FLASH NEWS
  • Loading...

भगवतीकोटमा राँगो मार हान्न चार लाख ७१ हजार वोलकवोल

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • १५११ पटक पढिएको
भगवतीकोटमा राँगो मार हान्न चार लाख ७१ हजार वोलकवोल

नवदुर्गा भगवती मन्दीर शक्तिपीठमा पशु वली दिने हिन्दु धार्मिक परम्परा अनुसार म्याग्दीको रघुगंगा गाउँपालिका, २ स्थित भगवतीकोट मन्दीरमा वली चढाईने सरकारी राँगो मार हान्न (काट्न) चार लाख ७१ हजार रुपैयाँ वोलकवोल भएको छ ।
प्रतिस्पर्धामा सवै भन्दा बढी रघुगंगा गाउँपालिका, ३ कलेजवाङका सोवित भण्डारीले पुजा ब्यवस्थापन समितिलाई कवोल गरेको ४ लाख ७१ हजारु रकम नगद दाखिला गरेपछि नवदुर्गालाई वली चढाईने राँगो मार हान्ने पक्का गरिएको हो । भण्डारीलाई रघुगंगा गापाा, २ कटुवालटोलका रमेश कटुवालले चार लाख ५० रुपैयाँ बोलेर पछ्याएका थिए ।
‘यो यस क्षेत्रकै एतिहाँसिक कोट मन्दीर हो । यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास भएकोले दुर्गाभगवतीलाई वली चढाईने राँगो मार हान्न ठूलो हानथाप नै हुन्छ’ रघुगंगा गापा, २ का वडाध्यक्ष अमृत भण्डारीले भने, ‘बाईसे/चौविसे राज्यकालदेखी यहाँको कोटमन्दीरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ ।’
भगवतीकोट मन्दीर पुजा ब्यवस्थापन समितिले सरकारी राँगोको मुल्य ५० हजार रुपैयाँ तोकेको थियो ।
कालरात्रीको राती १२ बजे भगवती मन्दीरमा ‘निमको पाठो’ वली दिन त्यसक्षेत्रका हजारौं सर्वसाधारण कोटमन्दीरमा भेला हुने प्रचलन छ ।
जिल्लामा ‘धजाअक्षेता’ शिर्षकमा सरकारी खर्च आउने यो एक मात्र कोटमन्दीर हो । गुठी संस्थानले मालपोत कार्यालय मार्फत हरेक बर्षको दशैंमा ‘धजाअक्षेता’ खर्च पठाउने गरेको छ ।
कोटमन्दीरमा कालरात्रीको दिन नीमको पाठो वली चढाउनु पुर्व खुल्ला रुपमा ‘सरकारी राँगो मार हान्न’ बढीबढाउ गरिन्छ । राखुभगवती कोट मन्दीरमा निर्धारित १ घन्टाको समयावधीमा बढीबढाउ क्रम चल्छ । मार हान्न इच्छुहले समितिमा नाम लेखाउनु पर्छ । सोही अनुसार सूचिकृत भएका ब्यक्तिहरुले पालोपालो रकम बोलकवोल गर्ने र जस्ले धेरै रकम बोल्छ उसैले राँको काट्न दिने गरिन्छ ।
बढी रकम तिरेका भण्डारीले आज नवमीको दिन दिउँसो डाँडामा घाम डुब्ने वेला (३–४ बजे) विचमा राखुभवतवी कोट मन्दीरको मौलोमा सरकारी राँगो मार हान्ने छन । यहाँको कोट मन्दीरमा राँगाको वली दिएको हेर्न रघुगंगा गाउँपालिका १–४ वडासम्मका हजारौं श्रदालुहरु पुग्छन ।
त्यसस्तै सरकारी राँगो मार हान्न उत्तरी क्षेत्रको अन्नपूर्ण गाउँपालिका, ६ घार, बेनी नगरपालिका, २ गौस्वारा र धवलागिरी गाउँपालिका, ७ स्थित ताकम कोट मन्दीरमा पनि वोलकवोल गर्ने गरिन्छ । तर यहाँको मन्दीरमा राखु भगवती मन्दीरमा जस्तो महंगो मुल्य तोक्ने गरिन्न ।
तत्कालिन राजा गिर्वाणयुद्ध विक्रम शाहकी रानी सूवर्णप्रभा तीर्थाटनका लागि मुक्तिनाथ आउँदा मुक्तिनाथ मन्दिरको नियमित पूजा सञ्चालनार्थ म्याग्दीको राखु पिप्ले, भगवती, मौवाफाँट, कटुवाल थर र दोवामा २८ हजार ८ सय ९३ रोपनी ९ आना,एक पैसा, एक दाम ( २८८९३–९–१–१ ) क्षेत्रफलको जग्गा गुठी राखी राखुका सुवेदीहरुलाई सदाका लागि मुक्तिनाथ मन्दिरका पूजारी तोकी दिएकी थिइन । सोही समयदेखी यहाँको भगवती कोट मन्दीरमा पनि पुजा संञ्चालन खर्च आउने थोको हो । पछिल्ला बर्ष गुठी संस्थालन धजाअक्षेता खर्च भनी हरेक बर्ष दशैंमा तीन हजार पठाउने गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल