FLASH NEWS
  • Loading...

ज्ञानोदय माध्यमिक विद्यालयले मनायाे ६० औँ बार्षिकाेत्सव

  • पुनहिल डट कम
  • ९ महिना अघि
  • २९५ पटक पढिएको
Post Thumbnail

रघुगंगा गाउँपालिका–३ मौवाफाँट स्थित ज्ञानोदय माध्यमिक विद्यालयले शुक्रवार ६० औँ बार्षिकाेत्सव मनाइएको छ ।

वार्षिकाेत्सव कार्यक्रममा रघुगंगा गाउँपालिका– ३ का वडा अध्यक्ष खिम बहादुर शाहीले  उद्घाटन गरे ।

 

ज्ञानोदय मावि रघुगङ्गा गाउँपालिका भित्रका विद्यालयहरूमा एसइई परिक्षामा लगातार उत्कृष्ट नतिजा सफल रहेकाे विद्यालयले जनाएकाे छ ।

कार्यक्रममा रघुगंगा गाउँपालिका–२ भगवती घर भइ हाल दुबइमा व्यवसाय गर्दै अाएका प्रकाश कार्कीले ज्ञानाेदय माविमा संञ्चालित दृष्टिविहिन स्रोत कक्षा सञ्चालनर्थ स्थापित अक्षयकोषमा एक लाख नगदर सहयाेग गरेका छन। सहयोग रकम कार्कीको आमा नैनकली कार्की र दिदी सुनिता भण्डारीले उक्त सहयोग विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदी र प्रअ विजय शर्मालाई हस्तान्तरण गरेका थिए । साे अवसरमा कार्कीले परिवारले दृष्टिविहिन विद्यार्थीहरुलाई न्यानो कपडा समेत वितरण गरेका थिए ।

साेही अवसरमा बेनीका पुस्तक ब्यवसायी सगुन स्टेशनरीका ठाकुर शर्माले एक लाखबढी सहयाेग गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदीले विद्यालयको शैक्षिक र भौतिक सुधारको क्षेत्रमा समुदाय, सरोकारवाला र सहयोगदाताहरुको सहयोगले अगाडी बढेको बताउँदै सरकारी तवरबाट विद्यालय उपेक्षामा परेको गुनासाे गरे।

कार्यक्रममा विद्यालयका पूर्व प्रध्यानअध्यापक तथा हाल सल्लाहकार निलकण्ठ सुवेदी, शिक्षक अभिभावक संघका अध्यक्ष रमेश सुवेदी, चन्दादाता ठाकुर प्रसाद शर्मा, राहुघाट हाइड्रोका प्रशासन प्रमुख रविन्द्र आले, पवित्र आमा समूहका उपाध्यक्ष कमला शर्मा लगायतले मन्तव्य राखे ।

कार्यक्रममा विद्यालयका शिक्षक र विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । विद्यालयका प्रअ बिजय शर्माले विद्यालयको बार्षिक प्रगति र आगामी कार्ययोजना प्रस्तुत गरे । व्यवस्थापन समितिका सदस्य कमला केसीले स्वागत र विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक अर्जुन पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल