FLASH NEWS
  • Loading...

धौलागिरीमा मृत पाँच पर्यटकको शव झिक्ने संभावना क्षीण

धौलागिरीमा मृत पाँच पर्यटकको शव झिक्ने संभावना क्षीण

धौलागिरी प्रथम हिमालको ७ हजार एक सय मिटर उचाईमा मृत भेटिएका ५ जना रसियन पर्यटकको शव झिक्ने संभावना क्षीण बन्दै गएको छ ।
उद्धारकर्तामा खटिएका अनुसार सात हजार प्लस उचाईको भिरालो र अप्ठ्यारो स्थानमा अड्केको कारण हेलिकोप्टर ल्याण्डगरी शव झिक्न संभव नभएपछि शव उठाउन र ल्याउन समस्या भएको हो । उनीहरु असोज २० गते राती ११ बजेदेखी सम्पर्क विहीन बनेका थिए । खाेजी क्रममा असाेज २२ गते शव देखिएकाे थियाे ।
‘असोज २२ गते धौलागिरीमा पहिलो रेकीमै शव एकै स्थानमा देखियो । अनि मृत भेटिएका रसियन पर्यटकको शव उठाउन दुई पटक प्रयास गरें । तलबाट हेर्दा सम्म परेको जस्तो देखिएपनि शव रहेको स्थानमा धेरै भिरालो र हाईटमा भएकोले हेलिकोप्टर ल्याण्ड गराउन र उद्धारकर्ता हिंडेर शव ल्याउन सकिने अवस्था रहेन’ उद्धारमा खटिएको प्रभु हेलिकोप्टरका पाईलट शोभित गौचनले भने, ‘शव झिक्न ३ करोडबढीको अफर छ, पाईलटलाई मात्र २० लाख दिन्छौं भनेको थिए तर शव अप्ठ्यारो ठाउँमा रहेकोले संकलन संभव भएन ।’
हिमाली क्षेत्रको हाई रिक्स क्षेत्रमा उडान भर्ने पाईलटमध्यका पाईलट मध्यका गौचनले थपे, ‘हिमालको उच्च र हाईरिक्स क्षेत्रमा उडान भर्ने र रेस्क्यु गर्ने पाईलट म मात्र हो, मैले पनि सकिन । अर्को विकल्प कम्पनीलाई सुझाएको छु, डोरीमा झुण्डीएर शव संकलन प्रयास गर्ने नत्र उद्धारकर्ता हिंडेर पुग्ने र शव उठाएर ल्याउन पनि तत्कालकालागी प्रायः असम्भव देखिन्छ ।’
धौलागिरी प्रथम आरोहण गर्ने क्रममा रसियन आरोही एलेक्सज्याण्डर डस्सिको, ओलेक क्लोब्भ, सिस्टीकोभ भाल्दमिर, नोसेन्को मिखाइल र एसएचपिलेभोर्सको टिम एउटै क्लाईम्बिङ रोव (हिमाल चढ्ने डोरी)मा बाँधिएर एक साथ हिमाल आरोहण सुरु गरेका थिए ।
सहयोगी र अतिरिक्त अक्सिजन विना आरोहणमा निक्लेको यो समुहले एउटै डोरीमा बाँधिएर पहिलोले अगाडी रोव फिक्स गर्ने (डोरी गाड्ने) क्रमशः दोस्रो, तेस्रो माथी चढ्दै डोरी गाड्दै त्यही डोरीमा झुण्डीएर माथी चढ्दै थिए । ८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरीको चुचुरोमा पुग्नु भन्दा एक सय ६७ मिटर तल पुगेपछि उनीहरु थाकेको वा अगाडीको डोरी राम्रोसँग नगाडिएकाले उक्किएर सवै एकसाथ खसेको हुन सक्ने आरोहण गाईडहरुले अनुमान गरेका छन ।
विभागका अनुसार धौलागिरी आराोहणकालागी १४ जना रसियन आरोही सम्मिलित टोली मध्य ८ जना र ६ जनाको दुई टोली बनाई आरोहण सुरु गरेको थियो । आरोहण समुहकै पहिलो टिमका डेनिस एलेक्सोन्को र आर्टस्योम तेसेन्त्सेभिल्स्कीले धौलागिरीको सफल आरोहण गरेका थिए । दोस्रो समुहका ६ जनाले धौलागिरी हिमालको टुप्पो नजिक पुगेपछि दुर्घटनामा परेको थियो । ६ जनामध्यपनि एक जना थाकेर हिंड्न नसकेपछि समुहको डोरी छुटाएर एक्लै तल फर्केका थिए । जो घाईते अवस्थामा उद्धार गरिएको छ ।
हिमालहरुको अति भिरालो भूगोल हुने र उचाईमा मानिसहरुले भार बोक्न सक्ने क्षमतामा हस अउने भएकोले शव उठाउन निक्कै कठिन हुन्छ । अहिले भेटिएका पर्यटकको शव अझ अप्ठ्यारो स्थानमा अड्केकोले शव ल्याउन थप समस्या भएको हो ।
‘धौलागिरी हिमालामा मृत फेला परेका ५ जना रसियन पर्यटकको शव झिक्न अहिले कुनै प्रयास भएको जानकारी हामीलाई आएको छैन’ जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठले भने, ‘कम्पनीहरुले हामीलाई खवर नगरी उद्धारकर्ताहरु हिमालमा हिंडेर गएको भए बाहेक जानकारी छैन ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र