FLASH NEWS
  • Loading...

लेक लागेर मुस्ताङमा ११ जनाको ज्यान गयाे

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • ९६ पटक पढिएको
लेक लागेर मुस्ताङमा ११ जनाको ज्यान गयाे

चालु वर्षको पछिल्लो ९ महिनामा हिमालपारीको जिल्ला मुस्ताङ घुम्न/तीर्थाटन गर्न आएका ११ जनाले लेक लागेर ज्यान गुमाएका छन ।

मृत्यु हुनेमा अधिकांशले २५ सय मिटर माथीको भुगोलमा भ्रमण गर्दा कम्तीमा एक रात वातानुकुलित हुनु पर्ने समेतका आधारभुत सावधानीमा नअपनाउँदा लेक लागेको थियो । मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको संख्या बढेसँगै लेक लागेर ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार चालु वर्षको पछिल्लो चैत मसान्तसम्ममा मुस्ताङ घुम्न आएका ११ जनाले लेक लागेर ज्यान गुमाएकाे छ। चैत महिनामा मात्र ६ जना तीर्थयात्रु/पर्यटकको मुस्ताङमा लेक लागेर ज्यान गएको हाे । अभिलेख अनुसार गर्त वर्ष मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आएका १२ जनाको लेक लागेर मृत्यु भएको थियो ।


त्यसैगरी प्रहरी अभिलेख अनुसार गत वर्ष आव ०७९/८० मा मुस्ताङ घुम्न आएका विभिन्न देशकागरी १२ जना तीर्थयात्रु/पर्यटकको लेक लागेर मुत्यु भएको थियो । आव ०७८/०७९ मा लेक लागेर ज्यान नुमाउनेको संख्या ६ जना थिए । पछिल्लो तीन वर्षमा मुस्ताङ आएका २० जना भारतिय, ७ जना नेफाली, एक थाईल्याण्ड र एक युक्रेनीगरी २९ जनाले लेक लागेर ज्यान गुमाएका छन । मृत्यु हुनेमा अधिकांश ६० बर्ष माथीका छन ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरिक्षक भाेजराज पाण्डेका अनुसार  तल्लो क्षेत्रबाट गाडीमा एक्कासी ३ हजारबढी उचाईमा पुग्दा स्वासप्रश्वास र श्वास्थयमा समस्या हुने र मृत्यु हुने गरेको छ । चालु वर्षको पछिल्लो ९ महिनासहित दुई वर्षमा लेक लागेर मृत्यु हुने मध्य ११ जनालाई रानीपौवादेखी मुक्तिनाथ मन्दीरमा पुग्दासम्म लाग्ने गरेको छ ।
रानीपौवा मुक्तिनाथमुनी रहेको वसपार्क क्षेत्र हो । रानीपौवामा गाडीवाट ओर्लेर पैदल मुक्तिनाथ मन्दीर चढ्नु पर्ने भएकोले सोही समयमा तीर्थीयात्रुलाई लेक लाग्ने गर्छ । मुस्ताङ घुम्न वा तीर्थाटनमा आएका पर्यटकहरुले जोमसोम वा कागवेनीमा एक रात बसेर मौषमसँग घुलमिल भै अर्को दिन माक्र मुत्तिनाथ उक्लनु पर्नेमा ट्राभल कम्पनी/गाडीवालाहरुले यात्रुलाई पोखरा वा सो भन्दा तलको हावापानीबाट सोझै मुक्तिनाथ गाडीमा पुर्‍याएर ओराल्ने गरेकोले लेक लाग्ने समस्या आउने गरेको डिएसपी पाण्डेले बताए ।