- Loading...
दशैंकाे संघारमा म्याग्दीका सार्वजनिक यातायातमा घट्याे भाडा

- पुनहिल डट कम
- ६ महिना अघि
- ७७६ पटक पढिएको
दशैं संघारमा म्याग्दीका सार्वजनिक यातायातकाे भाडा दर समायाेजन गरिएकाे छ । जिल्ला प्रशासन कार्यालयकाे अायाेजनामा विहिवार बेनीमा सम्पन्न अस्थाइ मार्गमा सवारी संञ्चालन अनुमती (रूटपरमीट ताेक्ने) र सार्वजनिक यातायातकाे भाड ताेक्न बसेकाे सर्वपक्षिय बैठकले नयाँ भाडा दर कायम गरेकाे हाे ।
प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको अध्यक्षतामा बसेको भाडादर निर्धारणा समितिकाे बैठकले बेनी–जोमसोम सडककाे म्याग्दी खण्डमा प्रति किलोमिटर प्रति यात्रु बसभाडा १० रुपैयाँ, जीप भाडा १५ रुपैयाँ कायम गरेकाे छ ।
बैठकमा मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुन, धवलागिरी गाउँपालिका उपाध्यक्ष रेशम पुन, रघुगंगा गाउँपालिका उपाध्यक्ष प्रेममायाँ पुन,यातायात ब्यवस्था कार्यालय बागलुङकी प्रमुख गोमादेबी शर्मा, बेनी नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसुरक्षा निकायका प्रमुख तथा यातायात ब्यवसायी लगायत सरोकारवाला निकायको उपस्थती रहेको थियो ।
त्यस्तै बेनी–दरबाङ र बेनी–रत्नेचौर सडकखण्डमा बसमा प्रतिकिलोमिटर १० रुपैयाँ र जीपमा प्रति किलोमिटर १५ रुपैयाँ भाडा तोकिएको छ । त्यसबाहेक जिल्लाका अन्य पक्की सडकमा प्रति किलोमिटर बसले १८ रुपैयाँ र जिपभाडा २५ रुपैयाँ भाडा ताेकिएकाे छ ।
त्यसैगरी जिल्लाभित्रका सबै पक्की सडकमा यात्रुबाहक ट्याक्सीलाई प्रति यात्रु, प्रति किलोमिटर १७ रुपैयाँ र कच्ची सडकमा प्रति किलोमिटर ३० रुपैयाँ कायम भएको छ । त्यस्तै माथि तोकिएको प्रति किलोमिटर भाडादर बाहेक नगरपालिका र गाउँपालिकाभित्र रहेका ग्रामिण सडकको पक्की, ढलान सडकमा यात्रुले प्रति किलोमिटर बसमा यात्रा गर्दा १४ रुपैयाँ र जिप भाडा १८ रुपैयाँ निर्धारणा गरिएकाे प्रजिअ तिवारीले थपे, ‘तोकिएको भाडादर सबै पालिकाले सवारीसाधन र यात्रुले देख्ने स्थानमा टाँस गर्नुपर्ने छ, हामीले पनि नियमित अनुगमन गर्नेछौ ।’
समितिको बैठकमा आगामी सातदिनभित्र स्थानीय तहले तोकिएको किलोमिटरको दरले आफ्नो क्षेत्रमा रहेका सवारी रुट सहित भाडादर उल्लेख गरी जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्र«ाफिक कार्यालयमा पठाउने निर्णय भएको छ । यो भाडादर अनुसार सदरमुकाम बेनीबजार देखि दरबाङसम्म २४ किलोमिटरमा बसमा यात्रुले २ सय ४० रुपैयाँ, जीपमा ३६० रुपैयाँ र ट्याक्सीले ४०८ रुपैयाँ भाडा लिनुपर्ने छ ।
यात्रुले आफुँले यात्रा गरेको किलोमिटरको आधारमा भाडा तिनुपर्ने पर्ने, यातायात ब्यवसायीले अटेर गरेमा क्षमताभन्दा बढी यात्रु बोकेमा कानुनी कारवाहीका लागि सिफारिस गरिने छ ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























