FLASH NEWS
  • Loading...

म्याग्दी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १०६ पटक पढिएको
म्याग्दी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

म्याग्दीको बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंक बीच रोजगार सुनिश्चितताका लागि सम्झौता भएको छ ।
सोमबार म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित एक समारोहबीच क्याम्पस र बैंकबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । समझदारीपत्रमा म्याग्दी बहुमुखी क्याम्पसका श्रीधर सुवेदी र ग्रीन डेभलपमेन्ट बैंकको तर्फदेखि प्रमुख कार्यकारी अधिकृत (सिईओ) हरिबहादुर बुढाथोकीले हस्ताक्षर गरे ।
समुदायस्तरबाट सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई रोजगारको सुनिश्चिततासहित आवश्यक सहयोग गर्ने गरी समझदारी भएको छ ।

समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष दिपेन्द्र श्रेष्ठ र ग्रीन डेभलपमेन्ट बैंकका सञ्चालक निर्देशक सूर्यप्रसाद लम्साल उपस्थित थिए ।
ग्रीन डेभलपमेन्ट बैंकसँग म्याग्दी बहुमुखी क्याम्पसले गरेको सम्झौता अनुसार उत्कृष्ट अङ्कसहित उत्तीर्ण हुने क्याम्पसका विद्यार्थीहरुलाई रोजगारको ग्यारेण्टी, इन्टनर्सिप गर्न पाउने अवसर, छात्रवृत्तिको कार्यक्रम सञ्चालन हुने क्याम्पस प्रमुख सुवेदीले बताए ।
कार्यक्रममा क्याम्पस प्रमुख सुवेदीले वि.सं. २०४८ सालमा स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा हाल कक्षा ११ देखि स्नातकोत्तर तहसम्म अध्ययन तथा अध्यापन गराउँदै अएके छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र