FLASH NEWS
  • Loading...

अस्ताए प्रकट पगेनी

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • ७४ पटक पढिएको
अस्ताए प्रकट पगेनी

रसिक गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को मंगलबार मृत्यु भएको छ । जण्डीस र निमोनियाबाट पीडित उनको पोखराको मनिपाल शिक्षण अस्पतालमा भेन्टीलेटरमा राखेर उपचार भइरहेको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताएका छन । प्रकट ७० वर्षका थिए । प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’जस्ता गीत चर्चित छन् ।

पौडेलका अनुसार उनको भोली बुधवार मध्यान्ह १२.१० बजे मनिपाल शिक्षण अस्पतालबाट शवयात्रा सुरु गरी फुलबारी घाटमा अन्त्येष्टी गरिने छ । प्रकटलाई स्वास्थ्यमा एक्कासी समस्या आएपछि सोमबार अस्पताल ल्याइएको थियो । उनको उपचारमा आर्थिक अभाव भएपछि पोखरेली युवा सांस्कृतिक परिवारले २५ हजार रुपैयाँ राखेर उपचार कोषको स्थापना गरेको थियो ।