FLASH NEWS
  • Loading...

क्षत्री समाज म्याग्दीको अध्यक्षमा कृष्णसिं बानियाँ चयन

  • पुनहिल डट कम
  • १ महिना अघि
  • ३३८ पटक पढिएको
क्षत्री समाज म्याग्दीको अध्यक्षमा कृष्णसिं बानियाँ चयन

क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीको छैटौं जिल्ला अधिवेशनबाट अध्यक्षमा कृष्णबहादुर (कृष्णसिं) बानियाँ निर्विराेध चयन भएका छन ।
शनिवार बेनीस्थित समाजको भवनमा सम्पन्न अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि नयाँ कार्यसमितिकाे वरिष्ठ उपाध्यक्षमा देवेन्द्रबहादुर घिमिरे, उपाध्यक्षमा सन्जु बरुवाल, महिला उपाध्यक्षमा कमला खत्री घर्ती क्षत्री, सचिवमा यामबहादुर बानियाँ, कोषाध्यक्षमा हिराबहादुर कटुवाल, सहसचिवमा सीता थापा कुँबर र सहकोषाध्यक्षमा पवित्रा बोगटी केसी चयन भएकाे निर्वाचन संयोजक मोहन बानियाँले बताए ।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा सुनिता केसी, लक्ष्मी भण्डारी कार्की, सुन्दर केसी, घनश्याम खड्का, नरसिङबहादुर खत्री, दिनेश बानियाँ, विनोद घर्ती, डम्बरबहादुर पाण्डे, भेषबहादुर बानियाँ, विशाल खत्री, मिनबहादुर बानियाँ, दिपेन्द्र न्यौपाने क्षत्री, रुविना कार्की, निशा खत्री बानियाँ, रश्मी भण्डारी कुँबर र विष्णु पाण्डे निर्वाचित भएका छन ।
यसअघि अधिवेशनको क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष रिबबहादुर थापाले उद्घाटन गरेका थिए । अधिवेशन उद्घाटन कर्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, क्षत्री महिला समाजका केन्द्रीय अध्यक्ष उर्मिला खड्का, क्षत्री समाजको गण्डकी प्रदेश अध्यक्ष ईन्द्रमान खत्री, केन्द्रीय सदस्य नवराज भण्डारी, पर्वतका अध्यक्ष सरस्वती भण्डारी, बागलुङ अध्यक्ष रुद्र महत, बेनी नगरपालिका वडानम्बर ७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठ, रघुगंगा गाउँपालिका–२, राखुभगवतीका वडाध्यक्ष अमृत भण्डारी, क्षत्री समाज म्याग्दीका संस्थापक अध्यक्ष एकेन्द्रबहादुर रावल, सदस्य क्याप्टेन टेकबहादुर जिसी, म्याग्दी प्रवासी नेपाली संघ मोनाका संस्थापक अध्यक्ष प्रकाश पुन, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र मुस्लिम समाजका अध्यक्ष रहमद खानले अधिवेशन सफलताकाे शुभकामना दिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल