FLASH NEWS
  • Loading...

पहाडको खोंचमा जीवित साँस्कृतिक सम्पदाः लाखे नाच

पहाडको खोंचमा जीवित साँस्कृतिक सम्पदाः लाखे नाच

सदरमुकाम बेनीमा मुख्य बसोबास रहेका नेवार समुदायले परम्परादेखी मनाउँदै आएको संस्कृति पर्व मध्य घन्टाकर्ण पर्व (गठेमंगल) अर्न्तगतका बर्खे नाच पनि एक हो ।
नेवार समुदायले मनाउने बर्खेनाच भित्रका प्रमुख ७ वटा नाचहरु लाखेनाच, घोडेनाच, गोरुच, रोपाइनाच, जोगीनाच, हनुमान नाच र नागनागिनी नाच मध्यको एक हो, लाखेनाच ।
भक्तपुरबाट बाग्लुङ्गहुँदै बेनी उक्लेका नेवार समुदायले ब्यापार कलासँगै नेवारी संस्कृति र सभ्यतालाई मगर, क्षत्री/बाहुन बाहुल्य वस्तीमा अझै जीवित राखेका छन । वर्खेनाच बेनीको प्रमुख साँस्कृतिक सम्पदा हो ।
वर्खेनाच मध्य लाखे नाचको प्रमुख हो । लाखे शब्दको अर्थ भने राक्षस वा दानव हो । लाखे नाचमा लाखेले लगाउने मुखुण्डो प्रमुख अर्कषण हो । बेनीका नेवार समुदायले लाखे नाच्दा लाखेले लगाउने मुखुण्डो दुई सय वर्ष पुरानो हो ।
‘अहिले हामीले लाखे नाच्दा जुन मुखुण्डौ लगाउँछौं त्यो कम्तीमा दुई सय वर्ष पुरानो हो । सायद पोखरा र वरपर यति पुरानो मुखुण्डो छैन । अज्ञात जनावरको छालाबाट बनेको यो मुखुण्डौ लगाएर लाखे नाच्ने यो नवौं पुस्ता हो’ नेपाल भाष मंका खलः म्याग्दीका उपाध्यक्ष कुविर श्रेष्ठले भने, ‘यो वर्ष हामीले लाखे, खोडाखोडी, नागनागिनी (सापारु), र रोपाई नाच देखाउँछौं । हनुमान नाच र जोगी नाच ब्यवस्थापन खर्च धेरै लाग्ने भएकोले २–२ बर्षमा देखाउने गरेका छौं ।’

लाखे नाच्दा एक ब्यक्तिले ठूला र लामा दाँत, आँखा बाहिर निक्लेको डरलाग्दो र ठूलो मुखुण्ड लगाउँछन । त्यसैगरी लाखेले गाउने पोसाक र गरगहनाले पनि लाखे नाचलाई थप रोचक बनाई दिन्छ । लाखेनाचमा बजाईने बाजाले अन्य नाच र लाखे नाचको ताल र सुरमा धेरै भिन्नता देखाउँ ।
साँस्कृतिक सम्पदा कुनै वस्तु मात्र हैन, एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्त्रण हुँदै आएका स्थानीय समुदायको भाषा, ज्ञान र पहिचानका विषय हुन । साँस्कृतिक सम्पदाले मानिसलाई एकताको महसुस गराउँछ । साँस्कृतिक सम्पदा हेरेर अघिल्लो पुस्ताको जीवनशैली, संस्कृति बुझ्नेदेखी समाजको उत्पत्तिदेखी वर्तमानसम्मको परिवर्तनको श्रृखला छर्लङ्ग देखाउँछ ।
युनेस्कोले गरेको ब्याख्या अनुसार पुर्खाहरुबाट परम्परागत रुपमा हस्तान्त्रण हुँदै आएको मौखिक परम्परा, कला, सामाजिक अभ्यास, ज्ञान, सीप, शिल्पी, धर्म जस्ले मानिसलाई पहिचान र आफ्नोपना अनुभुती गराउँछ । साँस्कृतिक सम्पदाले विगत, वर्तमान र भविश्यसँग जोड्छ, आफ्नो पहिचान गराउँछ र अपनत्वको बोध गराउँछ ।

श्रावण चतुर्दशीदेखी हरितालिका तीजसम्म मनाईने घण्टाकर्ण पर्व अर्थात गठेमंगलको पहिलो दिन समाजमा दुःख दिने पात्र घन्टाकर्ण नाम गरेको राक्षसको आकृति बनाई दिनभर चौवाटोमा प्रर्दशन गर्दै साँझ नदीमा लगी बगाउने चलन छ । नेपाली कृषकहरुको मुख्यबाली धानखेती थन्क्याएपछि शुरु हुने यस पर्वलाई बर्खेनाच पनि भनिन्छ ।
युवा पलाएन, आधुनिकताको प्रभावले लोपन्मुख अवस्थामा पुगेको बर्खेनाच तथा हनुमान नाचको संरक्षणमा नेपाल भाषा मंका खलः सकृय छ । पछिल्लो समय नेवारी समुदायको पुख्यौली संस्कृति गठेमंगल पर्वका विभिन्न सांस्कृतिक पक्षको संरक्षणमा अन्य जातजातिको समेत सकृय सहभागिता छ ।
परम्परादेखी हस्तान्त्रण हुँदै आएको ज्ञान, सीप, अभ्यास र अभिव्यक्तिहरु जुन भौतिक रुपमा देखिंदैनन तर समुदायको पहिचान र संस्कृतिलाई जीवन्त राख्छ ति अभौतिक साँस्कृतिक सम्पदा हुन । वर्खेनाचको शैली र प्रर्दशन तरिका, संगीत र ताल, कथा र किम्बदन्ती प्रमुख आर्कषण हुन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र