- Loading...
बाढीपहिरोले तहसनहर मुस्ताङ, दामोदरकुण्ड क्षेत्र गएका १५ जना सम्पर्कविहीन, जोमसोममा बर्षाले सर्तकता तह पार गर्यो

- घनश्याम खड्का
- १ महिना अघि
- ५२० पटक पढिएको
उपल्लो मुस्ताङ्गको प्रशिद्ध धार्मिक स्थल दामोदरकुण्ड क्षेत्रमा गत १० गते गएका अष्ट्र्रीयनसमेत १५ जना पर्यटकहरु सम्पर्क विहीन छन । जिल्ला प्रशासन कार्यालय मुस्तााङ्ले उपलब्ध गराएको विवरण अनुसार शुक्रवार दिउँसो ३ बजेसम्म हिमपात, बाढीपहिरोले मुस्ताङमा ८ सय सवारी साधन र ३ हजार पर्यटक रोकिएका छन ।
जिल्ला प्रशासन मुस्ताङले दिएको जानकारी अनुसार उनीहरु लोघेकर–दामोदरकुण्ड गाउँपालिकामा पर्ने नजिको वस्ती याराघारबाट गत १० गते दामोदरकुण्ड तर्फ हिंडेका थिए । दामोदरकुण्ड क्षेत्र आफैमा कठिन भुगोल भएपनि त्यस क्षेत्रमा गएका पर्यटकसँग सञ्चार सेट नभएकोले सम्पर्क टुटेको हो ।
‘कात्तिक १० गते रातदेखी नै हिमपात भएकोले अष्ट्र्रीयनसमेत १५ जनाको टोली कहाँ कुन अवस्थामा छन सम्पर्क हुन सकेको छैन । स्थानीय मार्फत सम्पर्क प्रयासमा छौं’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले भने, ‘सोही रातदेखी धवलागिरी हिमालफेदीको हिडन भ्यालीमा हिउँमा फसेका ३ जना बेलायतीसमेत १५ जना पर्यटकको भने शुक्रवार उद्धार गरिएको छ ।’
त्यसैगरी पहिरोले सडक भत्केपछि उपल्लो मुस्ताङको लोमन्थाङ, कोरला क्षेत्रको भ्रमणगरी फर्केका १७ जना नेपाली पर्यटकहरु वारागुङमुक्तिक्षेत्र गाउँपालिकामा पर्ने ताङ्वेमा अलपत्र परेका छन । ताङ्वे क्षेत्रमा अघि र पछि पहिरो झरेको/भासिएपछि उनीहरु विहिवार साँझदेखी विच बाटोमा फसेका हुन । प्रजिअ भुषालका अनुसार सडकमा फसेका यात्रुलाई स्थानीयले स्याउवारीको गोठमा राखेर खानाबस्ने ब्यवस्था मिलाएका छन । जोमसोम–छुक्साङ क्षेत्रको करिव ५० किमी सडक क्षेत्रमा आधा दर्जन बहिरोले सडकमा क्षति पुर्याएकोले बर्षा रोकिएपछि उनीहरुलाई उद्धार गर्ने योजना छ ।
‘निरन्तर बर्षा भैरहेको र माथीबाट लेदो तथा ढुङ्गा खस्नेक्रम यथावत रहेकोले उपकरण भएर पनि सडक खुलाउन संभव भएको छैन’ प्रजिअ भुषालले थपे, ‘तलबाट मुक्तिनाथ समेत उपल्लो मुस्ताङ तर्फ याक्रु जानेत्रम रोकिएको छ, माथी रोकिएका यात्रु र सवारी साधनलाई कसरी तल पास गराउने भन्ने योजनामै छौं ।’
जोमसोममा ४ दिनमा ११३ मिलिमिटर बर्षा
छायाँ वृष्टीहुने हिमालपारीको जिल्ला मुस्ताङ सदरमुकाम जोमसोममा पछिल्लो ४ दिनमा एक सय १३ मिलिमिटर बर्षा भएको छ ।
जल तथा मौषम विज्ञान विभागको जोमसोमको पुथाङ विमान स्थल स्थित बर्षा मापन केन्द्रले गरेको रेकर्ड अनुसार अक्टुवर २८ तारेखको विहान १ बजेदेखी ३१ अक्टुवर शुक्रवार दिउँसो ४ बजेसम्म राखेको बर्षाको रेकर्डले मुस्ताङमा बर्षाले सर्तकता तह पार गरी खतरा तहमा पुग्न लागेको छ ।
रेकर्ड अनुसार २८ तारेखमा जोमसोममा ३६.७ मिमी, २९ तारेखमा ४०.२७ मिमी, ३० तारेखमा १०.४ मिमी र ३१ तारेख आज शुक्रवार दिउँसो ४ बजेसम्म ५८.१ मिमी बर्षा भएको छ । यो वर्षा अति न्यून बर्षाहुने मुस्ताङ्गका लागी अति जोखिमपूर्ण हो ।
त्यसैविच लगातारको बर्षापछि बाढीपहिरोले यातायाात तहरनहस बनाएको छ । संभवत इतिहाँसमा रेकर्ड व्रेक गर्नेगरी चार दिनदेखी लगातार परेको बर्षापछि बलौटे भुगोल भएको मुस्ताङको जोमसोम–कागवेनी–लोमन्थाङ सडकको जोमसोम–छुक्साङ खण्डमा आधा दर्जनबढी पहिरो खसेकोले यातायात सेवा अस्तब्यस्त बनेको हो ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























