FLASH NEWS
  • Loading...

म्याग्दी महोत्सवकाे ८० प्रतिशत तयारी पुरा

  • पुनहिल डट कम
  • ११ महिना अघि
  • ७०० पटक पढिएको
म्याग्दी महोत्सवकाे ८० प्रतिशत तयारी पुरा

अगामी आइतवार देखी माघ ८ गतेसम्म सदरमुकाम बेनीमा संञ्चालन हुन लागेको आठौं म्याग्दी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
महोत्सवको मुख्य आयोजक म्याग्दी उद्योग वाणिज्य संघका अनुसार स्टल निर्माण, वुकिङ, कलाकार ब्यवस्थापन, मञ्च निर्माण र सेटिङ समेत ब्यवस्थापकिय पक्षमा ८० प्रतिशत तयारी पुरा भएको छ । महोत्सवमा रहने कुल २ सय ३० वटा स्टलमध्य ब्यवसायीक प्रयोजनकालागी ६४ वटा, होटल/रेष्टुरेन्ट तर्फ २३ वटा रेष्टुरेन्टले ९२ वटा स्टल वुकिङ भएका गरेका छन । केही स्टल प्रायोजक, सहयोगी, स्थानीय सरकार, संघसंस्थाकालागी निःशुल्क उपलब्ध गराईने छ ।
मुख्य आयोजक उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठका अनुसार महोत्सवको महत्वपूर्ण आर्थिक पक्ष तर्फ प्रायोजक, सहयोगहरु अपेक्षित रकम जुटेको छ । केही जुट्नेक्रममा छ । स्टल ब्यवस्थापन, सजावल, मञ्च ब्यवस्थापन, कलाकार ब्यवस्थापन, झाँकी तथा खेलकुदका कार्यक्रम तय भै सोही अनुसारको तयारी अन्तिम अवस्थामा पुगेको छ ।


प्राचिन ‘रेशमी उपमार्ग’ र ‘साल्ट ट्रेड रुट’ को रुपमा परिचित कालीगण्डकी करिडोरको एक प्रमुख ब्यापारिक केन्द्र बेनीको महत्वलाई झल्काउने तथा आन्तरिक प्रर्यटन बढाउन भन्दै म्याग्दी उद्योग वाणिज्य संघले आगामी आईतवारदेखी ‘प्रदेश स्तरीय कृषी, पर्यटन, औधोगिक ब्यापार मेला, ०८१ तथा म्याग्दी महोत्सव’ आयोजना गरेको छ ।
उद्योग वाणिज्य संघको नेतृत्वमा आयोजना हुन लागेको महोत्सवमा एक लाख आन्तरिक तथा बाहृय पर्यटक भित्राउने लक्ष्य रहेको छ । ‘महोत्सवको आफ्नै ब्यापारिक महत्व छ’ म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले भने, ‘साना, लघु, मझौला उद्योग, जडिबुटीमा आधारित उद्योग ब्यवसाय, शिक्षा, कलासंस्कृति र पर्यटनमा भित्राउन र पर्वद्धन गर्न महोत्सव आयोजना गरिएको हो ।’


बेनी–जोमसोम–कोरला सडक मार्ग निर्माणसँगै फेरिएको प्राचिन ‘रेशमी मार्ग’को बदलिँएको स्वरुप तथा चीनसँग भएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सम्झौताबाट कालीगण्डकी करिडोरमा लिन सकिने फाईदाबारे अवगत गराउन म्याग्दी व्यापार महोत्सव गर्न लागेको आयोजकले जनाएका छन ।
महोत्सवमा रेशमी मार्ग र साल्ट ट्रेड रुटको फेरिएको महत्वमा छलफल बाहेक विभिन्न खेलकुद प्रतियोगिता, दोहरी गित, स्थानिय लोकसंस्कृति र भेषभुषा समेतको झाँकी, जिल्ला चिनाउने फोटो एवं बृत्तचित्र पर्दशनी, स्थानिय कृषी, लघु उद्यमका समाग्री स्थानिय खानीबाट निकालिएका कच्चा तामाहरु, स्लेट ढुङ्गालगाएतका सामाग्रीलाई प्रर्दशनी गरिने उपाध्यक्ष शाक्यले बताए ।
दुई नदीको निरन्तर कटानले त्रिकोणाकार रुपमा अवस्थ्ति बेनी क्षेत्रफल सानो भएपनी इतिहाँस भने लामो छ । प्राचिन समयमा भारत–भोट व्यापारको केन्द्र रहेको बेनी चौविसे राज्य पर्वतको राजधानी थियो । चौविसे राज्यको राजधानी रहेको समयावधिलाई यो बजारको स्वर्णकाल मानिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र