- Loading...
गाउँको कान्लादेखि समुद्रपारिको थालीसम्म: म्याग्दीका ‘कोसेली घर’ले जोड्दै गाउँको माटो र परदेशको स्वाद

- घनश्याम खड्का
- १ महिना अघि
- २०० पटक पढिएको
म्याग्दीका गाउँपाखाका खेतबारीमा फलेका माना-पाथी अन्नपात, गेडागुडी र वनजंगलमा पाइने ढकायाे, टुसा, च्याउ जस्ता खाद्य वनस्पतिले अहिले सात समुद्रपारिको बजार चुम्दैछन्।
हिजोसम्म घरखर्च टार्न धौ-धौ हुने म्याग्दीका ग्रामीण महिलाहरू आज आफ्नै पाखोबारीमा उब्जेका भाङ्गो, सिमी र गुन्द्रुक बेचेर आत्मनिर्भर मात्र बनेका छैनन्, नेपाली माटोको मौलिक स्वादलाई विश्वका सुपरमार्केटसम्म पुर्याउने माध्यम समेत बनेका छन्।
बेनी नगरपालिका–५ डढुवाकी मनमाया नेपालीको दैनिकी अचेल फेरिएको छ। पहिले-पहिले घरमा उब्रेका गेडागुडी बोकेर ग्राहक खोज्दै गाउँ-गाउँ डुल्नुपर्ने बाध्यता रहेकी उनलाई अहिले बेनीमा खुलेका ‘कोसेली घर’हरूले ठूलो राहत दिएका छन्।
“भाङ्गो, भट्ट र सिमी बेचेर १०–१२ हजार रुपैयाँ सजिलै हात पर्छ, जसले गर्दा नुनतेलको जोहो गर्न कसैको मुख ताक्नु पर्दैन,” उनी भन्छिन्। मनमाया मात्र होइन, जिल्लाका सयौँ किसानका लागि यी संकलन केन्द्रहरू यतिबेला पसिनाको उचित मूल्य पाउने सुरक्षित ‘भण्डार’ र विदेशी बजार जोड्ने ‘पुल’ बनेका म्याग्दीका गाउँका पाखोवारीमा वर्खाको एक सिजन खेती हुन्छ त्यो पनि सवै खेती हुादैन । वारीका कान्ला र डिलमा भाागो, मकैसागै भट्ट अनि कान्लामा बोडी खेती गर्छन । पहिला वेच्चे चलन थिएन, सवै खाएरै सक्थे । बेनीमा कोसेली घर खुलेपछि भने गाउाका धेरै घरले मानापाथी जे जति छ गेडागुडी वेच्ने गर्छन ।
उपभोक्तामा अर्गानिक खाना प्रति रुची बढेसागै स्थानीय कृषी उत्पादनका वस्तु राखेर ‘कोसेली घर’, ‘सौगातघर’ वा लोकल मार्ट खोल्ने बढेका छन । कोसेली घरका ढोका खोलेपछि भित्र पाईन्छ, मार्सी, जेठोवुढो, गुडुरा चामल, कोदो, फापर, जौको पिठो, लेकाली सिमी, मासको दाल, वोडी, सेल्टुङका गेडागुडी, ढकायो गुन्द्रुक, निउरोको सुकुटी, जंगली रातो च्याउ, मुढेघारको मह, जंगली मसला टिम्मुर अनि अरु धेरै कुराहरु । यी कृषीजन्य उपज कुनै एक फार्म वा वारीबाट मात्र ल्याएका हैनन, जिल्लाभरका विभिन्न वस्तीमा सामान्य कृषकले उत्पादन गरेका मानापाथी जोडेर राखिएका हुन ।
स्थानीय हावापानीमा उत्पादन भएका अर्गानिक कृषी उत्पादनको माग देशका सहरमा मात्र होईन विश्वभर छरिएका नेपाली उपभोक्ता विच पनि उत्तिकै माग छ ।
विश्व बजारमा माग र संभावना देखेका प्रवासीहरुले मिलेर रैथाने कृषी उत्पादन विश्व बजार पुर्याउन म्याग्दी प्रवासी नेपाली संघ (मोना)द्वारा स्थापित मोना म्याग्दी डेभलपमेन्ट कम्पनी प्रालिले ‘स्थानीय उत्पादन संकलन केन्द्र्र’ स्थापना गरेको छ ।
गाउाघरमा उत्पादन हुने जतिपनि परिणामको रैथाने कृषी उत्पादनहरु संकलन, प्रशोधन र प्याकेजिङगरी विश्व बजारमा लैजाने उद्देश्य रहेको मोना म्याग्दी डेभलपमेन्ट कम्पनी प्रालिका संञ्चालक तथा युरोस्टार सुपरमार्केट बेल्जियमका संञ्चालक शिवकुमार बरुवालले बताए । युरो स्टारले युरोपका विभिन्न देशमा खुलेका नेपाली पसल, रेष्टुरेन्टमा खाद्य पदार्थ सप्लाई गर्दै आएको छ ।
युरोपमा मात्र होईन, कम्पनीले यहााका रैथाने कृषी उत्पादनलाई अमेरिका, जापान, कोरियाका उपभोक्तासम्म पुर्याउन ति देशका स्थापित ब्यवसायीहरु मिलेर कम्पनी स्थापना गरी रैथाने उत्पादन संकलन, प्रशोधन र प्याकेलिङ केन्द्र खोलेका हुन ।
सदरमुकाम बेनीमा ५ वटासमेत जिल्लाका सवै स्थानीय पालिकाको केन्द्रहरुमा पनि यस्ता रैथाने कृषी उपजहरु संकलन र बेच्ने संकलन केन्द्रहरु खुलेका छन । यस्ता लोकल मार्ट, कोसेली, संकलन केन्द्रहरु किसानका साना साना मानापाथीलाई जोडेर बनाईएका स्वादका संग्राहलय भएका छन ।
लघु उद्यम विकास कार्यक्रम म्याग्दीमा काम गरेकी मालिका गाउापालिका पूर्वउपाध्यक्ष खरमायाा विटालुका अनुसार ग्रामिण महिलालाई आर्थिक रुपमा शसक्त बनाउन लघुऊद्यम कार्यक्रम अर्न्तगत समुहमा आवद्ध गरी आयआर्जनको क्षेत्रमा जोड्ने त्रममा सिस्नुको पाउडर, टिमुरको चटनी बनाउन र अन्य महिला समुहले उत्पादन गरेका वस्तुको बजार खोज्ने क्रममा कोसेली घरको अवधारणा आएको हो ।
विटालु भन्छिन, ‘कृषकले घरमा आवश्यक अन्न छुट्टाएर उव्रेको थोरै कृषी उपज होस वा कृषक समुहमा उत्पादित फसल संकलन गर्थे पिसेर, कुटेर वा सुकाएर प्याकिङ्ग गरी बजार पुर्याउने काम लोकल मार्ट/कोसेली घरले गरेका हुन ।’
सहरको स्वादमा पुरै भिज्न नसकेका र गाउाले अर्गानिक उत्पादनको स्वाद नविर्सेका उपभोक्ता नै अर्गानिक रैथाने कृषी उपजका असली ग्राहक हुन । भनिन्छ, खाना पहिले कान्ले त्यसपछि आाखाले खान्छ अनि अन्त्यमा मुखले खान्छ भने झै खानेकुरा बारे सुनिएपछि मनमा त्यसको महत्व र मुल्य बोकेर टाढा टाढासम्म धाएरै पनि खान पुग्छ, मान्छे । यीनै अर्गानीक खानाका पारखी अर्को ठाउामा डुलघुम गर्न जाादा त्यस क्षेत्रमा पाईने रैथाने र अर्गानिक खाद्यान्न, तरकारी र जैविक खाद्यान्न महंगो मुल्य तिरेरै किन्न आतुर हुन्छ ।
बेनी कोसेली घरकी संञ्चालिका कमला पौडेल भन्छिन, जो जहाा हुर्के पनि र बसेपनि स्वादको पारखी भयो भने रैथाने उपज धेरथोर किन्छ किन्छ । पौडेलका अनुसार कोसेली घरमा कृषी उपजहरु गाउामा माना वा पाथीमा संकलनगरी वोरा पुर्याएर यहाा ल्याउने हुन । कसैले चार माना–एक पाथी मात्र पनि ल्याएर आउाछन ।’
लोकल मार्ट/कोसेली घर संञ्चालन गर्न ५ देखी १० लाखसम्म लगानी गरेका छन । अन्य खाद्यपसलमा जस्तो डिलरमा बााकी राखेर सामान बेच्दै भुक्तानी गर्ने भन्ने मार्ट/कोसेली घरमा नहुने उनीहरुको अनुभव छ ।
कृषकको सानो सानो परिणाममा वस्तु खरिद गर्नु पर्ने भएकोले नगदमै कारोवार गर्नु पर्छ । सिमी, भााागो, सिलम समेत केही वस्तुको माग अधिक भएकोले कृषकलाई अग्रिम पेश्की छोड्नु पर्छ । अन्य खाद्य वस्तु भन्दा धेरै नै महंगो हुनेहुादा लगानी थेग्न मुस्किल हुन्छ धौलागिरी कोसेली घरकी मीना राम्जालीले बताउाछन ।
राम्जाली भन्छिन, ‘खैरो, छिर्केमिर्के सिमी अन्नपूर्ण गापा, १ दोवाबाट ल्याउाछौं । कालो सिमी र फापरको पिठो मुस्ताङबाट ल्याउाछौं । टिमुर तोरीपानीबाट, भाागो रुम, पात्लेखेत, डढुवा, पूर्णगाउाबाट, बदाम दोवा, बरंजाबाट आउााछन । चामल बाबियाचौर क्षेत्रबाट आउाछ । रातो च्याउ, भीरमह गुर्जाबाट ।’
सामान्यतया विक्रि नभए वा घर खाएर उव्रेको हरियो सागलाई छिप्पिएर खेर फाल्नु भन्दा गुन्द्रुक बनाई वेमौषममा खाने चलन छ । गुन्द्रुक सवै सागसब्जीबाट बनाउन सकिन्छ । तर बजारमा जंगली साज ढकायो र मुलाको गुन्द्रुक बढी विक्री हुने गरेको बेनी स्थित धौलागिरी कोसेली घरकी संञ्चालिका मिना राम्जालीले भनिन, ‘एक जना महिलाबाट सिजनमा १० हजारसम्मको गुन्द्रुक हामी एक्लैले खरिद गर्छौं । अन्यत्र पनि बेच्छन ।’

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

































