FLASH NEWS
  • Loading...

राउण्ड धवलागिरीगरी मार्फा अाेर्लनेक्रममा १५ जना हिडनभ्यालीमा अलपत्र

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १४५ पटक पढिएको
राउण्ड धवलागिरीगरी मार्फा अाेर्लनेक्रममा १५ जना हिडनभ्यालीमा अलपत्र

म्याग्दीकाे मुदीहुँदै धवलागिरी हिमाल फन्काे (राउण्ड धवलागिरी) लगाएर मुस्ताङकाे मार्फा झर्ने क्रममा ३ जना ब्रिटिस महिला पर्यटकसहित १५ जना सेमबारदेखी हिडन भ्यालीमा अड्केका छन ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद भुसालका अनुसार सोमवार सांझदेखि ५ बजे ‘हिडन भ्याली’ मा परेको बाक्लो हिउँमा फसेका हुन । सो स्थान हिडन भ्याली धवलागिरी र सीता हिमाल विचके पास काटेर तल टुक्चेपीकके पछिल्ले पाखामा समुन्द्र सतहदेखि ५ हजार १ सय मिटर उचाइमा पर्दछ ।
उनीहरू हिडने बाटो (ट्रेकिंग रुट) हिउले पुरीएका कारण बाटाे नपाएर अलपत्र परेका हुन । उनीहरुको उद्धारमा कठिनाई भएको छ । ट्रेकिंग रुटमा पैदल हिडदैगर्दा अचानक हिमपात भएपछि हिडने बाटो समेत हराएर (नदेखिने भएपछि) उनीहरु गत सोमवारदेखि टेन्ट टांगेर बाटामै बस्न बाध्य भएका छन । उनीहरु अडकिएको स्थानमा होटल वा घर छैन । पर्यटकहरुको सरसामान र बन्दोवस्तीका सामान बोक्ने, वाटो देखाउने १२ जना नेपालीहरु रहेका छन ।
उनीहरुलाई ट्रेकिंग पठाउने काठमाण्डौको सेक्रेट हिमालय ट्रेड एण्ड एक्पिडिसन ट्राभल एजेन्सीका ब्यबस्थापक बिनय लामाका अनुसार हिमपातका कारण त्यहाँ अडकिएका ब्रिटिस नागरिकहरु Ms Mary Reape, Ms Catherine Wilson र Ms Emily Coats छन् । हिमपातमा फसेका गाइडले आपतमा परेको भन्दै मंगलवार राती साढे ८ बजे तत्काल आफुहरुको उद्धार गर्न भनेकाे लामाले सुनाए । ‘बुधवार बिहान सेटलाइट फोनमा सम्पर्क भएको छ, उनीहरु आत्तिएका छन,’ लामाले भने । चाडो उद्धार गर्न परो भन्ने उनीहरुको माग छ । ‘हाम्रो कुनै उपाय छैन’ लामाले भने – ‘चाडो उद्धार गर्न परयो भनेर आत्तिइरहनु भएको छ, हामीसंग त्यसरी उद्धार गर्न सक्ने कुनै यन्त्र छैन ।’ हेलिकप्टर वा सुरक्षाकर्मी जाने अबस्था छैन ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार फिसफीस हिउ परिरहेका कारण न हेलिकप्टर पठाएर उद्धार गर्न सकिन्छ न सुरक्षाकर्मी नै जाने बाटो छ, भुसालले भने, हिउ पर्न छोडयो भने मात्र उद्धारको प्रयास काम लाग्छ ।
बुधवार बिहान पनि त्यहा फिसफिस हिउ परिरहेको जानकारी पाएको लामाले सुनाए । ‘मंगलवार भन्दा केही कम छ भनेर अहिले बिहान जानकारी गराएका छन । हिमपात रोकिएपछि हिडने रुटको हिउ पग्लिएर बाटो (पैदल हिडने रुट) पत्ता लगाउन सके मात्र सुरक्षित स्थलतर्फ हिडन सक्छन । त्यतिन्जेल त्यही रहनुपर्ने बाध्यता छ’ प्रमुख जिल्ला अधिकारी भुसालले भने ।
अहिले बिहानसम्म सेटलाइट फोनमार्फत सम्पर्क हुन सकेको छ । ब्याट्रि सकियो भने सम्पर्क हुन नसक्ने अबस्था छ । त्यहा मोवाइल वा नेट टिप्दैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र