- Loading...
अख्तियारकाे छानविनमा पर्ने भएपछि म्याग्दीका सिडिअाे मन्त्रालय फिर्ता

- पुनहिल डट कम
- २ महिना अघि
- २२४३ पटक पढिएको
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्नु पर्नेभनी सुचना दिएपछी म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीलाइ गृह मन्त्रालयले शनिवार फिर्ता बाेलाएकाे छ ।
गृह मन्त्रालयले तिवारीकाे ठाउँमा मन्त्रालयकै सूचना अधिकारीसमेत रहेका उपसचिव रवीन्द्र आचार्यलाई म्याग्दीको प्रजिअको जिम्मेवारी दिएर पठाएको समाचारहरू प्रकाशित भएका छन।
तत्कालीन गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएसँगै लेखकका निजी सचिव रहेका तिवारी प्रकरण सतहमा आएपछि म्याग्दीको प्रजिअ भै अाएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईसहित आधा दर्जनभन्दा बढी व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दै मन्त्री लेखकको टिमका अधिकारीहरूमाथि अनुसन्धान जारी रहेको जनाएपछि तिवारी मन्त्रालय तानिएका हुन ।
भिजिट भिसामा विदेश जाने नेपालीहरुसँग अवैध रुपमा असुलीधन्दा चलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तिर्थराज भट्टराई सहित ६ जना विरुद्ध मंसिर २५ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियाे । अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव भट्टराई सहित ६ जनाविरुद्ध मुद्दा चलाएको हो ।
अख्तियारले ७ चैत, २०८१ मा सहसचिव भट्टराईलाई पक्राउ गरेपछि भिजिट भिसा प्रकरण सतहमा आएको थियो ।
यो प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकको नाम पनि मुछिएको थियो । उनकै योजना र सेटिङमा सहसचिव भट्टराईलाई एयरपोर्ट पठाइएको र त्यहाँबाट असुलीधन्दा चलेको आरोप लागेको थियो । साेही प्रकरणमा जाेडिएकाेे अाशंकामा प्रजिअ तिवारी मन्त्रालय तानिएका हुन ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य






























