- Loading...
“परिवर्तित समय, अविचलित निष्ठा: तथ्यपूर्ण डिजिटल पत्रकारिता” नयाँ वर्ष २०२६ को हार्दिक शुभकामना

- पुनहिल डट कम
- १ महिना अघि
- ९३ पटक पढिएको
आदरणीय पाठकवृन्द, विज्ञापनदाता तथा शुभेच्छुकहरूमा,
सन् २०२५ को सुखद बिदाइसँगै हामी नयाँ वर्ष २०२६ को सुनौलो बिहानीमा प्रवेश गरेका छौं। यस अवसरमा punhill.com परिवार विश्वभर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
आज हामी यस्तो डिजिटल युगमा छौँ जहाँ सूचनाको कमी छैन तर सत्यको अनिकाल छ। गैह्रजिम्मेवार र जवाफदेही नभएका सामग्रीहरूले समाजमा भ्रम फैलाइरहेको बेला एउटा डिजिटल पत्रिकाको रूपमा हाम्रो काँधमा थप जिम्मेवारी आएको छ। संकुचित विज्ञापन बजार र फेरिएको पाठकको चाहनाका बीच पनि हामीले आफ्नो व्यावसायिक धर्मलाई डगमगाउन दिएका छैनौँ।
नयाँ वर्ष २०२६ को प्रस्थानबिन्दुमा उभिएर हामी हल्लाको भरमा गरिने ‘भाइरल’ पत्रकारिता होइन, पर्याप्त शोध, तथ्य र तथ्याङ्कमा आधारित जिम्मेवार र विश्वसनीय पाठन सामग्री पस्कने छौँ। नागरिकको सर्वोच्चता, संघीय लोकतान्त्रिक गणतन्त्र र नागरिक सुरक्षाका सवालमा हामी कहिल्यै सम्झौता गर्ने छैनौँ। स्वतन्त्र प्रेस नै लोकतन्त्रको मेरुदण्ड हो। हामी प्रेस स्वतन्त्रताको रक्षा गर्दै आम नागरिकको आर्थिक अधिकार र समृद्धिका लागि आवाज उठाइरहनेछौँ। सस्ते लेकप्रीयताको भिडबाट आफूलाई अलग राख्दै हामी जवाफदेही र मर्यादित पत्रकारिताको मानक स्थापित गर्न क्रियाशील रहनेछौँ।
तपाईँ पाठकहरूको अटुट विश्वास नै हाम्रो मुख्य ऊर्जा हो। नयाँ वर्ष २०२६ ले हामी सबैमा सत्यको मार्गमा लाग्ने प्रेरणा र सफलता प्रदान गरोस्।
तथ्यमा आधारित, सत्यको संवाहक, www.punhill.com

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

































