FLASH NEWS
  • Loading...

फरक-फरक दुर्घटनामा दुइ जनाकाे मृत्यु

  • पुनहिल डट कम
  • ५ महिना अघि
  • ४५७ पटक पढिएको
फरक-फरक दुर्घटनामा दुइ जनाकाे मृत्यु

सदरमुकाम बेनी नेराेफेराे राती १ बजेकाे वारपर माघ ३ र ४ गते राती फरक-फरक दुर्घटनामा दुइ जनाकाे मृत्यु भएकाे छ ।
हिजाे माघ ४ गते शुक्रवार राती १ बजे बेनीबाट घर फर्कने क्रममा बेनी नगरपालिका, ६ जरवुटामा ग १ ज ५९९१ नम्बरको बोलेरो जीप दुर्घटनाग्रस्तहुँदा चालक सोही ठाउँका ३५ बर्षिय तेजेन्द्र खत्रीको मृत्यु भएको छ ।
राती नै अन्य दुई यात्रुसहित घर फर्कनेक्रममा जरवुटाको घुम्तीमा जीप भित्तामा ठोक्किएर सडकमा पल्टिएको र तत्काल उद्धारगरी बेनी अस्पतालमा पुर्‍याएकोमा उपचारक्रममा खत्रीको राती १.३७ बजे मृत्यु भएको म्याग्दी प्रहरीले जनाएको छ । खत्रीकाे शव पाेष्टमार्टमकालागी बेनी अस्पतालमा राखिएकाे छ ।
त्यसैगरी माघ ३ गते राती १.३० बजे बेनीबाट पर्वतको जलजला गाउँपालिका, २ मल्लाज घर जानेक्रममा भुर्तुलाको भीरमा ग ५ प ४५५६ नम्बरको पल्सर मोटरसाईकल दुर्घटनाहुँदा सवार का २३ बर्षिय मनिस परियारको मृत्यु भएको थियो ।
दुर्घटनामा गम्भीर घाईते परियारलाई स्थानीयले उद्धारगरी बेनी अस्पतालमा पुर्‍याएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।
सदरमुकाम बेनीमा जारी आठौं म्याग्दी महोत्सवका साँगेतिक कार्यक्रमहरु राती ११.३० बजेसम्म जारी रहनु, महोत्सव मदिरामय हुनु र दुवै सवारी दुर्घटनाका मृतकहरु बेनीबाट घर फर्कनेक्रममा दुर्घटना हुनु संयोग मात्र नहुन सक्छ । हाे भन्ने अाधार पुष्टी भएकाे छैन ।
‘हिजो म्याग्दी र अस्ती पर्वतको भुगोलमा तर बेनीदेखी नजिकैको दुरीमा करिव उस्तै समयमा दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन । महोत्सवको साँगेतिक कार्यक्रम सकिने र दुर्घटना हुने समयावधी हेर्दा मिल्दोजुल्दो देखिएपनि महोत्सव नै कारक हो भन्न सकिएन । घट्नाको अनुसन्धान सुरु गरेका छौं’ जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठले भने, ‘अनुमानको भरमा कुनै निकायलाई आरोपित गर्नु उपयुक्त हुँदैन, अनुसन्धानबाट सवै खुल्ला ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल