- Loading...
२२ औं जेसीज कप फुटबल प्रतियोगिता उद्घाटन

- पुनहिल डट कम
- १ साल अघि
- २७४ पटक पढिएको
म्याग्दी सदरमुकाम बेनीमा २२ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिता उद्घाटन भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै बेनी नगरपालिकाका मेयर सुरत केसी र अायाेज म्याग्दी जेसिजका अध्यक्ष दिनेश बानियाँले संयुक्त रूपमा दीप प्रज्वलनगरी उद्घाटन गरे ।
जिल्लामा विद्यालय तहमा लोकप्रिय अन्तरमावि जेसिजकप फुटवल प्रतियोगिताको मंगलवारदेखी सुरू भै शनिवार सम्म सञ्चालन हुने छ । प्रतियोगितामा जिल्लाका विभिन्न २० विद्यालयले सहभागिता जनाएका छन् ।
प्रतियेगिता सन् २००४ मा तत्कालिन नेकपा माेवादीले बेनी अाक्रमण गरेपछि र सन् २०२० मा काेराेना कहरकाे कारणले राेकिएकाे थियाे ।
प्रतियोगितामा बिजेतालाई नगद रु ५२ हजार २२२ को साथमा रनिङशिल्ड, ट्रफि, मेडल, प्रमाणपत्रद्धारा पुरस्कृत गरिने म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेश बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार उप–बिजेता विद्यालयलाई ट्रफि,मेडल,प्रमाणपत्र र नगद रु.३२ हजार,२३२ पुरस्कार प्रदान गरिनेछ ।
त्यसैगरी प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट मिड्फिल्डर , राईजिङ्ग प्लेयर, उत्कृष्ट कोचलाई जनही नगद रु.२ हजार ५०० को साथमा अवार्डद्धारा पुरस्कृत गरिनेछ । त्यसैगरि अनुशासित टिमलाई ट्रफि,प्रमाणपत्र र नगद रु.५ हजार तथा सेमि फाईनलिष्ट २ टिम लाई नगद रु.५ हजार पुरस्कार र प्रत्येक खेल मा म्यान अफ द म्याच घोषित गरि सम्मान गरिने म्याग्दी जेसीजले जनाएको छ ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























