- Loading...
बेनीमा ११ औँ जिल्ला स्तरीय शिल्ड खेलकुद प्रतियोगिता सुरु

- पुनहिल डट कम
- ४ महिना अघि
- १५१ पटक पढिएको
म्याग्दी सदरमुकाम बेनीमा ११ औँ अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजना गरेको प्रतियोगिताको विगठित प्रतिनिधी सभा सदस्य खमबहादुर गर्बुजा (खमवीर)ले उद्घाटन गरे ।
प्रतियोगितामा जिल्लामा रहेका एक नगरपालिका सहित पाँच गाउँपालिकाबाट पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा छनौट भएका छात्र, छात्रागरी ४०० विद्यार्थी खेलाहरुले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
छात्र र छात्रा तर्फ भलिबल, कबड्डी र एथलेटिक्सतर्फ विभिन्न विद्यामा गरी कुल ४२ स्वर्ण पदकका लागि खेल प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले बताए ।
प्रतियोगिताबाट बिजेता खेलाडीहरुलाई गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा सहभागीताका लागि छनौट समेत गरिनेछ बताइएकाे छ।
प्रतियोगितामा विजेताले नगद २० सहित रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र तथा देस्रे र तेस्रे हुनेले क्रमश ः नगद रु १५ हजार र १० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन ।
प्रतियोगिताको उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका कार्यवहाक प्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिकाका मेयर सुरत केसी समेतले शुभकामना ब्यक्त गरे ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























