FLASH NEWS
  • Loading...

किन प्रयाेगकर्ताहरू निस्कृय बन्दैछन ? विश्वभर ‘पोस्टिङ जिरो’ को ट्रेन्ड बढ्दो

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • १२९ पटक पढिएको
किन प्रयाेगकर्ताहरू निस्कृय बन्दैछन ? विश्वभर ‘पोस्टिङ जिरो’ को ट्रेन्ड बढ्दो

टेकपानाबाट साभार सामाग्री ।
कुनै समय मानिसका दैनिकी र भावना साटासाट गर्ने माध्यम बनेको इन्टरनेट र सामाजिक सञ्जाल अहिले विज्ञापन र भाइरल भिडिओको कोलाहलमा परिणत भएको छ । यसैको परिणाम स्वरूप सामाजिक सञ्जालका वास्तविक प्रयोगकर्ता भने विस्तारै मौन बस्न थालेका छन् ।
हालै सार्वजनिक भएको एक अध्ययनले विश्वभर सामाजिक सञ्जालको सक्रियतामा भारी गिरावट आएको देखाएको छ । ५० देशका दुई लाख ५० हजारभन्दा बढी मानिसमा गरिएको उक्त सर्वेक्षण अनुसार सामाजिक सञ्जालको प्रयोगमा १० प्रतिशतले कमी आएको छ । विशेषगरी प्रविधिसँगै हुर्किएको युवा पुस्ता (जेन-जी) सामाजिक सञ्जालबाट टाढिँदै गएको पाइएको छ ।
के हो ‘पोस्टिङ जिरो’?
प्रयोगकर्ताले सामाजिक सञ्जालमा आफ्ना व्यक्तिगत जीवनका तस्बिर वा विवरण पोस्ट गर्न छाड्ने प्रवृत्तिलाई विज्ञले ‘पोस्टिङ जिरो’ को नाम दिएका छन् । ‘द न्युयोर्कर’ का स्तम्भकार काइल चेकाले आफ्नो साप्ताहिक स्तम्भमा यो शब्द प्रयोग गरेपछि ‘पोस्टिङ जेरो’ले व्यापक चर्चा पाएको छ । यसको अर्थ ‘मानिस अनलाइन त हुन्छन् । तर उनीहरू आफ्नो बारेमा केही पनि पोस्ट गर्दैनन्’ भन्ने हुन्छ ।
चेकाले आफ्नो लेखमा भनेका छन्, “हामी ‘पोस्टिङ जिरो’ को अवस्थातिर बढिरहेका हुन सक्छौँ । यो त्यस्तो अवस्था हो जहाँ सामान्य मानिस सामाजिक सञ्जालको हल्लाखल्ला, विवाद र जोखिमबाट दिक्क भएर फोटो, भिडिओ वा विचारहरू पोस्ट गर्न छोड्छन् ।”
उनी अगाडि लेख्छन्, “‘पोस्टिङ जिरो’ को अर्थ सामाजिक सञ्जालको अन्त्य हुनु हो । जबकि सुरुमा यसलाई संसारका गतिविधिको ‘लाइभ रेकर्ड’ राख्ने ठाउँको रूपमा हेरिएको थियो जहाँ जोसुकैले आफ्ना अनुभव निर्धक्क साट्न सक्थे ।”
अध्ययनले प्रयोगकर्ताहरू सामाजिक सञ्जालबाट टाढिनुका पछाडि मुख्यतीन कारणहरू औंल्याएको छ :
१. प्लेटफर्मको व्यापारीकरण र कृत्रिमता:
सुरुवाती दिनमा सामाजिक सञ्जाल अव्यवस्थित तर वास्तविक थिए । मानिसहरू आफ्ना सामान्य दैनिकी, घरपालुवा जनावर वा ब्रेकफास्टका तस्बिर निर्धक्क राख्थे । तर अहिले ‘फिड’ कुनै सपिङ मल जस्तो बनेको छ । जताततै विज्ञापन, दोहोरिएका रिल्स र एआई सिर्जित सामग्रीले वास्तविक मानिसका पोस्टलाई ओझेलमा पारेको छ । यस प्रक्रियालाई ‘इन्सिटिफिकेसन’ भनिएको छ । यो त्यस्तो अवस्था हो जहाँ प्लेटफर्म नाफा कमाउने लोभमा प्रयोगकर्तालाई ‘डिजिटल फोहोर’ को थुप्रोमा धकेलिरहेका छन् ।
२. मनोविज्ञान र संवेदनशीलता
अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ता अहिले ‘दर्शक’ मात्र बनेका छन् । उनीहरू सामाजिक सञ्जालमा केवल स्क्रोल गर्छन् र लुकेर हेर्छन् । उनीहरू सिसाको पर्दा पछाडि बसेका अदृश्य भूतजस्तै चुपचाप अरूलाई नियालिरहन्छन् । तर आफू भने केही पोस्ट गर्दैनन् ।
यसको कारण डर हो ‘आफ्ना कुरालाई मानिसले कसरी बुझ्लान् वा के भन्लान्’ भन्नेमा उनीहरू ढुक्क छैनन् । एउटा सानो गल्तीले पनि सधैंको लागि नराम्रो छाप छोड्न सक्छ ।
अर्को कुरा जति नै मेहेनत गरेर पोस्ट गरे पनि आफ्नै साथीभाइले देख्दैनन् भने पोस्ट गर्नुको के अर्थ रह्यो र ? आखिर, सित्तैमा ‘पार्ट-टाइम इन्फ्लुएन्सर’ बनेर खटिन कोही पनि चाहँदैन । यस्तै अल्गोरिदमका कारण उनीहरू निष्क्रिय बनेको अध्ययनको निष्कर्श छ । साथै विश्वमा भइरहेका युद्ध, प्राकृतिक प्रकोप र मानवीय संकटका बीच आफ्ना रमाइला तस्बिर पोस्ट गर्नुलाई विशेषगरी ‘जेन जी’ले असंवेदनशील मान्न थालेका छन् ।
३. ‘डेड इन्टरनेट’ को त्रास
तेस्रो कारण ‘डेड इन्टरनेट थ्योरी’ (Dead Internet Theory) हो । यसको अर्थ इन्टरनेटको ठूलो हिस्सामा अब वास्तविक मानिस नभई ‘बट्स’ र स्वचालित प्रोग्रामको कब्जा छ भन्ने विश्वास बढ्दै जानु हो ।
सामाजिक सञ्जालले आफ्नो मौलिकता गुमाउँदै जाँदा प्रयोगकर्ताले पनि यसबाट दूरी बढाउन थालेको विश्लेषण गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र