FLASH NEWS
  • Loading...

माओवादी केन्द्रमा एक ब्यक्ति एक पद, रेशमकाे जिम्मेवारी अव केसीलाइ

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • ७९ पटक पढिएको
माओवादी केन्द्रमा एक ब्यक्ति एक पद, रेशमकाे जिम्मेवारी अव केसीलाइ

नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति म्याग्दी गण्डकी प्रदेशका पूर्व मन्त्री रहेका रेशमबहादुर जुग्जालीले संम्हाल्दै अाएको संयोजक पद खाेसेर सेरबहादुर केसी र सचिवमा कुशल पौडेल चयन गर्न प्रदेश तथा केन्द्रीय कमिटीमा शिफारिस गरेकाे छ ।

माअाेवादी केन्द्रले जनप्रतिनिधि र पार्टीकाे जिम्मेवारीमा फरक फरक ब्यक्ति हुनु पर्ने र एक ब्यक्ति एक पदकाे निती अख्तियार गरेपछि दुइ वर्षदेखी जुग्जालीले संहाल्दै अाएकाे संयाेजक पदमा केसीलाइ चयन गरिएकाे हाे । सचिव रहेका केसी संयाेजक बनेपछि केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज रहेका गाेविन्द पाैडेल पुत्र कुसल पाैडेल सचिवमा बढाेत्तरी भएका छन ।

सोमबार बसेको माओवादी केन्द्र म्याग्दीको विस्तारित बैठकले समन्वय समितिको संयोजकमा केसी र सचिवमा पौडेललाई चयन गर्न सिफारिस गरेकाे जनाएकाे छ ।