- Loading...
मौरिसहर्जोग पदमार्गबाट फोहोर संकलन

- पुनहिल डट कम
- १ महिना अघि
- ८३ पटक पढिएको
अन्नपूर्ण प्रथम हिमाल आरोहण मार्ग तथा पञ्चकुण्डहिमताल पुग्ने मौरिस हर्जोग पदमार्गमा पदयात्रीले फालेका फोहोर संकलन गरिएको छ ।
अन्नपूर्ण गाउँपालिका र अन्नपूण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संयुक्त प्रयासमा मौरिस हर्जोग पदमार्गको हुमखोलादेखी अन्नपूर्ण प्रथम हिमालको वेस क्याम्प रहेको पञ्चकुण्डहिमताल वरपर त्यहाँ पुग्ने नेपाली तथा विदेशी पर्यटक, सहयोगीहरुले यत्रतत्र फालेका चाउचाउ, इनर्जी चकलेटका, विस्कुट, ड्राईफुडका खोलसमेत प्लास्टिकजन्य फोहोर, रेडवुजस्ता इनर्जी ड्रिङ्कसका वोटलसमेत १० बोरा अन्दाजी ५० किलोग्राम फोहोर संकलन गरिएहो हो ।
पर्यटनकर्मी चित्रबहादुर तिलिजाको नेतृत्वमा गाउँपालिकाले खटाएका १० जना र एक्यापका १ जनासमेत ११ सदस्यीय टोलीले मौरिसहर्जोग पदमार्गमा पर्ने छोटेपा, हुमखोला, फुतफुते झरना, साँधीखर्क, गुफाफाँट, भुस्केटमेला, धर्मशाला, पञ्चकुण्डहिमताल क्षेत्र र वेसक्याम्पसम्मको पदमार्गमा यात्रीले बाटोमा खाएर फालेका आल्मोनियम तथा प्लास्टिकजन्य फोहोरहरु टोलीले संकलनगरी गाउँपालिका केन्द्र पोखरेबगर ल्याएको हो ।
टोलीले पदमार्गमा खुृलेका टिहाउस, क्याम्पेन क्षेत्र र वेसक्याम्पमा अन्नपूर्ण प्रथम हिमाल आरोहीले प्रयोग गर्ने क्याम्पबाट उत्सर्जन भएका फोहोरमैला भने संकलन गरेको छैन । ति क्षेत्रमा उत्सर्जनहुने फोहोरमैला ब्यवस्थापन गर्ने दायीत्व तत्ब्यवसायीको भएकोले पालिकाबाट खटिएको सरसफाई टोलीले पदमार्गमा पदयात्रीले पर्यावरणमा हानीपुग्नेगरी जथाभावी फालिएका फोहोरहरु मात्र संकलन गरेको टोली संयोजक चित्र तिलिजाले बताए ।
अन्नपूर्ण प्रथम हिमाल आरोहणमा आएका पर्वतारोही राख्दा निक्लेको फोहोर सम्बन्धित ट्र्रेकिङ कम्पनीहरुले र पञ्चकुण्डहिमतालमा टि–हाउसबाट निक्लेको फोहोर संञ्चालकहरुले सुरक्षित रुपमा हिमाल क्षेत्रबाट तल ल्याई सुरक्षित विर्सजन गर्नु पर्नेमा त्यसो भैरहेको छैन । ट्रेकिङ कम्पनी र टिहाउस संञ्चालकहरुले ब्यवसायबाट निक्लेको फोहोर वेसक्याम्पमै आगो लगाउने गरेको भेटिएको छ ।
‘हामीले मौरिस हर्जोग पदमार्गमा याक्रात्रममा बाटोमा, विसौनीहरुमा पदयात्रीले यत्रतत्र फालेका फोहोर मात्र टिपेका हौं । चाउचाउ, चकलेट, विस्कुटका खोलहरु तथा इनर्जी ड्रिङ्कसका वोटलहरु मात्र १० वोरा संकलित भयो । यसले हामी नेपालीमा घुमफिरमा निक्लने संस्कृति त विकास गर्यौं तर यात्रा सभ्यता र पर्यावरण चेतना भने पटक्कै राख्न नसकेको देखियो’ फोहोर संकलन टिम संयोजक रहेका पर्यटनकर्मी चित्र तिलिजाले भने, ‘ट्रेकिङ ब्यवसायी र टिहाउस ब्यवसायीहरुले पनि हिमाली क्षेत्रको पर्यावरणीय संवेदनशिलता बुझ्न नसकेको त्यहाँ जलाईएका र जथाभावी फालिएका फोहोर भेटिनुले पुष्टी गर्छ ।’

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

































