- Loading...
म्याग्दीको गलेश्वरधाममा विहानै देखी सतवीज छर्नेको भीड
- घनश्याम खड्का
- २ महिना अघि
- १६१ पटक पढिएको

बेनी नगरपालिका, ३ गलेश्वरधाम स्थित गलेश्वरमन्दीर परिसरमा विहानै देखी सतवीज छर्नेको भिड लागेको छ ।
नेपालकै प्रसिद्ध तिर्थस्थलमध्यको एक म्याग्दीको गलेश्वरधाममा हजारौं झक्तजनले हिन्दु धार्मिक विश्वास अनुसार सतबिज छर्नेत्रम विहानैदेखी जारी छ । सतविज छर्न जिल्लाबाहेक बाग्लुङ्ग, मुस्ताङ्ग, पर्वत, कास्कीपोखरा, तनहुंबाट समेत ठुलो संख्यामा भक्तजन आएका छन । धेरै झक्तजनले गलेश्वर मन्दीरमा वसाहको मुत्ति चढाउन बाजागाजा र भजनकिर्तनसहित आईरहेका छन ।
‘विहान ४ बजेदेखी नै भक्तजनहरु सतवीज छर्न गलेश्वरमन्दीर परिसरदेखी तल कालीगण्डकी नदी किनारासम्मै निरन्तर भिड लागेको छ । टाढाबाट आउने भक्तजन दिउँसो तीन वजेसम्मै आउने गर्छन’ गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले भने, ‘भक्तजनहरु रातभर गलेश्वरमन्दीरमा अखण्ड भजनकिर्तन र धुपदीप प्रज्वलनगरी जाग्रामबस्ने चलन छ ।’ रेग्मीले थपे, ‘गलेश्वरमा राेट चढाए मनाेकाँक्षा पुरा हुने गहिराे जनविश्वास पनि रहीरहेकाे छ ।’
मुक्तिद्वारको रुपमा परिचित कालीगण्डकी नदी किनाराका चार प्रमुख तीर्थस्थल मध्यको एक गलेश्वरमा बिहानै देखी कालीगण्डकी नदीमा नुहाएर सेलेस्मान्तक वन, गलेश्वर मन्दिर क्षेत्रमा सतबिज छर्नेको घुईचो लागे छ ।
स्कन्दपुराणमा सतीदेवीको मृत्यु पश्चात उनको मृत शरीर लिएर शिव कालीगण्डकी नदी किनारै किनार कैलाश पर्वंत तर्फ हिंडिरहेका बेलामा सतीदेवीको गलापतन भै त्यहाँ गलेश्वर महादेव उत्पन्न भएको उल्लेख छ ।
गलेश्वरधाम नेपालकै एक प्रसिद्ध तिर्थ मध्यको एक धाम हो । गलेश्वर मन्दीरको मुख्य आर्कषण ज्योर्तिलिङ्ग हो । उक्त शिव लिंङ्ग गरेको गलेश्वर मन्दीर एउटै विशाल ढुङ्गामाथी रहेको छ । गलेश्वर मन्दिर परिसर भित्रै चट्टान वीच लाम्चो आकार परेको एक जल कुण्ड छ । ढुङ्गाको विचमा स्वनिर्मित तलाउको पानी हिउँद/बर्खा एक नास रहनु नै हो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
