- Loading...
बागलुङ महोत्सवको ८औं संस्करण शुक्रवारदेखी सुरु

- पुनहिल डट कम
- ३ महिना अघि
- १३९ पटक पढिएको
उद्योग वाणिज्य संङ्घको आयोजनामा बाग्लुङ नगरपालिका, १ रामरेखा स्थित बाङ्गेचौर खेल मैदानमा आठौं संस्करणको बाग्लुङ महोत्सव सुरु भएको हो । नेपाल उद्योण वाणिज्य महाँसघका अध्यक्ष चन्द्र ढकालले एक समारोहविच उद्घाटन गरे ।
‘ढकालले शुक्रवार बागलुङले कृषि, घरेलु र अन्य व्यवसायिक उत्पादन गर्ने र पर्यटन प्रवद्र्दन मार्फत चीन र भारतका पर्यटक भित्राउन सक्ने बताए । त्यसकालागि करिडोर बनिसकेकोले कोरला नाका संचालनमा पहल गर्नुपर्ने बताए ।
कालीगण्डकी नदी सहित आसपासका पर्यटकीय क्षेत्रमा पर्यटक भित्राउने, नगदेबाली र कृषि फसलको व्यवसायिक उत्पादन गर्ने कामले आत्मनिर्भर बन्न सकिने बताए । ‘अहिले त जतापनि संभावना देखिन थालेको छ, केवल काम गर्ने हात चाहिएको छ’ ढकालले भने, ‘अब लगानी भित्राउन हामी पहल गर्छौ, तपाईहरु योजना बनाउने र काम गर्न तयार रहनुस् ।’
पर्यटन, कृषी, कला, संस्कृति, उद्योग र ब्यापार, समृद्ध बाग्लुङ निर्माणको आधार’ भन्ने नारासहित गरिएको महोत्सवले पर्यटन प्रर्वद्धनकासाथै जिल्लको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास गरेको आयोजक उद्योग बाणिज्य संघ बाग्लुङका अध्यक्ष राजनकुमार शाक्यले बताए ।
महोत्सवमा २ सय बढी व्यवसायि स्टल राखिएको छ । बागलुङमै उत्पादन भएका कृषि तथा घरेलु उत्पादनलाई मेड इन बागलुङ नाम दिएर स्टल समेत निशुल्क दिइएको छ । शनिवार पुरुष भलिबल खेल शुरु हुनेछ भने आइतवार महिला भलिवल शुरु हुने बताइएको छ ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























