- Loading...
ओमकुमारी शान्ति कोषको अध्यक्षतामा खत्री

- पुनहिल डट कम
- १ साल अघि
- २६३ पटक पढिएको
ओमकुमारी शान्ति कोष म्याग्दीको शनिबार सम्पन्न पाँचौ अधिवेशनबाट सन्दिप खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
कस्तुरी वहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारी दाेहाेरिएकाे कोषका बरिष्ठ उपाध्यक्षमा खम थापामगर, प्रथम उपाध्यक्षमा लोकेश पुनमगर, महासचिवमा बिनय श्रेष्ठ, कोषाध्यक्षमा दिपक श्रेष्ठ र सचिवमा नेत्रराज सुवेदी चयन भएका छन ।
त्यसैगरी सदस्यहरुमा टकसरा राना, मिना राम्जाली, राजेन्द्र आचार्य, कृष्ण जिसी, नन्दु पाइजा, कमल खत्री, सन्तोष गौतम र विरेन्द्र श्रेष्ठ चयन भएका छन । र काेषकाे अक्षय काेष रकम साेही सहकारीमा राखिएकाे सार्वजनिक अार्थिक प्रतिवेदनमा उल्लेख छ ।
अधिवेशनमा पेश गरिएको आरपी शर्मा एण्ड एशोसियटले गरेको अडिट रिपोर्ट अनुसार कोषको अक्षय कोषमा १ करोड ३६ लाख ७६ हजार २ सय ६९ रुपैयाँ नगद मौजाद रहेको र हाल उक्त कोषको रकममध्य ग्लोवल आइएमइ बैंकमा ६३ हजार २ सय ६० रुपैयाँ बाहेक सवै रकम कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थामा रहेको उल्लेख गरेको छ ।
बोनम्यारो रोगबाट थलिएकी बेनी नगरपालिका–४ की ओमकुमारी पुन (शान्ति)को उपचारका क्रममा निधन भएपछि उहाँको उपचारका लागि दाताले दिएको खर्च हुन बाँकी रकमबाट वि.स. २०७१ मा कोष स्थापना गरिएको थियो ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























