FLASH NEWS
  • Loading...

याे हिउँद अाैषत भन्दा ताताे र सुख्खा हुने

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १४० पटक पढिएको
याे हिउँद अाैषत भन्दा ताताे र सुख्खा हुने

सामान्यतः हिउँद लागेपछि चिसो बढ्छ नै, तर यस वर्षको हिउँद तुलनात्मक रूपमा न्यानो हुने संभावना पूर्वानुमान छ।
मौसम विभागका अनुसार याे हिउँदयाम (मंसिर १५ देखि फागुन १६ गतेसम्म) देशभरको न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना छ । माैषमविद्हरूका अनुसार नेपाल र भारतकाे अाकासमा वायुमण्डलको माथिल्लो तह (जेट स्ट्रिमको उचाइमा) मा ओमेगा हाई मौसमी प्रणाली (Omega High Weather System) ओमेगा ब्लक (Omega Block) विकसित भएकाेले यस्ताे अवस्था अाएकाे हाे ।
त्यस्तै, विभागका माैषमविद् शुदर्शन हुमागाइ भन्छन, “अधिकतम तापक्रम पनि देशैभर सरदरभन्दा बढी हुने सम्भावना देखिएको छ। यो वर्ष जाडो कम हुने सम्भावना छ। अर्थात्, न्यानो मौसम हुनेछ।” यस वर्षअफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, म्यान्मार, नेपाल, पाकिस्तान र श्रीलङ्का केही भागहरूमा सामान्यभन्दा कम वर्षा हुने र तापक्रम धेरै भागहरूमा सामान्यभन्दा बढी हुने सम्भावना छ।
यो वर्ष गण्डकी प्रदेशका उत्तरी र दक्षिणपूर्वी भू–भाग, बागमती प्रदेशका दक्षिणी भू–भाग र कोशी प्रदेशका उत्तरी र दक्षिण–पश्चिमी भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले सार्वजनिक गरेको ‘सिजनल आउटलुक’मा आकलन गरिएको छ। कर्णाली प्रदेशका उत्तरी भू–भाग, लुम्बिनी प्रदेशका उत्तरपूर्वी भू–भाग, कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ।
यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका दक्षिण–पश्चिमी भू–भाग तथा लुम्बिनी प्रदेशका पश्चिमी भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ।
विभागको आकलन अनुसार, मंसिर, पुस, माघ र फागुन गरी चार महिनाको न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना छ। सुदूरपश्चिमका उत्तरी र दक्षिण–पश्चिम भू–भाग, कर्णालीका मध्य तथा उत्तरी भू–भाग, लुम्बिनीका अधिकांश भू–भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ।
बागमतीका उत्तर–पूर्वी र दक्षिण–पश्चिम, मधेशका अधिकांश र कोशी प्रदेशका दक्षिणी र उत्तर–पश्चिम भू–भागमा पनि न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत नै छ। देशका बाँकी भू–मागमा भने सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ प्रतिशत छ।
ओमेगा ब्लक भनेको के हो?
ओमेगा ब्लक वायुमण्डलको माथिल्लो तह (जेट स्ट्रिमको उचाइमा) मा बन्ने एक ठूलो दबाब प्रणाली हो। यसमा मुख्यतया १, उच्च चापको रिज (High-Pressure Ridge): बीचको भागमा उच्च चापको क्षेत्र हुन्छ। यो क्षेत्रमा बादल कम लाग्ने र लामो समयसम्म स्थिर र प्रायः सुख्खा वा तातो मौसम रहन्छ। यसले गर्दा नेपाल र भारतका केही भागमा तापक्रम बढ्ने वा सुख्खा मौसम लम्बिन्छ। २, दुई निम्न चापका ट्रफ (Two Low-Pressure Troughs): उच्च चापको रिजको दुवै छेउमा निम्न चापका क्षेत्रहरू (ट्रफहरू) हुन्छन्। यी क्षेत्रहरूमा अस्थिर मौसम, वर्षा, र आँधीबेहरीको सम्भावना बढी हुन्छ।

पानी पर्ने सम्भावना कति?
यस वर्षको हिउँदमा पानी पर्ने सम्भावना पनि कम रहेकोे मौसम विभागले आकलन गरेको छ। पानी नपर्दा सुक्खापन बढाउने अनुमान गरिएको छ। “मंसिर १५ देखि फागुन १६ सम्म तीन महिनाको हिउँद अवधिमा देशका अधिकांश भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना देखिएको छ,” मौसमविद् हुमागाइले बताए।
उनका अनुसार, सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी भू–भाग र गण्डकी प्रदेशका उत्तर पश्चिमी भू–भागमा सरदरभन्दा कम, सरदर र सरदरभन्दा बढी वर्षा हुने सम्भावना समान छ। हिउँदको सरदर वर्षा ६० मिमि हो।
देशका बाँकी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ। विभागको यो अनुमान विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारुपको आकलन, थर्डपोल क्लाइमेट फोरम, दक्षिण एशियाको सिजनल क्लाइमेट आउटलुक फोरमको आकलनको आधारमा तयार गरिएको हो।
नेपालको हिउँद अवधिको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने एल निनो तथा हिन्द महासागरमा विकसित हुने वायुको चापको हालको अवस्थाहरूलाई समेत मध्यनजर गरी मौसम अनुमान गरिएको विभागले जानकारी दिएको छ।
बढ्दो छ सुक्खापन
मौसमविद् सुदर्शन हुमागाइँका अनुसार २०७९, २०८० र २०८१ सालको हिउँदमा सरदरभन्दा कम वर्षा भएको थियो। अर्थात् यी वर्ष सुक्खा थिए। पछिल्लो २० वर्षमा २०६२, २०६४, २०६५, २०६६, २०७२, २०७३, २०७४, २०७७, २०७९, २०८० र २०८१ साललाई सबैभन्दा बढी सुक्खा वर्षका रूपमा लिइन्छ। पछिल्लोपटक २०७८ सालमा हिउँदमा वर्षा भएको थियो। त्यसयताका वर्ष सुक्खापन बढ्दो छ।

यी वर्ष औसत वर्षा २० मिमिभन्दा कम भएको मौसमविद् हुमागाईंले बताए। वर्षा कम हुँदा न्यूनतम तापक्रम तल झर्ने सम्भावना कम हुन्छ। पछिल्लो समय हिउँदमा वर्षा नहुने र खडेरी पर्ने क्रम बढेको छ । पानी कम पर्दा प्रदूषण बढ्नेलगायत समस्या निम्तिन्छ। तर खडेरीको सिधा असर कृषिमा पर्छ। किनकि, हिउँदेबालीहरू राम्रोसँग फस्टाउन सक्दैन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र