- Loading...
मुस्ताङ जाने पाहुनाको लर्को, होटलमा बास पाउनै मुस्किल

- पुनहिल डट कम
- १ महिना अघि
- १७३ पटक पढिएको
हिमालपारीको मुस्ताङ भ्रमणमा आउने आन्तरिक पर्यटकको संख्या अत्यधिक बृद्धी भएपछि म्याग्दी, मुस्ताङका होटलहरुमा पूर्व वुकिङ विना बास पाउन मुस्किल भएको छ ।
आन्तरिक पर्यटकको अधिक आगमन भएपछि शुक्रवार होटल ब्यवसायीले सूचना प्रकाशित गरी होटल वुकिङ छैन भने पोखरा, कुस्मा वा बाग्लुङमै बास बस्न आग्रह गरेका गरे । बेनी समेत बेनी–सोमसोम–मुक्तिनाथ सडक क्षेत्रका होटलमा बास नपाएका सयौं यात्रुले कस्टकर रात विताएका छन ।
मुस्ताङ्ग भ्रमणमा आएका अधिकांश आन्तरिक पर्यटक युवायुवती छन । दशैं पछि मुस्ताङका सवै होटल, रेष्टुरेन्ट तथा पाहुना राख्ने सवै घरहरु (होमस्टेसमेत) पर्यटकहरुले भरिभराउ भएको छ । तिहारपछि केही दिन विदा परेकोले शुक्रवार अधिक पर्यटकको चाप बढेको हो ।
पर्यटकको उच्च बृद्धीले बेनी–जोमसोम सडकमा ट्राफिक चाप पनि अधिक परेको छ । दैनिक १२ सय सवारी साधन मुस्ताङ्ग प्रवेश गर्ने र उत्तिकै संख्यामा बाहिरिंदा सडक छिचोल्नै मुस्किल हुने गरेको छ । खासगरी बेनी–घाँसासम्मको पहिरोग्रस्त क्षेत्रको सडकमा यात्रुले बढी सास्ती खेप्नु परेको छ ।
मुस्ताङ प्रवेस गर्ने सीमावर्ती घाँसा प्रहरी चौकीको अभिलेख अनुसार दशैंपछिका चार दिन दैनिक १२ सयबढी सवारी साधनमा नेपाली पर्यटकहरु मुस्ताङ प्रवेश गरिरहेको छ । घाँसा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक प्रताप मल्लका अनुसार पछिल्ला तीन चार दिनदेखी दैनिक एक हजारबढी मोटरसाईकल, ५ सयको संख्यामा जीप, भ्यान, कार तथा एक सयबढी बस, ट्रकहरु मुस्ताङ प्रवेश गर्ने गरेको अभिलेख छ ।
दशैं–तिहार लामो विदा मनाउन छिमेका, म्याग्दी, बाग्लुङ्ग, पर्वत मात्र होईन पोखरा, काठमाण्डौ, बुटवल, हेटौंडा, बिराटनगर लगाएत देशका विभिन्न ठाउँबाट मुस्ताङ तथा मुक्तिनाथ आउनेको संख्या बढेको हो ।
दशैं अघि देखी नै मुस्ताङ आउने आन्तरिक पर्यटकको संख्या बढ्न थालेको हो । दशैं लगत्तै देखी घुईचो नै लागेको छ । अनुकुल मौषम र लामो विदा परेकोलेसहरका कर्मचारी युवा/युवती, ब्यबसायी, संञ्चारकर्मी सपरिवार मुस्ताङ भ्रमणमा अधिक आएका छन । त्यसैगरी चिसो बढी नसकेकोले विभिन्न कलेजका विद्यार्थीहरु पनि शैक्षिक भ्रमणमा आएका छन ।
त्यसैगरी असोज–कात्तिक नेपालको पहाडी/हिमाली क्षेत्रको पदयात्रा सिजन भएकोले राउण्ड अन्नपूर्ण पदमार्गको उत्कृष्ट गन्तब्य थोरङ्ला पास मुनीको मुक्तिनाथ, जोमसोममा बाहृय पर्यटकको पनि उत्तिकै घुईचो लागेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मुस्ताङ्गका अनुसार अहिले दैनिक दुई सयबढी बाहृय फर्यटक मुक्तिनाथमा ‘इन्ट्री’ गरेका छन ।
‘जोमसोम, कागवेनी, मुत्तिनाथ क्षेत्रका होटल दिउँसो १२ बजे नै भरिभराउ हुँदा अवेर पुगेका पर्यटकले बासको समस्या खेप्न बाध्य छन’ मुक्तिनाथका होटल ब्यवसायी छुप्तेन गुरुङगले भने, ‘मोटरबाटोको सोझो पहुँच र सिजनेवल ब्यवसाय जोमसोम माथीका होटल क्षमताले पाहुना थेग्न नसक्ने र तल्लो क्षेत्रका लेते, कोवाङ्ग समेतका होटलमा पर्यटन नहुने भएको छ ।’
दशैंमा पनी सदरमुकाम बेनीमा समेत बेनी–जोमसोम –मुक्तिनाथ सडकमा पर्ने बस्तीका होटलहरु भरिभराउ छन । बेनी, तातोपानी, मुस्ताङको घाँसा, जोमसोम, मुक्तिनाथमा आन्तरिक पर्यटकले बास पाउन मुस्किल भएको छ ।
आन्तरिक पर्यटकको घुईचो लागेको छ । मुक्तिनाथ, जोमसोम, मार्फा, टुक्चे लगाएत बेनी–जोमसोम सडक किनाराका बेनी,तातोपानी, दानाका साना ठूला सवै होटल भरिभराउ छन ।
‘जोमसोम, कागवेनी, मुक्तिनाथ क्षेत्रका मात्र होईन उपल्लो मुस्ताङका छोसेर, लोमन्थाङ, चराङ, छुक्साङसम्मकै होटलहरु भरिभराउ हुन थालेका छन’ छुक्साङका होटल ब्यवसायी नरेश गुरुङगले भने, ‘अधिकांश मोटरसाईकल र साना गाडीमा रिजर्भ आएका पाहुनाले होटल भरिएका हुन ।’
मुस्ताङमा मुक्तिनाथ, कागवेनी समेतका हिन्दु तथा वौद्धधर्मालम्बीको धार्मिक यात्रा बाहेक नेपाल–चीन सीमास्तम्भ रहेको कोरोला नाका, माटोको सहर लोमन्थाङ, चराङ, छोसेर गुफा, तल्लो मुस्ताङको मार्फा, टुक्चे, टिटी, सकेकुङ, ढुम्बा ताल तथा हिमाली सुख्खा हावापानी हेर्न पर्यटक आउने गरेका छन ।
बालुवा नै वालुवाको सुख्खा अनौठो भुगोलले मात्र होईन, कम्युनिष्ट शासन ब्यवस्था अपनाएको चीनको स्वशासित तिब्बत सीमावर्ती लो मन्थाङ (कोरला नाका) पर्यटकका आकर्षण र कौतुहल हुन । तिब्बतसंग धर्म, भाषा, भेषभुषा, रहन–सहन, संस्कार, संस्कृति मिल्ने मुस्ताङको उपल्लो भेग लोमन्थाङ्ग भौगोलिक रुपमा पनि तिब्बती पठार प्रमुख आर्कषण हुन ।
सडक पहुँच पुगेपछि उपल्लो मुस्ताङमा स्थानीयले धमाधम आधुनिक पुर्वाधारयुक्त ठूला रेष्टुरेन्ट, होटल तथा रेष्टुरेन्ट थपेका छन । होटल ब्यवसायी समितिका अनुसार लो मन्थाङमा ३० लाखदेखी २० करोडसम्म लगानीका ३० वटा होटल छन । यी होटलमा २ सय २८ कोठामा ५ सय वेड रहेका छन । छोसेर र छोनुपमा १२ तथा चराङ र घमिमा पनि १५ बढी होटल छन ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























