FLASH NEWS
  • Loading...

बेनी माझखेतमा २० वर्ष अघि हत्या गरी फरार व्यक्ति पक्राउ

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १७३ पटक पढिएको
बेनी माझखेतमा २० वर्ष अघि हत्या गरी फरार व्यक्ति पक्राउ

साविक अर्थुङ्ग गाविस, ८ (बेनी नगरपालिका–६) माझखेतमा २० वर्षअघि एक वृद्धकाे हत्यागरी फरार प्रतिवादी विषेश सुराकीकाे अाधारमा प्रहरीले पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले २०६२ साल असोज ६ गते माझखेतमा भएको कर्णबहादुर घर्ती क्षेत्रीको हत्यामा संलग्न व्यक्ति कृष्ण भन्ने ठहरबहादुर घर्ती क्षेत्रीलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको अाइतवार पत्रकार सम्मेलन मार्फत जानारी गराएको हाे। प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार ठहरबहादुरलाई २०८२ साल कात्तिक १ गते राति करिब नौ बजे आफ्नै घर जरबुटाबाट लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो।
२०६२ असोज ६ गते राति कर्णबहादुर घर्ती क्षेत्री घरको पिँढीमा सुतिरहेका बेला चिरुवा दाउराले प्रहार गरी हत्या गरिएको थियो। त्यस क्रममा श्रीमती इन्द्रकुमारी घर्ती क्षेत्रीमाथि पनि आक्रमण भई गम्भीर घाइते भएकी थिइन्। हत्या पछि सुनका गरगहना, औंठी र तिलहरी समेत लुटिएको प्रहरीले जनाएको छ।
घटनापछि अभियुक्त ठहरबहादुर भारतको मुम्बईमा पाँच वर्षसम्म लुकेर बसेका थिए। पछि उनी पोखरा र अन्य स्थानमा ज्यामी तथा मिस्त्रीको काम गर्दै लुकीछिपी बस्दै आएका थिए। २०६० सालमा जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि जेलमा रहेका उनलाई तत्कालीन माओवादी आक्रमणका क्रममा म्याग्दी कारागारबाट भागेको पनि प्रहरीले पुष्टि गरेको छ। त्यो मुद्दामा म्याग्दी जिल्ला अदालतले उनलाई १० वर्ष कैद सजाय सुनाएको थियो।
प्रहरीका अनुसार ठहरबहादुरले हत्याको कारण व्यक्तिगत रिसइबी भएको बयान दिएका छन्। उनका अनुसार मृतक कर्णबहादुरकी श्रीमतीसँग काम गर्दा केही पैसा माग्दा गालीगलौज भएपछि आवेगमा आएर हत्या गरेका हुन्।
मुलुकी अपराध संहिता २०७४ बमोजिम ज्यान सम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतबाट पहिलोपटक १० दिनको म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार, “२० वर्षअघिको घटनाको अभियुक्त पक्राउ गर्नु प्रहरीका लागि ठूलो सफलता हो, अब विस्तृत प्रमाणसहित मुद्दा अदालतमा पठाउने तयारी भइरहेको छ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र