FLASH NEWS
  • Loading...

हेम्जा बस दुर्घटनामा घाइते म्याग्दी दरवाङका पुनको उपचारक्रममा मृत्यु

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • २८३ पटक पढिएको
हेम्जा बस दुर्घटनामा घाइते म्याग्दी दरवाङका पुनको उपचारक्रममा मृत्यु

गत चैत २९ गते बुधबार काठमाण्डौदेखि म्याग्दीको दरबाङ आउँदै गरेको ग २ ख १६३० नम्बरको बस कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जाको सुइखेतमा दुर्घटनाग्रस्त हुँदा घाइते मालिका गाउँपालिका–१ घर भै दरवाङ् बस्ने ७२ वर्षिय नर बहादुर पुनको उपचारकै क्रममा शनिवार राती मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार म्याग्दीको स्वीखेत वस दुर्घटनाका घाइते पुनको पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी)मा उपचारकै क्रममा  चिकित्सकले मृत घोषणा गरेका हुन् ।

उक्त बस सोही बसका सह–चालक म्याग्दीको बेनी नगरपालिका–४ तातोपानी बस्ने २५ वर्षीय विनोद दर्जीले चलाउँदा दुर्घटना भएको खुलेको छ । गत बुधवार राति करिब तीन बजेको समयमा काठमाडौंबाट बेनीका लागि छुटेको ग २ ख १६३० नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकको बायाँ साइडमा पल्टिएको थियो । बसमा सवार आठ जना घाइतेमध्ये सात जना सोही दिन सामान्य उपचार पश्चात् डिस्चार्ज भएका थिए ।

बसका चालक म्याग्दीको बेनी नगरपालिका–६ का ३२ वर्षीय राजकुमार गैरेलाई प्रहरीले वडा प्रहरी कार्यालय बगरको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको जनाएको छ ।