FLASH NEWS
  • Loading...

भगवती मन्दीरमा राँगो मार हान्न चार लाख ९२ हजार रुपैयाँ कवोल, भगवान खत्रीले हान्ने भए मार

भगवती मन्दीरमा राँगो मार हान्न चार लाख ९२ हजार रुपैयाँ कवोल, भगवान खत्रीले हान्ने भए मार

मठमन्दिरहरु समाजका पवित्र स्थल मात्र होईन जनमानसको आस्था, विश्वास र साँस्कृतिक धरोहर पनि हुन । म्याग्दीका ऐतिहाँसिक र पुरातात्विक महत्वको भगवतीकोट मन्दीर मध्यको एक हो, राखुभगवती काेटमन्दीर । यस मन्दीरमा विजया दशमीकाे अवसरमा नवमीकाे दिन बली दिइने राँगाेकाे मार हान्न ठूलाे प्रतिस्पर्धा हुन्छ । यस वर्ष रघुगंगा गाउँपालिका, २ स्थित प्रशिद्ध भगवतीकोट मन्दीरमा वली चढाईने सरकारी राँगोलाई भगवान खत्रीले चार लाख ९२ हजार शुल्क तिरेर छिनाउने भएका छन ।
नवदुर्गा भगवती मन्दीर शक्तिपीठमा पशु वली दिने हिन्दु धार्मिक परम्परा अनुसार भगवतीकोट मन्दीरमा आज नवमीका दिन वली चढाईने सरकारी राँगो मार हान्न (काट्न) रघुगंगा गाउँपालिका, २ का भगवान खत्रीले चार लाख ९२ हजार रुपैयाँ बढीबढाउमा वोलकवोल गरेका हुन ।

खत्रीलाई सोही ठाउँका विमल बागदासले ४ लाख ९१ हजार बोलेर पछ्याएका थिए । प्रतिस्पर्धामा ८ जना सहभागी मध्य बेनी नगरपालिका, ६ बेनीका मिलन केसीले ४ लाख ८५ जना बोलेर पछ्याएका थिए । अस्टमी (कालरात्री)को राती राखुभगवती मन्दीर कोटमा जम्मा भएका हजारौं सर्वसाधारणको विचमा सरकारी राँगो मार हान्न बढीबढाउन गर्ने परम्परादेखी प्रचलन छ । प्रतिस्पर्धाको फेसवुक लाईभ समेत गरिएको थियो ।
‘राखुभगवती मन्दीरमा दुर्गाभगवतीलाई चढाईने वली काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास भएकोले दुर्गाभगवतीलाई वली चढाईने राँगो मार हान्न ठूलो हानथाप नै हुन्छ’ रघुगंगा गापा, २ का वडाध्यक्ष अमृत भण्डारीले भने, ‘बाईसे/चौविसे राज्यकालदेखी यहाँको कोटमन्दीरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ ।’
भगवतीकोट मन्दीर पुजा ब्यवस्थापन समितिले सरकारी राँगोको मार हान्न न्यूनतम मुल्य ५० हजार रुपैयाँ तोकेको थियो । कालरात्रीको राती १२ बजे भगवती मन्दीरमा ‘निमको पाठो’ वली दिन त्यसक्षेत्रका हजारौं सर्वसाधारण कोटमन्दीरमा भेला हुने प्रचलन छ ।
जिल्लामा ‘धजाअक्षेता’ शिर्षकमा सरकारी खर्च आउने यो एक मात्र कोटमन्दीर हो । गुठी संस्थानले मालपोत कार्यालय मार्फत हरेक बर्षको दशैंमा ‘धजाअक्षेता’ खर्च पठाउने गरेको छ ।
कोटमन्दीरमा कालरात्रीको दिन नीमको पाठो वली चढाउनु पुर्व खुल्ला रुपमा ‘सरकारी राँगो मार हान्न’ बढीबढाउ गरिन्छ । राखुभगवती कोट मन्दीरमा निर्धारित १ घन्टाको समयावधीमा बढीबढाउ क्रम चल्छ । मार हान्न इच्छुहले समितिमा नाम लेखाउनु पर्छ । सोही अनुसार सूचिकृत भएका ब्यक्तिहरुले पालोपालो रकम बोलकवोल गर्ने र जस्ले धेरै रकम बोल्छ उसैले राँको काट्न दिने गरिन्छ ।
बढी रकम तिरेका भण्डारीले आज नवमीको दिन दिउँसो डाँडामा घाम डुब्ने वेला (३–४ बजे) विचमा राखुभवतवी कोट मन्दीरको मौलोमा सरकारी राँगो मार हान्ने छन । यहाँको कोट मन्दीरमा राँगाको वली दिएको हेर्न रघुगंगा गाउँपालिका १–४ वडासम्मका हजारौं श्रदालुहरु पुग्छन ।
तत्कालिन राजा गिर्वाणयुद्ध विक्रम शाहकी रानी सूवर्णप्रभा तीर्थाटनका लागि मुक्तिनाथ आउँदा मुक्तिनाथ मन्दिरको नियमित पूजा सञ्चालनार्थ म्याग्दीको राखु पिप्ले, भगवती, मौवाफाँट, कटुवाल थर र दोवामा २८ हजार ८ सय ९३ रोपनी ९ आना,एक पैसा, एक दाम ( २८८९३–९–१–१ ) क्षेत्रफलको जग्गा गुठी राखी राखुका सुवेदीहरुलाई सदाका लागि मुक्तिनाथ मन्दिरका पूजारी तोकी दिएकी थिइन । सोही समयदेखी यहाँको भगवती कोट मन्दीरमा पनि पुजा संञ्चालन खर्च आउने थोको हो । पछिल्ला बर्ष गुठी संस्थालन धजाअक्षेता खर्च भनी हरेक बर्ष दशैंमा तीन हजार पठाउने गरेको छ ।
म्याग्दीमा विभिन्न स्थान (भेग)मा ऐतिहाँसिक र पुरातात्विक महत्वका भगवतीकोट मन्दीर रहेका छन । बेनी नगरपालिका, २ ज्यामरुककोट स्थित खड्गभवानी भगवतीकोट । तत्कालिन पर्वत राज्यको शक्तिशाली थुम (कमाई खानु भनी विर्ता दिएको राज्य) अर्न्तगत भर्तिवम मल्लले बनाएका हुन । त्यस्तै धौलागिरी गाउँपालिका, ७ ताकमस्थित काकमकोट मन्दीर कम्तीमा ५ सय बर्ष पुराना एतिहाँसिक एवं प्राचिन सम्पदा रहेको ताकमकोट मन्दीर ताकम राज्यमा विस १२४६–१५४५ कालमा ताकमकोट मन्दीर निर्माण भएको किम्बदन्ती छ ।
घतानकोट मन्दीर ः तत्कालिन पर्वत राज्यका संस्थापक तथा शक्तिशाली राजा डिम्ब मल्लको गाजनेस्थित दरवारमा विसं १५७०–८० तिर आगोलागी भएपछि ढोलठानामा दरवार सारेका थिए । सोही समयमा मल्लले ढोलठानामा दुर्गभगवतीकोट मन्दीर स्थापना गरेका थिए । सोही मन्दीरलाई हाल घतानकोट मन्दीर भन्ने गरिएको छ । मन्दीरको पुरानो स्वरुप हाल परिवर्तन भएको छ, पुराना इट्टाका अवशेष भने अझै कतै देख्न पाईन्छ ।
बेनीकोटमन्दीर ः
काली गण्डकी र म्याग्दी नदीको संगमस्थल बेनीमा तत्कालिन पर्वतका राजा मलवमले १७५४ बेनीकोट मन्दीर बनाएका थिए । बेनी कोटमन्दीर मल्ल राजको हिउँदे राजधानी बेनीको टक्सार पनि हो । इट्टाले बनेको पाञ्चायन शैलीमा निर्मित उक्त ऐतिहाँसिक मन्दीरको स्वरुप फेरिएको छ ।
घारभगवतीकोट मन्दीर
अन्नपूर्ण गाउँपालिका, ६ घारमा अवस्थित घार कोटमन्दीर स्थापना मिती खुलेको छैन । श्रुति परम्परा अनुसार विसं १६००–१७०० सालतिर घार उपत्यकामा मगर राजा ‘दुर्गे’ले घारकोट भगवती कोट मन्दीर बनेको विश्वास गरिन्छ । कोटपाखाबाट कहिले माथी गाउँको विचमा स्थानन्त्रण गरिएको हो भन्ने पनि कतै तिथीमिती खुलेको छैन ।
स्थापनाकालमा घारभगवती कोट हाल घारगाउँको पुछारमा पश्चिम फर्केको सानो थुम्कोमाथी (कोटपाखा)मा थियो । उक्त खरको छानो भएको मन्दीर जलेपछि भगवतीमन्दीर गाउँको विचमा ल्याई स्थापना गरिएको हो । भगवती कोट मन्दीर स्थानन्त्रण गरिएको भएपनि उक्त स्थानलाई अझै कोटपाखा भन्ने गरिन्छ ।

नवदुर्गा भगवती मन्दीर शक्तिपीठमा पशु वली दिने हिन्दु धार्मिक परम्परा छ । परम्परा अनुसार भगवती कोट मन्दीरमा वली चढाईने चलन छ । हाल जिल्लाका प्रायः सवै वस्तीका पाएक पर्नेगरी दुर्गाभगवतीका मन्दीरहरु निर्माण भएको छ । तत्कालिन पर्वत राज्य कला, बास्तुकलाको हिसावले विशिष्ठ स्वरुप नभएपपनि यी एतिहाँसिक सम्पदा हुन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र