FLASH NEWS
  • Loading...

लुङतुङडाँडो चढ्ने नेपाली बढे तर घटेकाे घट्यै विदेशी पर्यटक, अझै घट्ने त्रास (स्थानीयकाे भिडियाे वाइट सहित)

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • ७५ पटक पढिएको
लुङतुङडाँडो चढ्ने नेपाली बढे तर घटेकाे घट्यै विदेशी पर्यटक, अझै घट्ने त्रास (स्थानीयकाे भिडियाे वाइट सहित)

पर्यटक हिंड्ने पैदलमार्ग नासेर एअाइइर/अाइइइ छलेर जथाभावी खनिएकाे सडकले प्रदुषित बनेपछि अन्नपूर्ण गाउँपालिका, ६ घोरेपानीमा पर्ने प्रख्यात पर्यटकीय गन्तब्य घाेरेपानी र लुङतुङडाँडो (पुनहिल) प्रति विदेशी पर्यटकले उपेच्छा गर्न थालेका छन । सडक पुगेसंगै घाेरेपानी/पुनहिल चढ्ने विदेशी पर्यटकको संख्या घट्दै गएको पाइएकाे छ ।

अन्नपूर्ण चक्रिय पदमार्गको प्रमुख गन्तब्य रहेको घोरेपानीसम्म मोटरबाटो खनेपछि लुङतुङडाँडो (पुनहिल) चढ्न आउने नेपालीको संख्या हृवात्तै बढेको भएपनि विदेशी पर्यटकको संख्या बर्षेनी घट्दै गएकोमा पर्यटन ब्यवसायी चिन्तित बनेका छन । ब्यवसायीका अनुसार कोरोनाकालपछि घोरेपानीमा विदेशी पर्यटकको संख्या लयमा आउन सकेको छैन । प्रस्तावित कास्कीकाे विरेठाँटी-घाेरेपानी-मुक्तिनाथ केवुलकार निर्माणपछ घाेरेपानी/पुनहिलमा विदेशी पर्यटककाे संख्या शुन्यमा झर्ने अाँकलन विच ब्यवसायी थप चिन्तित छन । तर ब्यवसायीकाे वलमा केवुलकार प्राेजेक्ट राेकिने संभावना पनि नभएकाे बताइएकाे छ ।

‘मोटरबाटो आएपछि घोरेपानीको पर्यटन क्षेत्रमा केही लाभ केही हानी भएको छ । नेपालीको संख्या बढेको छ तर विदेशी पर्यटक घटेका छन । पैदलयात्रा गर्न रुचाउने पर्यटक मोटरबाटोबाट दिक्क छन’ घोरेपानी पर्यटन ब्यवस्थापन समितिकी अध्यक्ष मीना पुनले भनिन, ‘मेरो अनुभवमा विदेशी पर्यटक घट्नु मोटरबाटोको बढी असर हो ।’
नेपाली तथा विदेशी पर्यटकबाट प्रवेश शुल्क उठाउने र कफी सप संञ्चालन ठेक्का पाएको स्थानीय माईलोदाई होटल एण्ड रेष्टुरेन्टको अभिलेख अनुसार यो बसन्त ऋतुमा दैनिक नेपाली अधिकतम ४ सय २५ जना र विदेशी अधिकतम दैनिक २ सय ७५ जना लुङतुङडाँडो (पुनहिल)मा उक्ले । स्थानीय अन्नपूर्ण गाउँपालिकाले लुङतुङडाँडो (पुनहिल) प्रवेशमा शुल्क लिन ६३ लाख ११ हजारमा ठेक्का दिएको हो ।

ब्यवसायीको मोटरबाटोको नकरात्मक असरले गर्दा विदेशी संख्या घटेको अनुमानलाई तथ्याङ्कले पनि पुष्टी गर्छ । घोरेपानी स्थित प्रर्यटन प्रहरीको अभिलेख अनुसार कोरोनाकाल अघि (कोरोनाकालमै सडक खनिएको) दैनिक ७ सय जनासम्म विदेशी पर्यटक आउने घोरेपानी/पुनहिलमा अहिले ६० प्रतिशतबढी विदेशी पर्यटक आगमन घटेको छ ।

‘यस बसन्त ऋतुको सिजनमा अधिकतम नेपाली आउँदा ४ सय २५ जनासम्म पुगे । विदेशी पर्यटक भने जम्मा दुई सय ७५ को हाराहारीमा मात्र आए । अहिले नेपाली र विदेशी विस्तारै घट्न थालेका छन’ लुङतुङडाँडो उक्लने स्वदेशी तथा विदेशी पर्यटकसंग प्रवेश शुल्क उठाउँदै आएका कर्मचारी विरेन पुनले भने, ‘विदेशी पर्यटक त आउनै छोडे भनेनी हुन्छ । विदेशी पर्यटकको संख्या आधाबढी घटेको छ ।’

विदेशी पर्यटकहरु बास वस्दा शान्त रहने, बास बस्न समयमै आउने, खाना अर्डर गर्ने र समय सेडुलमा खाने र विदेशी पर्यटकले खाने परिकारमा मुनाफाको दर बढी आउने भएकोले पर्यटन क्षेत्रका ब्यवसायीको पहिलो रोजाई विदेशी पर्यटक नै हुने गर्छन । विदेशी पर्यटक बास बसेको बेला होटलमा रुम खाली राखेर पनि ब्यवसायी नेपालीलाई बास दिन आनकानी गर्ने गरेका छन । ब्यवसायीहरुका अनुसार नेपालीहरुमा पदयात्रा र घुमफिर संस्कृति तथा होटलवास र सरसफाई सभ्यतामा सिकारु नै छन । नेपाली बसेको होटलमा बढी होहल्ला हुने, परिकार धेरै खाने भएपनि मुनाफा कम हुने र होटल सरसफाईमा बढी लगानी गर्नु पर्ने भएकोले विदेशी पर्यटक रोजाईमा परेका हुन । गाडी पुग्ने भएकोले नेपालीहरु अक्सर शनिवारीय वा एक–दुई दिनको छुट्टी मनाउन पुनहिल पुग्छन । छुट्टी मनाउन आएकाहुँदा उनीहरु अक्सर रमाईलो गर्न खोज्छन, जुन कुरा दिनभर हिंडेर थकित भै सुतेका विदेशी पर्यटकले रुचाउँदैनन पनि ।

‘नेपालीहरुमा बढ्दो घुमफिर संस्कृतिले पर्यटन ब्यवसायलाई भरथेग गरेको छ । हामी सवै पर्यटकको उत्तिकै सम्मान गछौं । विभेदरहित स्वागत गर्छौ’ घोरेपानीका पर्यटन/होटल ब्यवसायी शुशिल गर्वुजाले भने, ‘हामी नेपालीले पनि अलिकती घुमफिर गर्दा यात्रा सभ्यतालाई सिक्दै जानु पर्छ । अरुको खुसीमा असर नपार्न सजग हुर्नै पर्छ ।’

* कान्तिपुर अनलाइनमा समाचार प्रकाशित छ ।