानी गरेका छन । स्वच्छ हावापानी, अग्यानिक खाद्यन्न, आधारभूत भौतिक सुविधा दैलोमा उपलब्ध छन तर पनि स्थानीय सरकारले बसाई सर्नेलाई रोक्न सकेका छैनन । गाउँ छोडेर सहरबजार बसाई सर्नेको लर्को बर्षेनी बढ्दो छ ।
मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका भन्छन, ‘मंगला गापा तुलनात्मक जिल्लाका अन्य पालिकाभन्दा सुगम मात्र होईन, आफ्नो उत्पादनले अधिकांशलाई खान पुग्छ । शिक्षा, स्वास्थ्य, संञ्चार, सडक, खानेपानी समेतका न्यूनतम पूर्वाधार थपेका छौ र पनि जति कोसिस गर्दा पनि बसाई सर्नेहरुलाई रोक्न सकेनौं ।’
गत आर्थिक वर्ष (आव)मा मात्र जिल्लाका ६ वटा स्थानीय तहबाट औपचारिक रुपमा २ सय ४७ घरपरिवारले पुख्यौली थातथलो छोडेर ठूला सहर झरेका छन । स्थानीय गाउँपालिका/नगरपालिकाका पञ्जिकरण शाखाले उपलब्ध गराएको विवरण अनुसार आव ०८१/०८२ मा सदरमुकाम रहेको बेनी नगरपालिकाबाट ६५ परिवारले वसाई सरेका छन । यो संख्या अघिल्लो आवको भन्दा बढी हो ।
त्यसैगरी अन्नपूर्ण गाउँपालिकाबाट ४४ परिवार, रघुगंगा गापाबाट २१ परिवार, मंगला गापाबाट ५५ परिवार, मालिका गापाबाट ३९ र धवलागिरी गापाबाट २३ परिवारले औपचारिक रुपमा बसाई सरेका छन । अनौपचारिक रुमा बसाई सर्नेको संख्या अझै धेरै हुन सक्ने पालिकाहरुको अनुमान छ । मालिका र धवलागिरी गाउँपालिकाले काठमाण्डौ र पोखरामा संञ्चालन गरेको पञ्जिकरण तथा सामाजिक सुरक्षा भत्ता नविकरण शिविरले पनि अनौपचारिक बसाई सराई झन बढी भएको पुष्टी गर्छ ।
आर्थिक वर्ष ०८१/०८२ र ०८०/८१ मा म्याग्दीबाट बसाई सराई गर्ने विवरण ः
क्रस स्थानीय तह बसाइ सर्ने परिवार संख्या
(०८१/८२) बसाइ सर्ने परिवार संख्या
(०८०/८१)
१ बेनी नगरपालिका ६५ परिवार ६४ परिवार
२ अन्नपूर्ण गाउँपालिका ४४ परिवार २९ परिवार
३ रघुगंगा गाउँपालिका २१ परिवार ३० परिवार
४ मंगला गाउँपालिका ४५ परिवार ५३ परिवार
५ मालिका गापा ३९ परिवार ३९ परिवार
६ धवलागिरी गाउँपालिका २३ परिवार ३७ परिवार
बसाई सर्ने जम्मा घरधुरी २४७ परिवार २५२ परिवार

आप्रवासनको यो प्रवृत्ति जिल्लाका सवै पालिकामा उच्च छ । रोग, भोक र अभावको कारण दुर्गमका गाउँबाट मात्र होईन बेनी नगरपालिका र सदरमुकाम बेनीबाटै बसाई सर्नेको बढ्दो छ ।
जिल्लाका बेनी नगरपालिका समेत ६ वटै स्थानीय तहबाट पोखरा, तनहुँ, चितवन, वुटवल र काठमाण्डौमा अधिक बसाई सर्ने गरेको अभिलेखले देखाउँछन ।
संघीय शासन ब्यवस्थामा बसाई सराई रोक्ने र गाउँफर्कने बढ्ने अपेक्षा विपरित बसाईसराइ नरोकिएपछि हिमालपहाडी क्षेत्रमा भूगोल मात्र रहला कि भन्ने चिन्ता गर्न थालिएको छ । मान्छे नै नभएपछि गाउँका विद्यालय रिक्ता हुँदैछन, परम्परागत पशुपालन पेशा हराउँने तर्खरमा छन । कृषी योग्य जमिन बाँझिदै छ, गाउँमै केही गर्छु भनी शहर वा विदेशबाट फर्केको युवा ब्यवसायीले गाउँमा काम गर्ने श्रमिक नै नपाउने अवस्था सृजना भएको छ ।
बसाईसराइ संसारभर हुन्छ तर नेपालको पहाडी तथा हिमाली क्षेत्रबाट भैरहेको बसाईसराइ भने अलि फरक देखिएको छ । हिमालपहाडबाट पानीका खोला निरन्तर तल बगे झै मान्छेहरु एकोहोरो बसाई सरिरहेका छन ।
असीमित आवश्यकता पुरा गर्ने महत्वाकांक्षाले मान्छेहरु एक ठाउँबाट अर्को ठाउँमा बसाई सरी रहेका छन । बसाई सराईको यो प्रवृत्ति ०५८ सालपछि बढेको तथ्याङ्कले देखाउँछ । राष्ट्र्रिय जनगणनाको तथ्याङ्क अनुसार पनि म्याग्दीको जनसंख्या निरन्तर घट्दो छ । विस २०४८ सालको जनगणनामा एक लाख ५ सय ५२ जनसंख्या रहेकोमा २०५८ को जनगणनामा बढेर एक लाख १४ हजार ४ सय ४७ पुगेको थियो । तर ०६८ को जनगणनामा घटेर एक लाख १३ हजार ८ सय १८ मा झरेको थियो । ०७८ सालको जनगणनामा यो संख्या अझ धेरै घटेर एक लाख ७ हजार ३ सय ७२ मा ओर्लेको छ । जनगणना ०६८ देखी ०७८ सम्म जनसंख्या ०.५४ प्रतिशतले जनसंख्या घटेको छ । माओवादीको शसस्त्र विद्रोहपछि गाउँगाउँबाट सामाजिक अगुवा, नेता, कर्मचारीलाई खेद्न थालेपपछि जनसंख्या ओरालो यात्रा तिब्र बनेको मानिएको छ ।

समाजशास्त्री तथा म्याग्दी बहुमुखी क्याम्पसका प्रध्यापक गोरखबहादुर जिसी भन्छन, ‘गाउँले थातथलो छोडेर बसाइँ हिंड्नुमा एउटै मात्र कारण छैन । पुगिसरी आएपछि गाउँ छोडेर सहर झर्ने पनि छन । तर देखिने पेशा ब्यवसाय विना रातारात धनी बनेकाको चंगुलमा राज्यब्यवस्था फसेपछि नागरिकहरु घरमा कृषीकर्म गर्नु भन्दा परदेश पुगेर थ्रिडी काम गर्न अग्रसर भएको हो ।’
समाजशास्त्री जिसीले थप्छन, ‘आप्रवासन भैरहने कुरा हो तर राजनिती र ब्युरोक्रेसीमा शुद्धताले धेरै वा थोरै हुन सक्छ । हाम्रो समाजमा केही काम गर्न खोज्नेले निरुत्साही हुनु पर्ने विडम्बनाले विस्थापनलाई प्रोत्साहन गरेको छ ।’
वसाई सर्नेले छाडेका रित्ता घरका आगनमा उम्रेका झाडी, खेतवारी उत्तिस र झाडीले भरिएपछि वस्ती खण्डहर बनेको छ । ढुङ्गे घरहरुले चिटिक्क परेका वस्ती पाललिंदै गएपछि शिक्षा, कृषी र जनसंख्यामा प्रभाव देखिन थालेको छ ।
कृषी ज्ञान केन्द्र म्याग्दीको अभिलेख अनुसार जिल्लाको कुल दुई लाख २९ हजार सात सय ६ हेक्टर क्षेत्रफल मध्य १३ दशमलव ४३ प्रतिशत क्षेत्रफल मात्र खेतियोग्य जमिन हो । खेतियोग्य जमिनको पनि ७ प्रतिशतमा मात्र उपयोग भैरहेको छ । बाँकी जमिन बाँझो भएका छन । खेतियोग्य जमिनमध्य काँठ क्षेत्रमा पर्ने बेनी नगरपालिका बाहिरको लेकाली वस्तीका जग्गाजमिन बढी बाँझो छ ।
ग्रामिण अर्थतन्त्रको मेरुदण्ड मानिने कृषी क्षेत्रमा कृषी मदजुरहरुको अभाव हुन थालेसंगै भूमि उपयोग र कृषी उत्पादनमा परेको छ । कृषी श्रमको सम्मान हुन नसक्ने, आवश्यक कृषीपूर्वाधार तथा सुरक्षा अनुभुती नुहुने, अपेक्षित उत्पादन नहुने र कृषी काममा संलग्न योग्य युवा समुदाय सहज जीवनशैलीकालागी बैदेशिक रोजगारीमा वा शहर तर्फ बसाई सर्ने बढेको ग्रामिण अर्थतन्त्रको मेरुदण्ड कृषी पेशा थला पर्ने अवस्थामा पुगेको छ ।
अहिले जति कृषी उत्पादन भैरहेको छ त्यो, पुरानो जनशक्ती अर्थात कडा शारिरिक श्रम गर्न नसक्ने बृद्धबृद्धा वा गाउँ छाड्न नसकेकाहरुमा निर्भर छ । वैदेशिक रोजगारीसँगै आन्तरिक बसाई सराईले गर्दा कृषी प्रणालीमा बहुआयामिक असर पर्न थालेको कृषी विज्ञहरु बताउन थालेका छन । उनीहरुका अनुसार गाउँमा कृषी मजदुर अभावहुँदा खेतीयोग्य जमिन बाँझिनेक्रम बढेको, उत्पादन लागत बृद्धी भएको, जैविक विविधतयुक्त परम्परागत कृषी प्रणाली विस्थापित भै ग्रामिण वस्तीमा चामल मात्र हैन, कोदो, तरकारी समेत अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा समेत आयातमुखी बन्न थालेको छ ।
कृषी ज्ञान केन्द्र म्याग्दीका प्रमुख कृषी विज्ञ संजिव बास्तोलाका अनुसार राज्यले मुल्य वृद्धी नियन्त्रण गर्न नसक्दा कृषीकर्ममा लागत बढी परेको छ । लगानीको तुलनामा उत्पादनबाट आम्दानी नहुँदा कृषी मजदुरले उपयुक्त ज्याला पाउँदैनन, घरायसी कृषी गर्नेले परिवार पाल्न पुग्ने कृषी उत्पादन नभएपछि मान्छे भएको खेतवारी बाँझो राखेर विदेश हिंडेको हो । प्रयाप्त सिंचाई, आवश्यक मलविउको सहज उपलब्धता बाहेक जलवायु परिवर्तनको कारण अनियमित बर्षा, हिमपात र तापक्रमबृद्धीको कारण पनि कृषी प्रणाली विथोलिएको छ ।
भौतिक पूर्वाधारलाई मात्र ‘विकास’ मान्ने तर सामाजिक, साँस्कृतिक कुरालाई वेवास्ता गर्ने प्रवृत्तिले श्रमसंस्कृति र श्रम क्षेत्रमा लागेका मानिसहरुले भावनात्मक रुपमा विश्वास गुमाउँदा शासन ब्यवस्था र नेतृत्वप्रति आक्रोश बढेको पनि छ ।
समाजशास्त्रीका भनाईमा संघीय वा स्थानीय सवै सरकारले विकासको परिभाषलाई फराकिलो बनाउँदै राजनैतिक, आर्थिक, सामाजिक र पूर्वाधार निर्माणमा पारदर्शिता, सुशासन, रोजगारीको समान अवसर र मुख्य श्रमलाई सम्मान गर्ने सामाजिक संस्कार विकास नगरी सुखै छैन ।
केन्द्रीय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्र्रिय कृषी गणना ०७८ को प्रतिवेदन अनुसार देशभरीका करिव ४० प्रतिशत स्थानीय तहमा कृषी कामदारको अभाव छ । प्रतिवेदनले पैतृक थलोमा बसिरहेका मानिसहरु अवसरको खोजीमा आप्रवासन (सहर बसाई सर्ने र बैदेशिक रोजगारीमा जाँदा लाइ कृषी क्षेत्रमा कामदार अभावको प्रमुख दुई कारण भएको उल्लेख गरेको छ ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीको बुझाईमा मानिसहरुमा अल्छिपना बढेको छ । गाउँमा कृषी लगाएत निर्माण क्षेत्रमा श्रमिकको माग भएपनि मान्छेहरु दिनभर पोट, क्यारेमबोर्ड खेलेर दिन विताउँछ तर काम गर्न मान्दैन । जेन्जीहरुमा यो समस्या झन बढी छ । वैदेशिक रोजगारीले निम्त्याएको भएपनि ‘मिठो जिव्रो, अल्छि तिघ्रो’ संस्कृति मौलाएको छ ।
कृषी क्षेत्रमा मात्र हैन, गाउँबाट निक्लेको आप्रवासनको ताँती लाग्दा जिल्लाका विद्यालयहरु पनि समस्यामा पर्न थालेका छन । वसाइ–सराई बढेपछि यसको पहिलो प्रभाव गाउँको विद्यालयमा परेको छ । जिल्लाका अधिकांश विद्यालयमा वर्षेनी विद्यार्थी संख्या न्युन हुँदै गएको छ । माध्यामिक शिक्षा परिक्षा (एसईई)मा सहभागी हुने घट्दो विद्यार्थी संख्याले गाउँका विद्यालयहरुको अवस्था प्रष्ट पार्छ ।
शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीले उपलब्ध गराएको तथ्याङकमा सामुदायीक, संस्थागत, धार्मिक र वैकल्पिक विद्यालयगरी म्याग्दीका ७६ वटा विद्यालयहरुबाट पछिल्लो ८ बर्षमा एसईई दिने विद्यार्थी संख्या घटेको देखिएको छ ।
तथ्याङ्क अनुसार ०७४ सालको एसईईमा २ हजार २ सय ८६ जना, ०७५ सालमा २ हजार २ सय ३२ जना, ०७६ सालमा २ हजार १ सय ९७ जना, ०७७ सालमा २ हजार १ सय २५ जना, ०७८ सालमा २ हजार १ सय २१ जना, ०७९ सालमा १ हजार ९ सय ८४ जना, ०८० सालमा १ हजार ९ सय ४२ जना विद्यार्थी र ०८१ सालमा १ हजार ६ सय ८९ जना मात्र एसईईमा सहभागी भएका थिए ।
विद्यार्थी घटेपछि विद्यालयहरु मात्र होईन जिल्लाका उच्च शिक्षा प्रदान गर्ने क्याम्पसहरु समेत पिरोलिएका छन । सदरमुकाममा निजी क्षेत्रबाट संञ्चालित न्यूवेष्ट पोईन्ट विद्यालयले विद्यार्थी अभावमा स्नातक तह नै बन्द गरेको छ । स्नाकोत्तर तहसम्मको अध्ययन गराउने जिल्लाको एक मात्र म्याग्दी बहुमुखी क्याम्पसले समेत स्नातक, स्नाकोत्तर तहमा विद्यार्थी पलायनको समस्या झेल्दै आएको छ । सामुदायीक प्रयासमा संञ्चालित क्याम्पसमा विद्यार्थी भर्ना घट्नथालेपछि संञ्चालन खर्च समेत थेग्न समस्या भएको क्याम्पस प्रमुख श्रीधर सुवेदी बताउँछन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र