- Loading...
सरकार असंवैधानिक र अप्राकृतिक– प्रचण्ड
- पुनहिल डट कम
- १ हप्ता अघि
- १०८ पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार असंवैधानिक तथा अप्राकृतिक भएको आरोप दोहोर्याएका छन ।
माओवादी केन्द्र म्याग्दीले मंगलवार सदरमुकाम बेनीमा आयोजना गरेको खवरदारी सभालाई सम्बोधन गर्न आएका अध्यक्ष दहालले झट्ट हेर्दा सरकार दुई ठूला दल मिलेजस्तो देखिएपनि भित्री कुरा दलाल पुँजीपति, विचौलिया, कमिसनखोर र भूमाफियाहरुले मध्यराती ब्यापारीको घरमा तयार पारिएको गठवन्धन मात्र भएको आरोप लगाए ।
‘संविधानको धारा ७६ को २ अनुसार गठन भएको सरकारले विश्वासको मत नपाएपछि स्वतः धारा ७६ को ३ मा जानु पर्नेमा पुनः २ अर्न्तगत नै सरकार गठन हुनु असैवैधानिक छ । फेरी संसारका कहीं कतै पहिलो र दोस्रो दल मिलेर सरकार गठन गरेको रेकर्ड नभएकोले यो अप्राकृतिक पनि हो’ अध्यक्ष दहालले भने, ‘मैले सुरु गरेको भ्रष्टाचार विरुद्धको अभियान, विधुत लगाएत राज्य संयन्त्रमा सुरु गरेको सुशासनको अभियानबाट त्रसित भएको दलाल पुँजीपति, विचौलिया, कमिसनखोर र भूमाफियाले बनाएको गठवन्धन मात्र हो ।’
खवरदारी सभाको ब्यानरमा मिसन ८४ लिएर दहाल प्रचण्डले आफु उमेरले ७० वर्ष नाघेपनि अझै ८–१० वर्ष नेतृत्व गर्ने सक्ने हिक्मत र आँट लिएर देश दौडाहा निक्लेको उल्लेख गर्दै सभामा भने ‘हामीलाई ०६४ सालका जनमत पचेन, भुई छोडियो । आधारभुत समुदाय र तहसँग छुट्यौ । अव गल्ती सच्याउँछौं । गल्ती भयो मौका दिनुस ।’ दहालले थपे, ‘मगर, थारु समेतका विशेष प्रदेश, स्वायत्त प्रदेशको अधिकारका मुद्धा लिएर फेरी फर्कने निर्णय गरेका छौं ।’
त्यस्तै अध्यक्ष दहालले कुलमान घिसिङलाई विधुतमा क्रान्ती ल्याउन सक्ने ब्यक्तिको उपमा दिंदै घिसिङको वचाउ गर्दै हालै नेपाल–भारत–बंगलादेश विचको त्रिदेशिय विधुत ब्यापार सम्झौता आफुले भारत भ्रमणको क्रममा भएको दावी गर्दै हालै भारतीय दुतावासले एक विज्ञप्ती प्रकाशित गरी उक्त कुरा प्रष्ट पारेको पनि दावी गरे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
