- Loading...
जैविक तरकारी डौडेको संकलन र विक्रि दुवै घट्दै

- घनश्याम खड्का
- ८ महिना अघि
- ६३१ पटक पढिएको
खेतवारीका कान्ला र खोल्सामा आफै उम्रने उन्यु प्रजातिको जैविक र मौषमी तरकारी डौंडे (एक प्रकारको निउरो) को संकलन र विक्रि दुवै घटेको ब्यवासायीले बताएका छन ।
वैदेशिक रोजागरी र सहर तर्फको बसाई झरेपछि विगत वर्षहरुको तुलनामा यस वर्ष डौडेको विक्रि र संकलन दुवै घटेको बेनीमा लामो समयदेखी डौडेको थोक तथा खुद्रा ब्यापार गर्दै आएका बेनी नगरपालिका, ८ पिपलचोकका देवेन्द्र सुवेदीले बताए ।
‘दुई तीन वर्ष अघिसम्म मैले दैनिक ३–५ सय क्वीन्टलसम्म डौंडे झार्थे तर अहिले दैनिक मुस्किलले एक क्वन्टर त्यै पनि दुई दिनमा । ब्यापार छैन, सायद बेनीमा पनि उपभोक्ताको संख्या बर्षेनी घट्दो छ’ बेनी नगरपालिका, ८ पिपलचोकका देवेन्द्र सुवेदीले भने, ‘बेनीका प्रायः तरकारी पसललाई र बाग्लुङ र काठमाण्डौको गंगवुमा मैले नै डौंडे पुर्याउँछु । पुगीसरी भएर हो वा मान्छे नै नभएर हो, जंगलबाट डौडे संकलन गर्ने घट्दा माग अनुसार डौडे आएकै छैन ।’

अर्गानिक तरकारी डौंड १ हजार मिटरदेखी २ हजार मिटर सम्मको उचाईको क्षेत्रका चिस्यान भएको ठाउँमा उम्रन्छ । जिल्लाका दुर्गम दोवा, हिदी, भर्जुला, कुहुं, झिं, पाखापानी, बेग, दग्नाम, दर्मिजा क्षेत्रबाट डौंडे तरकारी बजारमा आउने गरेको थियो । अघिल्ला वर्षहरुमा संकलकहरुले डौंडे वेचेर एक जना कृषकले ३–४ लाखसम्म वुझ्थे । अहिले दोवाबढी र घारबाट अलिअलि मात्र आएको छ । अन्यत्रबाट पनि नगन्य मात्र आएको ब्यापारीको अनुभव छ ।
‘दिनभर कृषकले जंगलमा गएर डौंडे खोज्ने । साँझ गाउँमा जम्मा गर्ने र अर्को दिन विहान गाउँबाट सदरमुकाम आउने गाडीले तरकारी ब्यापारीलाई बेच्ने हुन्छ । विहान ब्यापारीलाई बेचेको पैसा वेलुका लगेर कृषकलाई बाँड्ने गरेको छु’ अन्नपूर्ण गाउँपालिका, १ दोवाका जीप चालक/डौडेको भोविन्द्र गर्वुजाले भने, ‘गाउँको कान्ला र खोल्सामा प्रशस्त पाईने डौंडेलाई गाउँलेले टिप्छन । कृषकबाट किनेर ढुवानी खर्च बाहेक केजीमा १५–२० रुपैयाँ नाफा जोडेर ब्यापारीलाई दिन्छु ।’
असार–भदौ तीन महिना आफै उम्रने र जस्ले जति सक्यो उत्ति टिप्न पाईने डौंडे बेचेर ३०–५० हजार रुपैयाँ गाउँका प्रायः घरले कमाउँछन । स्थानीय ब्यापारीले कृषकबाट सिजन अनुसार प्रति केजी ८०–१०० रुपैयाँमा किनेको डौडे सहरका उपभोक्ताको भान्सामा पुग्दा एक सय २०देखी १ सय ७० रुपैयाँसम्म मुल्य पर्ने गरेको छ ।
मौषमी जैविक तरकारी गाउँलेको आम्रो आम्दानीको श्रोत बनेको छ । डौडे मात्र होईन, मौषम र भुगोल अनुसारको निउरो, ढकायो, च्याउ, टुसा वेचेर मेहिनती कृषकले राम्रै कमाउँछन । १ हजार ४ सय मिटरदेखी २ हजार मिटर सम्मको उचाईको क्षेत्रका पानी भएको ठाउँमा डौंडे उम्रन्छ । झाडी भै उम्रने वहुबर्षिय डौडेको मुनालाई जति टिप्यो उत्ती पलाउने गर्छ ।

पहाडी क्षेत्रमा मुना टिपेर तरकारी/अचारको रुपमा प्रयोग गरिने उन्यू प्रजातिको निउरोलाई उम्रने सयम, उचाई, रंग र आकारले लुते, माछे, काली निउरो र डौंडे गरी चार प्रकारका हुन्छन । लुते निउरो चैत–वैशाखको सुख्खा बारीको कान्लामा उम्रन्छ । यो निउरो चिल्लो र झुस हुँदैन । वैशाख अन्तिमदेखी जेठसम्म ओसिलो वनजंगलमा पाईने माछे निउरो हो । यो निउरोको मुनाको माथील्लो वेरिएरको भागको दुवैपट्टी कालो भुत्ला टाँसिएको हुन्छ । अचारको रुपमा बढी प्रयोग गरिने माछे निउरो पनि सिजनमा निक्कै विक्रि हुन्छ ।
निउरो तथा डौंडे खानुको फाईदा धेरै छन । पूर्ण जैविक तथा अर्गानिक तरकारी भएकोले विषादी रहित छ । पोषण विदहरुका अनुसार कोलेस्टोर एवं वोसोजन्य पदार्थ नहुने निउरोमा प्रोटिन, कयाल्सियम, भिटामिन ए लगाएत पोषक तत्व पाईन्छ । यो वालबालिका र गर्भवती महिलाकालागी अझ लाभदायक मानिन्छ ।
नेपाली भान्सामा अर्गानिक तरकारी/अचारको रुपमा स्वादमा कहलिएको डौंडे/निउरो टिप्न भने सजिलो हुँदैन । बर्खायामको झरीवालदमा जुकाको टोकाई सहेर खोल्साखाल्सीको झाडिमा पुग्नु पर्छ । सर्पले टोक्न सक्ने र अन्य वन्यजन्तुले आक्रमण गर्न सक्ने जोखिम पनि उत्तिकै हुन्छ । निउरो स्वादिलो वनस्पती भएपनि पकाउन भने सीप चाहिन्छ । पकाउने तरिका नमिल्दा यो टर्रो स्वादको वन्छ । निउरोको तरकारी वा अचार जे पकाउँदा पनि अमिलो भने चाहिन्छ ।
पहाडी क्षेत्रमा मुना टिपेर तरकारी/अचारको रुपमा प्रयोग गरिने उन्यू प्रजातिको निउरोलाई उम्रने सयम, उचाई, रंग र आकारले लुते, माछे, काली निउरो र डौंडे गरी चार प्रकारका हुन्छन । लुते निउरो चैत–वैशाखको सुख्खा बारीको कान्लामा उम्रन्छ । यो निउरो चिल्लो र झुस हुँदैन । वैशाख अन्तिमदेखी जेठसम्म ओसिलो वनजंगलमा पाईने माछे निउरो हो । यो निउरोको मुनाको माथील्लो वेरिएरको भागको दुवैपट्टी कालो भुत्ला टाँसिएको हुन्छ । अचारको रुपमा बढी प्रयोग गरिने माछे निउरो पनि सिजनमा निक्कै विक्रि हुन्छ ।

‘सवैले खेत र खोल्सामा आफै उम्रेको डौंडेको मुल्य महंगो भयो भन्छन । वास्तवमा जुका लाग्ने झाडीमा पसेर सर्प समेत किराले टोक्ने डर मान्दै संकलन गर्यो । फेरै एउटै झाडीबाट भारीका भारी टिप्ने पनि हाईन, खोज्दै दिनभरीमा १२–१५ किलो संकलन गर्यो त्यैपनि महंगो भन्छन’ स्थानीय संकलक गौमति पाईजाले भनिन, ‘वास्तवमा डौंडे/निउरोको अर्गानिक स्वाद चिन्नेकालागी कृषकले वेच्ने मुल्य धेरै सस्ता हो । तर विचौलिया नभै उपभोक्ताको भान्सामा नपुग्ने रहेछ ।’
त्यस्तै जेठ–असारमा पानी नभएको वारीको कान्लामा पलाउने कालो रङको निउरोलाई कालीनिउरो भनिन्छ । कालनिउरीलाई औषधीको रुपमा पनि लिईन्छ । साउन–भदौमा पानी हुने खेतको कान्ला, खोल्सा तथा झाडीमा प्रशस्त पाईने डौंडेको मुनामा झुस पलाएको हुन्छ । यो आकारले मोटो र वोट अरु निउरो भन्दा अग्लो झाडी हुन्छ । मान्छेले मुना भाँचेर खानामा प्रयोग गरेपनि यो वनस्पतीलाई गाई, भैसी, भेडावाख्राले भने खाँदैनन ।
निउरो तथा डौंडे खानुको फाईदा धेरै छन । पूर्ण जैविक तथा अर्गानिक तरकारी भएकोले विषादी रहित छ । पोषण विदहरुका अनुसार कोलेस्टोर एवं वोसोजन्य पदार्थ नहुने निउरोमा प्रोटिन, कयाल्सियम, भिटामिन ए लगाएत पोषक तत्व पाईन्छ । यो वालबालिका र गर्भवती महिलाकालागी अझ लाभदायक छ ।
नेपाली भान्सामा अर्गानिक तरकारी/अचारको रुपमा स्वादमा कहलिएको डौंडे/निउरो टिप्न भने सजिलो हुँदैन । बर्खायामको झरीवालदमा जुकाको टोकाई सहेर खोल्साखाल्सीको झाडिमा पुग्नु पर्छ । सर्पले टोक्न सक्ने र अन्य वन्यजन्तुले आक्रमण गर्न सक्ने जोखिम पनि उत्तिकै हुन्छ ।
निउरो स्वादिलो वनस्पती भएपनि पकाउन भने सीप चाहिन्छ । पकाउने तरिका नमिल्दा यो टर्रो स्वादको वन्छ । निउरोको तरकारी वा अचार जे पकाउँदा पनि अमिलो भने चाहिन्छ ।
कसरी पकाउने डौंडे/निउरोको अचार ?
आवश्यक डौंडे वा निउरोलाई आलुसँगै छोपेर वफाउने । केही वेलपछि आलु र डौंडे वा निउरोलाई छाम्दा ल्याच्च भै पाकेपछि निकाल्ने । आलुको वोक्रा फालेर ठाडो पारेर काट्ने । पाकेको आलु र डौंडे/निउरोमा हरियो खुर्सानी स्वाद अनुसार चिरेर राख्ने । अव भाँगो, तील वा सिलम आदीलाई हल्का भुटेर सिलौटोमा मसिनो गरी पिस्ने वा मिक्सचरमा पिसेर हाल्ने, नुन, वेसार र मसला स्वाद अनुसार मिसाउने । अन्तिममा केही मात्रामा तेल तताई मेथीको दाना केही फुराएर मिसाउने । अन्तिममा चुक अमिलो वा कागती निचोरेर हाल्ने र सवै तिर मरमसला पुग्ने गरी मोल्ने । यो समाचारमा अचार तयार भयो । बजारबाट किनेर ल्याई पकाउने तयारी थाल्नुस ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य



























