- Loading...
दशैंको ब्राण्डेड स्वाद ः च्याङ्ग्राको माशु

- पुनहिल डट कम
- ६ महिना अघि
- ४०० पटक पढिएको
|SONY DSC
दशै मनाउने आ–आफ्नै शैली छन । जुन जाति, समुदाय र भुगोलमा रहेपनि परम्परादेखी दशैंलाई उल्लासमय बनाउन नयाँ लुगा, पिङङ, मारहानी वली चढाउने, टिकाजमरा, दक्षिणा र माशुभात मुख्य विशेषता हुन ।
परम्परादेखी नै दशैंलाई धितमरुन्जेल मासुभात खाने चाड भनिन्छ । र नवदुर्गामा पशुवली दिने प्रचलनले यो भनाईलाई पुष्टी गर्छ । र गण्डकी प्रदेशका वस्तीमा दशैं र माशुको चर्चा गर्दा मुस्ताङ्गी च्याङ्ग्राको मासुको स्वाद एउटा ब्राण्ड बनेको छ ।
मुस्ताङ्गी कृषककालागी हिन्दुहरुको प्रमुख चाड दशैं–तिहार आफुले पालेका हिमालय बाख्रा (च्याङ्ग्रा) तथा हिमाली भेडा (चेलुक) बेच्ने मुख्य अवसर हो । मुस्ताङ्को बाटो झर्ने हिमाली भेडाबाख्रा अर्थात चेलुक/च्याङ्गा दशैं/तिहारमा मात्र ल्याईन्छ ।
स्वादले तिक्खर र बेजोड मानिने मुस्ताङ्गी खसीको मासु मुल्यमा पनि अत्याधिक महंगो छ । बजारमा पाईने खसीको माशुको तुलनामा दोब्बर/तेब्बर मुल्य तिरेरै पनि हिमाली चिसो वातावरणमा हुर्केको मुस्ताङ्गी च्याँग्राको माशु ‘चिज’को रुपमा बढी विक्री हुने गरेको छ । अनि, मुस्ताङ्गीले गहिरो विश्वास गर्छन कि, ‘सेतो भन्दा कालो रङ्गको च्याङ्ग्राको मासु बढी स्वादिलो हुन्छ ।’
‘खसीको माशु सँधै खाईन्ट तर च्याङ्ग्राको माशु न खाई दशैं आएजस्तै लाग्दैन । च्याङ्ग्राको माशु स्वादमा मात्र हैन, वाल्यकालको स्मृति र साँस्कृतिक पहिचान पनि हो नि’ बेनी नगरपालिका, ८ बेनीका हिमबहादुर भण्डारी भन्छन, ‘पहिला सिङ्गै खाईन्थ्यो, अहिले छिमेकी मिलेर खाईन्छ । च्याङ्ग्रा छोडिन्न ।’
भेटनरी तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङको अभिलेख अनुसार यस वर्ष दशैं बजारकालागी करिव १४ हजार ६ सयबढी चेलुक/च्याङ्ग्रा मुस्ताङ्गको बाटो भएर बाहिरिएका छन । यी मध्य आधा मुस्ताङ्गका रैथाने हुन भने बाँकी डोल्पा, जुम्ला, मुगु र तिब्बतबाट समेत ल्याइएका हुन ।
‘मुस्ताङ्गका च्याङ्ग्रा कुनै न कुनै रुपमा (कोसेली) अधिकांश उच्च सरकारी अधिकारी र नेतृत्वमा पुग्ने हो, यस वर्ष माहौल राम्रो नभएकोले बजार लैजाने आँट नआएको वारागुङमुक्तिक्षेत्र गाउँपालिका, फलेकका कृषक स्याङ्वो गुरुङ्ग बताउँछन ।
यसरी चिनौं च्याङ्ग्रा र बाख्रा
नेपालमा च्याङ्ग्रा, सिन्हाल, खरी र तराई गरी चार जातका रैथाने बाख्रा छन । लामा रौं भएका, बाक्लो हिउँ खप्न सक्ने क्षमता भएका च्याङ्ग्रा हिमाली बाख्रा हो । तर च्याङ्ग्राले बर्षा भने खप्न सक्दैनन । पानीमा भिज्दा च्याङ्ग्रालाई तुरुन्दै चिसो लाग्ने र निमोनिया हुने हुन्छ । हिमालपारीको जिल्ला मुस्ताङमा जलवायु परिवर्तनको कारण हिउँदमा हिउँ नपर्ने र मनसुनमा लामो झरी र बाक्लो बर्षा हुन थालेकोले वर्षा खप्न नसक्ने च्याङ्ग्राको जीवनचक्रममा प्रभाव पर्न सक्ने पशु चिकित्सक बताउँछन ।
उच्च पहाडी भेगमा पाईने सिन्हाल जातका बाख्रा नेपालका रैथाने जात मध्य सवै भन्दा ठूला हुन्छन । केही चिसो खप्न सक्ने सिन्हाल जातका बाख्रामा च्याङ्ग्राको भन्दा उल्टो हिउँ खप्न सक्दैनन, चिसो लाग्छ । खरी जातका बाख्रा पहाडी भेगका रैथाने र तराई जात मधेश र भित्री मधेशका रैथाने बाख्रा हुन ।
चेलुक र भेडा के हुन ?
नेपालमा भेडा पनि भ्याङ्लुङ्ग, बरुवाल, कागे र लामपुच्छ्रे गरी चार जातकै रैथाने भेडा छन । चेलुक हिमाली भेगका भेडा हुन । हिमाली क्षेत्रमा च्याङ्ग्रासँगै पालिने लामा र बाक्लो रौं हुने भ्याङ्लुङ जातका भेडालाई मुस्ताङ क्षेत्रमा चेलुक भन्ने गरिन्छ । उच्च पहाडी क्षेत्रमा फिरन्ते गोठको रुपमा बरुवाल जातका भेडा पालिन्छ । बरुवाल जातका भेडालाई गाईड गर्न सिनाल जातका बाख्रा पनि पाल्ने गरिएको छ । बरुवालसँग कतै भ्याङ्गलुङ्गक्रस पनि पाईन्छन । कागे नेपालको पश्चिम क्षेत्रका दाङ समेतका क्षेत्रमा पालिन्छन भने लामपुच्छ्रे पहाडी भेगमा खोरपाल रुपमा पाल्ने भेडा हुन ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























