FLASH NEWS
  • Loading...

म्याग्दीको गलेश्वरधाममा विहानै देखी सतवीज छर्नेको भीड

म्याग्दीको गलेश्वरधाममा विहानै देखी सतवीज छर्नेको भीड

बेनी नगरपालिका, ३ गलेश्वरधाम स्थित गलेश्वरमन्दीर परिसरमा विहानै देखी सतवीज छर्नेको भिड लागेको छ ।
नेपालकै प्रसिद्ध तिर्थस्थलमध्यको एक म्याग्दीको गलेश्वरधाममा हजारौं झक्तजनले हिन्दु धार्मिक विश्वास अनुसार सतबिज छर्नेत्रम विहानैदेखी जारी छ । सतविज छर्न जिल्लाबाहेक बाग्लुङ्ग, मुस्ताङ्ग, पर्वत, कास्कीपोखरा, तनहुंबाट समेत ठुलो संख्यामा भक्तजन आएका छन । धेरै झक्तजनले गलेश्वर मन्दीरमा वसाहको मुत्ति चढाउन बाजागाजा र भजनकिर्तनसहित आईरहेका छन ।

‘विहान ४ बजेदेखी नै भक्तजनहरु सतवीज छर्न गलेश्वरमन्दीर परिसरदेखी तल कालीगण्डकी नदी किनारासम्मै निरन्तर भिड लागेको छ । टाढाबाट आउने भक्तजन दिउँसो तीन वजेसम्मै आउने गर्छन’ गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले भने, ‘भक्तजनहरु रातभर गलेश्वरमन्दीरमा अखण्ड भजनकिर्तन र धुपदीप प्रज्वलनगरी जाग्रामबस्ने चलन छ ।’ रेग्मीले थपे, ‘गलेश्वरमा राेट चढाए मनाेकाँक्षा पुरा हुने गहिराे जनविश्वास पनि रहीरहेकाे छ ।’
मुक्तिद्वारको रुपमा परिचित कालीगण्डकी नदी किनाराका चार प्रमुख तीर्थस्थल मध्यको एक गलेश्वरमा बिहानै देखी कालीगण्डकी नदीमा नुहाएर सेलेस्मान्तक वन, गलेश्वर मन्दिर क्षेत्रमा सतबिज छर्नेको घुईचो लागे छ ।


स्कन्दपुराणमा सतीदेवीको मृत्यु पश्चात उनको मृत शरीर लिएर शिव कालीगण्डकी नदी किनारै किनार कैलाश पर्वंत तर्फ हिंडिरहेका बेलामा सतीदेवीको गलापतन भै त्यहाँ गलेश्वर महादेव उत्पन्न भएको उल्लेख छ ।
गलेश्वरधाम नेपालकै एक प्रसिद्ध तिर्थ मध्यको एक धाम हो । गलेश्वर मन्दीरको मुख्य आर्कषण ज्योर्तिलिङ्ग हो । उक्त शिव लिंङ्ग गरेको गलेश्वर मन्दीर एउटै विशाल ढुङ्गामाथी रहेको छ । गलेश्वर मन्दिर परिसर भित्रै चट्टान वीच लाम्चो आकार परेको एक जल कुण्ड छ । ढुङ्गाको विचमा स्वनिर्मित तलाउको पानी हिउँद/बर्खा एक नास रहनु नै हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र