- Loading...
नेचुङ भन्सारबाट २२ दिनमा डेढ अर्व राजश्व संकलन

- पुनहिल डट कम
- ६ महिना अघि
- ३४३ पटक पढिएको
लोमन्थाङ गाउँपालिका, १ नेचुङमा पर्ने कोरला नाकाबाट औपचारिक रुपमा भन्सार संञ्चालनमा आएको २२ दिनमा करिव डेड अर्व राजश्व संकलन भएको छ ।
मुस्ताङको नेचुङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काका अनुसार पछिल्लो २२ दिनमा १ अर्व ३७ करोड ७० लाख ४५ हजार ७ सय २२ रुपैयाँँ राजश्व संकलन भएको छ ।
भन्सार कार्यालयको विवरण अनुसार असोज १० गतेसम्म चीन बाट आायात गरिएका ७ सय ६९ वटा इभी गाडी र २ सय ४६ वटा मालबाहक ढुवानी साधनले कोरला भन्सारबाट जाँँच पास भएका छ । सोही मालवस्तुको भन्सार शुल्क वापत यो राजश्व संकलन भएको हो ।
सो अवधीमा नेपालबाट चीन तर्फ भने जम्मा ५ वटा मालबाहक ढुवानी साधनले मात्र जाँचपास भै निर्यात भएका छन । नेपालबाट चीन तर्फ गएका सामाग्रीहरु सवै शुन्य भन्सार (कर मुक्त) सामाग्री हुन ।
गते भदौ २२ गते कोरला नाकाभन्दा १६ किलोमिटर तल नेचुङमा रहेको भन्सार कार्यालयमा मालवस्तुको विवरण कम्प्युटर प्रणाली माफर्त अनलाईन प्रज्ञापन पत्र भरी जाँच पास गर्ने अन्र्तराष्ट्रि्रय अनलाइन भन्सार प्रणाली आसिकुण्डा जडान गरेपछि चीनियाँँ मालवस्तु भित्रिन लागेका हुन । यो प्रणालीबाट मालवस्तुको अनलाइन प्रणालीबाट प्रज्ञापन पत्र खोज्ने, जाँचपास मार्ग तोक्ने, घोषित मालवस्तुको विवरण हेर्ने, परिक्षण प्रतिवेदन पेश गर्ने, प्रज्ञापनपत्रलाई पुन हरियो मार्गमा पठाउने, जाँचकी तोक्ने समेतका काम गरिन्छ ।
‘कोरलानाकाबाट यस अघि हस्तलिलिख भन्सार प्रज्ञापन पत्र भरी जाँचपास प्रकृया हुन्थ्यो । अहिले आशिकुण्डा भन्ने अनलाईन भन्सार प्रणाली जोडिएको छ । अहिले तातोपानी भन्सारमा बाढीपहिरोले क्षति पुर्याएपछि रोकिएका मालसामान र गाडीहरु रुट परिवर्तन गरी कोरला नाकाबाट भित्रिएका हुन’ नेचुङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले भने, ‘नेचुङ भन्सारले पछिल्लो २२ दिनमा करिव डेढ अर्व राजश्व संकलन भएको छ । र अव कोरला नाकामा अव सँँधै भन्सार खुल्ला रहन्छ ।’
कोरला नाका तिब्बतको ढोङ्वासेनहुँदै सिगात्सेवाट आएको ‘चाईना नेसनल हाईवे २१९’ सँग जोडिएको छ । रसुवागढी स्थित तातोपानी नाकामा केही समय अघि आएको बाढीपहिरोले भन्सार कार्यालयसमेत पूर्वाधारहरुमा क्षति पुर्याएपछि बैकल्पिक बाटोको रुपमा कोरला नाका प्रयोगमा ल्याइएको हो ।
चीनबाट आएका ईभी गाडीहरु कोरला स्थति सुख्खा र खुल्ला बन्दरगाहमा राखिएका छन । नेपाल–चीन विच ०७५ सालमा हस्ताक्षर भएको पारवहन तथा यातायात सम्झौताको प्रोक्टोकल अनुसार कोरला नाका सुख्खा बन्दरगाह संञ्चालनमा आएको हो ।
चिनियाँ अध्यागमन कार्यालयको आमने–सामने निर्मित प्रिफ्याव प्रविधीको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट स्थापना गरी अटोमेटिक सिस्टम अफ कस्टम डाटा (आयुडा) प्रणाली जडानगरी कोरला नाकाबाट ब्यवसायीक कारोवार सुरु भएको हो । सीमापार चीनले भने सूचानाप्रविधी जडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाईन, आवस, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेरन पाकिङ्ग र सुरक्षा पूर्वाधार खडा गरि सकेको छ ।
‘कोरला भन्सारबाट छुटेका पहिलो लटका २१ वटा कन्टेनेरहरु मुस्ताङबाट तल झरेका छन । थप आज भन्सार जाँँचपासक्रममा छन । अव कालीगण्डकी करिडोर अन्र्तगतको पोखरा–बेनी–जोमसोम–कोरला सडकमा ब्यवसायीक रौनक थपिने छ’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले भने, ‘मनसुन सिजनमा म्याग्दी र मुस्ताङको सीमावर्ती क्षेत्रमा पहिरोले ढुवानीमा केही असहज भएपनि पुरै अवरुद्ध भने भएको छैन । कोरलामा चिसो बढेकोले गाडी स्टार्टमा पनि केही समस्या देखिएको छ ।’

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























