- Loading...
म्याग्दी क्याम्पस: ३५ वर्षको शैक्षिक कीर्तिमान

- घनश्याम खड्का
- १ महिना अघि
- ९१ पटक पढिएको
कालीगण्डकी र म्याग्दी नदीको संगमस्थल बेनीमा अवस्थित म्याग्दी बहुमुखी क्याम्पसले आज स्थापनाको ३५ औँ वार्षिकाेत्सव मनाएकाे छ ।
बार्षिकाेत्सवकाे क्याम्पसका संरक्षक तथा पूर्वअध्यक्ष हरीकुमार श्रेष्ठले एक समाराेह विच उद्घाटन गरे । क्याम्पसकाे वार्षिकाेत्सव अवसरमा अन्तर संकाय खेलकुद समेत विभिन्न प्रतियाेगिताका विजयी छात्राछात्र, उत्कृष्ट प्रधापक, कर्मचारीलाइ सम्मान गरियाे । जिल्लाका विभिन्न राजनैतिक दलका प्रतिनिधी, सामाजिक संस्थाका प्रतिनिधीले शुभकामना दिएकाे बार्षिकाेत्सव कार्यक्रममा चर्चित प्रगतिशिल गायक जीवन शर्माले पनि गीत गाएर, कार्यक्रमकाे गरिमा बढाएका थिए ।
विक्रम संवत् २०४८ सालमा प्रकाश माविकाे कक्षा काेठा विहानी सत्रकालागी मागेर सुरु भएको यो क्याम्पस आज म्याग्दी मात्र नभई छिमेकी जिल्ला पर्वतको उत्तरी भेगमा उच्च शिक्षाको सबैभन्दा भरपर्दो ‘प्राज्ञिक केन्द्र’ बनेको छ।
०४८ सालसम्म म्याग्दीमा उच्च शिक्षा अध्ययन गर्न एसएलसी पास गरेपछि कि त पढाइ छोड्नुपर्ने, कि त पोखरा वा काठमाडौँका महँगा कोठा भाडा तिरेर पढ्न जानुपर्ने बाध्यता थियो। त्यही बाध्यताको जगमा स्थानीय शिक्षाप्रेमीहरूको एउटै संकल्पबाट जन्मिएको थियो— म्याग्दी बहुमुखी क्याम्पस। समुदायको पसिना र चन्दाबाट ठडिएको यो संस्थाले हालै विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्राप्तगरी राष्ट्रिय स्तरमै अब्बल प्रमाणित गरिसकेको छ।
प्रविनता प्रमाण पत्र तहबाट अध्यापन सुरू गरेकाे म्याग्दी क्याम्पसमा अहिले ब्यवस्थापन तथा शिक्षा शास्त्र संकायमा स्नातक तथा स्नाकाेत्तर तहसम्म र मानविकी तर्फ स्नातक तहसम्म अध्यापन गराउँदै अाएकाे छ । त्यस्तै क्यााम्पसले समयानुकुल सूचना प्रविधि विषयमा विअाइसिटिइ कार्यक्रम संञ्चालन गरेकाे छ ।
३५ औँ वार्षिकोत्सवको उत्सव मनाइरहँदा क्याम्पसले मानविकी (विए), व्यवस्थापन (विविएस/एमविएस), शिक्षा (BIEd/MEd) र सूचना प्रविधि (BICTE) जस्ता विविध संकायले गर्दा यो क्याम्पस अहिले साँचो अर्थमा ‘बहुमुखी’ बनेको छ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

































