- Loading...
मुस्ताङमा पर्यटकको ओइरो लाग्दा, सडक र बासमा सास्ती

- घनश्याम खड्का
- १ महिना अघि
- १४६ पटक पढिएको
केही दिन अघि म्याग्दी–मुस्ताङको पर्यटन क्षेत्रमा ‘पर्यटकको बाढी’ आएको विषय चर्चा रह्यो । पर्यटनको हव मानिने मुस्ताङ र बाटोमा पर्ने कुस्मा, बेनीका होटलमा क्षमताभन्दा बढी पर्यटक एकैपटक आएपछि ‘पर्यटकको बाढी’ बढी चर्चा भएको थियो ।
लाग्दो दशैंदेखी नै पर्यटक आगमन हृवात्तै बढेपनि तिहारको भोली र पर्सी दैनिक १० हजारबढी पर्यटक म्याग्दी र मुस्ताङमा ओईरिएपछि यहाँ पर्यटक ब्यवस्थापनमा समस्या भयो । हजारौं यात्रुले सास्ती पाए । स्थानीय प्रहरी, प्रशासन, ब्यवसायी संस्थाहरुले होटल पूर्ववुकिङ नगरी यस क्षेत्रमा भ्रमणमा नआउन सूचना जारी गर्ने मात्र होईन, आएका पर्यटकलाई अनुरोध गरी पोखरा, कुस्मा र बाग्लुङमै रोक्नु पर्यो ।
यथार्थमा म्याग्दी, मुस्ताङमा होटलवास क्षमता थोरै भएको कारण मात्र यो समस्या आएको होईन । राज्य संयन्त्रहरुले आ–आफ्नो कार्यक्षमता गुमाउँदा समस्या भएको हो । कसरी ?
म्याग्दी सदरमुकाम स्थित कालीपुलबाट कालीगण्डकी नदी पछ्याउँदै उकालो लागेको छ, बेनी–जोमसोम–कोरला सडक । मुस्ताङ र म्याग्दीको अन्नपूर्ण वेस क्याम्प स्थित पञ्चकुण्ड हिमताल हेर्न आउने पर्यटकले सास्तीको शुरुआत यहींबाट बेनीकालीपुलबाट हुन्छ । कालीपुलको उत्तरी कुनो बेनी–जोमसोम सडक छेउमा छ, सडकको राईट अफ वे कार्यान्वयन नगराईएको एक मात्र पेट्र्रोल पम्प, कालीगण्डकी आएल स्टोर्स । बेनीबाट मुस्ताङसम्म अर्को पेट्र्रोल पम्प छैन, डिजेलको भने घाँसामा छ ।
सामान्यतया ः पेट्रोल पम्पहरुले २४ सै घन्टा सेवा दिनु पर्ने हो तर बेनीदेखी मुस्ताङसम्म एकाधिकार राख्ने पेट्र्रोल पम्प विहान ७ बजेअघि खुल्दै खुल्दैन । बेनीमा बास बसेको यात्रु विहान ५ बजे नै यात्रामा निक्लेका सवारी साधनले घन्टौंसम्म इन्धन भर्न लाईन लाग्छन । यहीं राईट अप वे कार्यान्वयन नगराइएको सडक साँघुरो हुँदा इन्धन भर्न आवश्यक नभएका साधनपनि जाममा फस्छन, ट्र्राफिक ब्यवस्थापन चुनौतिपूर्ण वन्छ ।
म्याग्दीबाट संविधान सभा सदस्य तथा काँग्रेस नेता रेशमबहादुर बानियाँ भन्छन, ‘स्थानीय सरकार र प्रशासनले पेट्र्रोल पम्प ब्यवस्थापनमा चासो नराख्दा यात्रुको विहानी साईत नै झन्झट सुरु हुन्छ । विहान जोमसोम पुग्ने बेलासम्म इन्धन पर्खेर बस्नु पर्दा सवारी जाम भैरहन्छ ।’
अव अघि बढौं, बेनी–जोमसोम सडकको गलेश्वर–घाँसासम्मको करिव ३८ किलोमिटर खण्ड पहिरोग्रस्त छ । भर्खर मनसुन सकिएको छ, मनसुन सिजनमा झरेका पहिराहरु खासगरी म्याग्दीको रघुगंगा गाउँपालिका, २ स्थित सिरुवारी पहिरो र अन्नपूर्ण गाउँपालिका, ३ दानाको खामभित्ता र गुईठेभीरमा पहिरोले सडकको अवस्था अति नाजुक छ । कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले पहिरोग्रस्त क्षेत्रमा भने यातायात खुलाउने उद्देश्यले मात्र एकतर्फी यातायात खुलाईएको छ ।
आयोजनाले पहिरोग्रस्त क्षेत्रका सवै पहिरो पन्छ्याउन संभव नभएपनि समयमै पहिरोग्रस्त सडक अलि चासोपूर्वक खाल्डाखुल्टी पुरिदिने, संभव चौडा पारिदिने गरेको भए अहिले यात्रुले यो कष्ट भोग्नु पर्ने थिएन ।
‘सहज यात्रा नहुँदा यात्रु/सवारी साधनहरु समयमै गन्तब्य पुग्न पाउँदैनन, निक्लने पनि समयमै निक्लन नपाएपछि विचमै बास बस्नु पर्ने बाध्यता आई परेपछि होटलमा बास ब्यवस्थापन थप चुनौति भएको हो’ बेनीका पुराना होटल ब्यवसायी समेत रहेका एमाले नेता हरीकृष्ण श्रेष्ठ भन्छन, ‘राज्यका प्रहरी, ट्राफिकहरु सडक ब्यवस्थापनमा खटिने र सडक विभागले पनि समयमै सडकमा साधारण मर्मत सुधार गरिदिने हो भने, समस्या दोहोरिने थिएन ।’
पर्यटक π बास छैन, उतै बस
मुस्ताङमा मात्र होईन, प्रवेशद्वारमा पर्ने म्याग्दी सदरमुकाम बेनीदेखी बेनी–जोमसोम–कोरला सडक किनारामा पर्ने सवै होटल, सडक नजिक पर्ने वस्तीका होमस्टे, होटलहरु सवैमा पर्यटक नअटेपछि म्याग्दी र मुस्ताङ्गका जिल्ला प्रशासन कार्यालय र होटल ब्यवसायी संघले सूचना जारीगरी होटल वुकिङ छैन भने पोखरा वा बाग्लुङ्गमै बास बस्न आग्रह गरेका थिए ।
शुक्रवार र शनिवार मुस्ताङ र अन्नपूर्ण प्रथम हिमालको वेसक्याम्प स्थित पञ्चकुण्ड हिमताल तर्फ जान आएका पाहुनाहरुलाई मुस्ताङमा आमा समुह, समाज घर, युवा क्लवका भवनमा समेत सुताउनु परेको थियो । भने म्याग्दीमा राती अवेरसम्म होटल ब्यवस्थापन नहुँदा उत्तर मुस्ताङ तर्फ जानु पर्ने पर्यटकलाई १२ किलोमिटर पश्चिम सिङ्गा पुर्याएर बास राख्नु परेको थियो ।
म्याग्दी होटल ब्यवसायी सघका अध्यक्ष तथा होटल ब्यवसायी बाबुराम आचार्यले ‘तिहारको भोलीपल्ट अकल्पनिय पर्यटकको आईरो लाग्दा ब्यवस्थापन गर्न नसकेर ब्यवसायी आत्तिए । तर दुःखसुख ब्यवस्थापन गरियो ।’
जिल्ला प्रहरी कार्यालय मुस्ताङ्को तथ्याङ्क अनुसार बेनी–जोमसोम सडक मार्गबाट मात्र तिहारको भोली र पर्सी पल्ट (शुक्रवार, शनिवार) करिव ७ हजार, पोखरा–जोमसोम हवाई मार्ग र मनाङहुँैँ थोरङ्लापास भएर ३ हजारबढी गरी दैनिक १० हजारबढी आन्तरिक तथा बाहृय पर्यटक मुस्ताङ भित्रिएका थिए । उत्तिकै संख्यामा पर्वतको कुस्मा, बाग्लुङ्ग र म्याग्दीको बेनीदेखी दानासम्मका होटलमा पर्यटक भरिएका थिए । बेनी समेत बेनी–सोमसोम–मुक्तिनाथ सडक क्षेत्रका होटलमा बास नपाएका सयौं यात्रुले कस्टकर रात विताएका छन ।
‘होटल ब्यवसायी, उद्योग वाणिज्य संघसँग सहकार्य गरेर बेनीमा अलपत्र पर्यटकलाई सदरमुकाम बाहिरका होटलमा पुर्याएर पनि सडकमै बस्नु पर्ने परिस्थिती टार्यौं’ जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरिक्षक सूय थापाले भने, ‘यो रुटको पर्यटन सिजनेवल भएको र पदयात्राकालागी अनुकुल मौषम तथा दशैं–तिहारको लामो विदाले गर्दा पर्यटकको भिड लाग्दो असोजदेखी नै सुरु भएको हो ।’’
मुस्ताङ्ग भ्रमणमा आएका अधिकांश आन्तरिक पर्यटक युवायुवती छन । दशैं पछि मुस्ताङका सवै होटल, रेष्टुरेन्ट तथा पाहुना राख्ने सवै घरहरु (होमस्टेसमेत) पर्यटकहरुले भरिभराउ भएको छ । तिहारपछि केही दिन विदा परेकोले शुक्रवार अधिक पर्यटकको चाप बढेको हो ।
पर्यटकको उच्च बृद्धीले बेनी–जोमसोम सडकमा ट्राफिक चाप पनि अधिक परेको छ । दैनिक १२ सय सवारी साधन मुस्ताङ्ग प्रवेश गर्ने र उत्तिकै संख्यामा बाहिरिंदा सडक छिचोल्नै मुस्किल हुने गरेको छ । खासगरी बेनी–घाँसासम्मको पहिरोग्रस्त क्षेत्रको सडकमा यात्रुले बढी सास्ती खेप्नु परेको छ ।
मुस्ताङ प्रवेस गर्ने सीमावर्ती घाँसा प्रहरी चौकीको अभिलेख अनुसार दशैंपछिका चार दिन दैनिक १२ सयबढी सवारी साधनमा नेपाली पर्यटकहरु मुस्ताङ प्रवेश गरिरहेको छ । घाँसा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक प्रताप मल्लका अनुसार पछिल्ला तीन चार दिनदेखी दैनिक एक हजारबढी मोटरसाईकल, ५ सयको संख्यामा जीप, भ्यान, कार तथा एक सयबढी बस, ट्रकहरु मुस्ताङ प्रवेश गर्ने गरेको अभिलेख छ ।
दशैं–तिहार लामो विदा मनाउन छिमेका, म्याग्दी, बाग्लुङ्ग, पर्वत मात्र होईन पोखरा, काठमाण्डौ, बुटवल, हेटौंडा, बिराटनगर लगाएत देशका विभिन्न ठाउँबाट मुस्ताङ तथा मुक्तिनाथ आउनेको संख्या बढेको हो ।
दशैं अघि देखी नै मुस्ताङ आउने आन्तरिक पर्यटकको संख्या बढ्न थालेको हो । दशैं लगत्तै देखी घुईचो नै लागेको छ । अनुकुल मौषम र लामो विदा परेकोलेसहरका कर्मचारी युवा/युवती, ब्यबसायी, संञ्चारकर्मी सपरिवार मुस्ताङ भ्रमणमा अधिक आएका छन । त्यसैगरी चिसो बढी नसकेकोले विभिन्न कलेजका विद्यार्थीहरु पनि शैक्षिक भ्रमणमा आएका छन ।
त्यसैगरी असोज–कात्तिक नेपालको पहाडी/हिमाली क्षेत्रको पदयात्रा सिजन भएकोले राउण्ड अन्नपूर्ण पदमार्गको उत्कृष्ट गन्तब्य थोरङ्ला पास मुनीको मुक्तिनाथ, जोमसोममा बाहृय पर्यटकको पनि उत्तिकै घुईचो लागेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मुस्ताङ्गका अनुसार अहिले दैनिक दुई सयबढी बाहृय फर्यटक मुक्तिनाथमा ‘इन्ट्री’ गरेका छन ।
‘जोमसोम, कागवेनी, मुत्तिनाथ क्षेत्रका होटल दिउँसो १२ बजे नै भरिभराउ हुँदा अवेर पुगेका पर्यटकले बासको समस्या खेप्न बाध्य छन’ मुक्तिनाथका होटल ब्यवसायी छुप्तेन गुरुङगले भने, ‘मोटरबाटोको सोझो पहुँच र सिजनेवल ब्यवसाय जोमसोम माथीका होटल क्षमताले पाहुना थेग्न नसक्ने र तल्लो क्षेत्रका लेते, कोवाङ्ग समेतका होटलमा पर्यटन नहुने भएको छ ।’
दशैंमा पनी सदरमुकाम बेनीमा समेत बेनी–जोमसोम –मुक्तिनाथ सडकमा पर्ने बस्तीका होटलहरु भरिभराउ छन । बेनी, तातोपानी, मुस्ताङको घाँसा, जोमसोम, मुक्तिनाथमा आन्तरिक पर्यटकले बास पाउन मुस्किल भएको छ ।
आन्तरिक पर्यटकको घुईचो लागेको छ । मुक्तिनाथ, जोमसोम, मार्फा, टुक्चे लगाएत बेनी–जोमसोम सडक किनाराका बेनी,तातोपानी, दानाका साना ठूला सवै होटल भरिभराउ छन ।
‘जोमसोम, कागवेनी, मुक्तिनाथ क्षेत्रका मात्र होईन उपल्लो मुस्ताङका छोसेर, लोमन्थाङ, चराङ, छुक्साङसम्मकै होटलहरु भरिभराउ हुन थालेका छन’ छुक्साङका होटल ब्यवसायी नरेश गुरुङगले भने, ‘अधिकांश मोटरसाईकल र साना गाडीमा रिजर्भ आएका पाहुनाले होटल भरिएका हुन ।’
मुस्ताङमा मुक्तिनाथ, कागवेनी समेतका हिन्दु तथा वौद्धधर्मालम्बीको धार्मिक यात्रा बाहेक नेपाल–चीन सीमास्तम्भ रहेको कोरोला नाका, माटोको सहर लोमन्थाङ, चराङ, छोसेर गुफा, तल्लो मुस्ताङको मार्फा, टुक्चे, टिटी, सकेकुङ, ढुम्बा ताल तथा हिमाली सुख्खा हावापानी हेर्न पर्यटक आउने गरेका छन ।
बालुवा नै वालुवाको सुख्खा अनौठो भुगोलले मात्र होईन, कम्युनिष्ट शासन ब्यवस्था अपनाएको चीनको स्वशासित तिब्बत सीमावर्ती लो मन्थाङ (कोरला नाका) पर्यटकका आकर्षण र कौतुहल हुन । तिब्बतसंग धर्म, भाषा, भेषभुषा, रहन–सहन, संस्कार, संस्कृति मिल्ने मुस्ताङको उपल्लो भेग लोमन्थाङ्ग भौगोलिक रुपमा पनि तिब्बती पठार प्रमुख आर्कषण हुन ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























